पहिचानको खोजीमा नटुवा
नटुवा जातिको छोटो र स्पष्ट परिचय दिन केही समस्या छन्। यो जातिलाई नट, नटुवा, नेटुवा, नेटु पनि भनिन्छ। यो जातिका वयस्क सदस्यले साहु महाजनको घरमा मर्दापर्दा गीत गाउने, नाचगान देखाउने, कला प्रदर्शन गर्ने भएकाले ‘नचुवा’ जाति भन्दै गर्दा अपभ्रंश भएर नटुवा भएको विचार पनि कतिपयले व्यक्त गरेका छन्। नेपालका आधिकारिक कागजातमा भने यस जातिलाई नटुवा भनिएको छ। राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा भनी उल्लेख गरिएको छ।
इन्टरनेटको कालो दुनियाँ डार्क वेब
इन्टरनेटको प्रयोगसँगै विश्वमा विभिन्न स्टार्टअप कम्पनीलाई अगाडि बढ्ने मौका मिलेको छ। इन्टरनेटले व्यवसाय, शिक्षा, सञ्चार, सरकारका कामलगायतका विभिन्न क्षेत्रमा क्रान्ति ल्याएको स्पष्ट नै छ। एकातर्फ इन्टरनेटको आगमनसँगै विश्वलाई अगाडि बढ्ने मौका मिलेको छ भने अर्कोतर्फ यसको डरलाग्दो पक्ष पनि अगाडि आएको छ, जसको नाम हो ‘डार्क वेब’ । तपाईंमध्ये कतिले डार्क वेबको नाम सुन्नुभएकै होला। आखिर डार्क वेब भनेको के हो र यसको सुरुवात कसरी भएको थियो ? डार्क वेब इन्टरनेटको यस्तो भाग हो जुन खोज इन्जिनहरूमा देखिँदैन। डार्क वेब सामान्यतः लागूऔषध व्यापार, नक्कली दस्तावेज तथा बालबालिकाको अश्लील सामग्री (चाइल्ड पोर्नोग्राफी)लगायतका सामग्रीको अनधिकृत बेचबिखनसँग सम्बन्धित छ तर यसो भनिरहँदा डार्क वेबमा हुने सबै कुरा पूर्ण रूपमा खराब हुन्छन् भन्ने पनि छैन। इन्टरनेटको अधिकांश हिस्सा हाम्रो दृष्टिबाट लुकेको छ। जहाँ लागुऔ
तन्त्र सिद्धिका लागि तान्त्रिक साधना
तन्त्र साधना र तान्त्रिक साधनाका बारेमा जनमानस एउटा भ्रमको भुँमरीमा अल्मलिएको छ। प्रायः मानिसले तान्त्रिक साधनाको अभ्यास अरूलाई खती पु¥याउन गरिन्छ भन्ने धारणा राख्छन्। साथै तान्त्रिकलाई प्रायः गरेर डरलाग्दो व्यक्तिका रूपमा चित्रण गरिन्छ। यथार्थमा तान्त्रिक साधना भक्तिको अन्तिम खुड्किलो हो। यसै कारण यस क्षेत्रमा पाइला राख्नुभन्दापहिले नै तन्त्र साधना, तन्त्र सिद्धि र विभिन्न देवीदेवतालाई सिद्ध गर्ने तान्त्रिक प्रक्रियाहरू राम्ररी अध्ययन गरिनु पर्छ। जसरी पूजा आराधना अगाडिका कदम मानसिक उपासना हो ठीक त्यसै गरी मन्त्र सिद्धि र यन्त्र जागरण अगाडिको कदम हो, तन्त्र सिद्धि अर्थात् तान्त्रिक साधना।
काफल पाक्यो
नेपालको मध्य, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतहबाट १५ सय मिटरदेखि चार हजार मिटर उचाइसम्म काफल पाइन्छ। काफललाई ठाउँ अनुसार नेपालीमा कोबुसी, कायफल, काफल भन्ने गरिन्छ भने हिन्दीमा काफल कायफर, कायफल तथा अङ्ग्रेजीमा काफलाई बेबेरी भनिन्छ। काफलको वैज्ञानिक नाम भने मार्सिका एस्कुलेन्टा हो। काफल एक लोकप्रिय प्राकृतिक जङ्गली पहाडी फल हो। यसको स्वाद मीठो हुन्छ। गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ। चैतदेखि जेठ महिनासम्म काफल पाक्छ।
प्रसारण आतङ्कको एउटा अध्याय
‘हलोविन’ पर्वको पूर्वसन्ध्या, अर्थात् सन् १९३८ अक्टोबर ३० को साँझ । अमेरिकीहरू ‘हलोविन’ पर्व सदाझैँ धूमधामसँग मनाउने तयारीमा थिए । उनीहरू स्वाभाविक किसिमले ‘फेस्टिभ मुड’ मा थिए ।
सदा काम लाग्ने खुबी
बिक्री वितरण र वार्ता गर्न सक्ने योग्यता । आफूले जे सोचेको र अनुभव गरेको हो त्यो व्यक्त गर्ने योग्यता । चुप रहने, सुन्ने र अरूबाट सिक्ने योग्यता । अनरूप हुने, परिस्थिति अनुकूल हुने र बाधा पार गर्न सक्ने योग्यता । पढ्ने, बुझ्ने र स्मरण गर्न सक्ने योग्यता ।
चिडियाखानामा प्रभुत्वको लडाइँ
शीत युद्ध कालमा जर्मनीलाई दुई क्षेत्रमा विभाजित गरिएको थियो : फेडरल रिपब्लिक अफ जर्मनी (पश्चिम जर्मनी) र जर्मन डेमोक्रेटिक रिपब्लिक (पूर्वी जर्मनी) । पश्चिम जर्मनी पश्चिमा देशहरूसँग सम्बद्ध र पूर्वी जर्मनी सोभियत सङ्घसँग सम्बद्ध थियो । कुनै बेला दुवै क्षेत्रको साझा राजधानी बर्लिनलाई पनि भाग लगाइयो । सन् १९६१ मा निर्माण गरिएको ‘बर्लिन वाल’ ले एकै सहर आधिकारिक रूपमा दुई देशको राजधानी बन्न पुगेको थियो ।
उहिलेका शस्त्रास्त्र
दुनियाँमा शस्त्रास्त्रको होडबाजी बढ्दो छ । पहिलो विश्व युद्ध (सन् १९१४–१९१८) तथा दोस्रो विश्व युद्ध (सन् १९३९–१९४५) को विभीषिकाबाट पनि चेत खुलेको छैन । कोरियाली युद्ध, भियतनाम युद्ध, इरान–इराक युद्ध, सिरियाली युद्ध, अफगान युद्ध आदिको ऐतिहासिक सिलसिलामा केही समययता रुस–युक्रेन युद्धले दुनियाँ तताएको छ । तत्कालै युद्ध थामिने छेकछन्द पनि छैन, बरु उल्टै परमाणु हतियार प्रयोग हुने आशङ्काले चासो र चिन्ता बढाएको छ ।
हवाई यसरी बन्यो अमेरिकाको प्रान्त
सन् १८२० को दशकमा जब गोरा इसाई मिसिनरीहरू सर्वप्रथम हवाई पुगे त्यहाँका स्थानीय बासिन्दाले आफ्नो सम्प्रभुता, संस्कृति र जीवनशैलीमा खतरा बढ्न थालेको महसुस गर्न थाले । दुई शताब्दीसम्म धेरैले प्रतिरोधसमेत गरे ।