• २८ वैशाख २०८३, सोमबार

हिलेमा ए र बी डिभिजन ब्याडमिन्टन उपाधि विजेता घोषणा

blog

उपाधि जितेको टोली पुरस्कार ग्रहण गर्दै । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, वैशाख २८ गते ।
धनकुटाको हिले मा सम्पन्न जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले उपाधि जितेका छन् ।

सिर्जनशील सांस्कृतिक समूह हिले को आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ए डिभिजनतर्फ नारायण–विशालको जोडीले विमल श्रेष्ठ र रोहित कट्टेलको जोडीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

त्यस्तै बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले पेम्बा लामा र पवन लिम्बूको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।

ए डिभिजनतर्फ विजेताले ११ हजार रुपियाँ र उपविजेताले पाँच हजार ५०० रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बी डिभिजनतर्फ विजेताले २० हजार रुपियाँ र उपविजेताले १० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उदयमान खेलाडीका रूपमा हिलेका साइमोन राई घोषित हुँदै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा जिल्लाभरिका ७० टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष भुपेन तामाङ ले जानकारी दिनुभयो ।

विजेता तथा उपविजेता टोलीलाई मनकला लिम्बू, भोगेन्द्र थापा, सिर्जना भुजेल, गोविन्द राई, उज्ज्वल कर्माचार्य तथा गौरव कार्की लगायतले पुरस्कार वितरण गर्नुभयो ।