• २८ वैशाख २०८३, सोमबार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

नेपालगन्जस्थित रङ्गशालाको कभर्डहलमा भइरहेको भलिबल प्रतियोगिताको अफिसियल टिम । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २८ गते ।
१७औँ बाँके जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नेपालगन्जमा सुरु भएको छ ।
सोमबार बिहानबाट नेपालगन्जस्थित रङ्गशालामा १७औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको प्रतियोगिताका सचिवालय संयोजक वामदेव सुवेदीले जानकारी दिनुभयो ।

संयोजक सुवेदीका अनुसार भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराते र एथलेटिक्स विधाका खेलहरुमा प्रतिस्पर्धा हुने छ । आजबाट सुरु भएको प्रतियोगिता वैशाख ३० गते सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन प्रतियोगितामा उत्कृष्ट भई छनोटमा परेको टिम प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने छ ।

बाँकेका आठ पालिकामध्ये डुडुवा गाउँपालिका प्रतियोगितामा सहभागी नभएको संयोजक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, नरैनापुर, बैजनाथ, जानकी र खजुरा गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका छन् ।