शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २८ गते । मन्त्रीपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुहुने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
राष्ट्रपतिले आज अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलले भन्नुभयो, “नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ ।”
राष्ट्रपतिले निर्वाचनपछिको पहिलो संसद्को बैठक र हरेक वर्षको संसदको पहिलो बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।