• १२ असोज २०८१, शनिबार

न्यू दर्पणलाई नकआउट फुटबल उपाधि

blog

विजेता टोलीलाई पुरस्कार वितरण गरिँदै । तस्बिर : गोरखापत्र

गोविन्द शर्मा 

बाँके, पुस १६ गते । खुला नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पारेको छ । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनलमा आयोजक न्यू दर्पणले पुल्चोक युवा सञ्जाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।

न्यू दर्पणका तर्फबाट श्याम बयडि, भुपेन्द्र शाही र सन्तोष सोनीले गोल गर्नुभयो । पुल्चोकका तर्फबाट एक गोल आत्मघाती भयो । पुल्चोकका तर्फबाट क्षितिज रानाले सान्त्वना गोल गर्नुभयो ।उपाधिसँगै न्यू दर्पणले एकलाख एक हजार रुपियाँ पायो । उपविजेता पुल्चोकले ५१ हजार रुपियाँ प्राप्त गर्न सफल भयो । 

सर्वोत्कृष्ट खेलाडी न्यू दर्पणका भुपेन्द्र शाही  र उत्कृष्ट रक्षक बिष्णु कसेरार कविराम रोका मगर उत्कृष्ट गोल किपर घोषित हुनुभयो । यसैगरी सर्बाधिक गोल कर्ता प्रेम बिक घोषित हुनुभयो ।

विजयी टोली र खेलाडीहरुलाई लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री, खजुरा गाउँपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोका र क्लवका अध्यक्ष प्रकाश केसीले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो ।