• १४ असार २०८१, शुक्रबार

काठमाडौँलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

blog

काठमाडौँ, पुस १० गते । साविक विजेता काठमाडौँ रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

दशरथ रङ्गशालामा मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० गोलले हरायो। एकपक्षीय खेलमा ललितपुरलाई जिताउन इमु इजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल पापा इबु केबेले गर्नुभयो । 

ललितपुरले अब फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पोखरा पेनाल्टी सुटआउटमा पराजित भएको थियो । इलिमिनेटरमा ललितपुरले काठमाडौँमाथि  लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ ।