• २८ वैशाख २०८३, सोमबार

शंकर वारियर्सविरुद्ध गण्डकी फायर भिड्दै

blog

अर्जुन काफ्ले 
स्याङ्जा, वैशाख २८ गते ।
चापाकोट –१० गंगालाल माविको खेलमैदानमा जारी ‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा सोमबार दुई खेल हुँदैछ । आज पहिलो खेल शंकर वारियर्सविरुद्ध गण्डकी फायर र दोस्रो खेल रोयल आँधीखोलाविरुद्ध कुवाकोट युथ स्टारबिच हुने छ ।

चापाकोट नगर क्रिकेट संघले चापाकोट नगरपालिकाको संरक्षकत्वमा आयोजित टि–ट्वान्टी रोविन सिस्टममा खेलाइएको प्रतियोगितामा आज खेल्ने चारै टिमको यो दोस्रो खेल हो । यस अघिका खेलमा शंकर वारियर्स, गण्डकी फायर र रोयल आँधीखोलाले एक एक खेल जितेका छन् भने कुवाकोट सोमबार गण्डकीसँग पराजित भएको थियो ।

पाँच टिमको सहभागिता रहेको यो प्रतियोगितामा ह्वाइट हर्षले लगातार दोस्रो हार व्यहोरेको चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले जानकारी दिनुभयो ।  

जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो हुने सिधै फाइनलमा पुग्ने छ भने दोस्रो र तेस्रो सेमिफाइनलमा लडेर फाइनमा पुग्ने छ ।

प्रतियोगितामा प्रथमले एक लाख १० हजार र  दोस्रोले ६० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । स्थानीय स्तरमा क्रिकेटको विकास र खेलाडीको क्षमता  विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको रेग्मीले बताउनुभयो ।