शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २८ गते । नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो ।
बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । रासस