विश्वकप विजेताले कति पाउनेछ ?
फिफाले कतार विश्वकपका लागि पुरस्कार, प्रोत्साहन र अन्य विषयमा खर्च गर्ने रकम सार्वजनिक गरिसकेको छ। यस पटक कुल राशिमा २९ प्रतिशतले वृद्धि गरी फिफाले एक अर्ब अमेरिकी डलर पु-याएको छ। विश्वकपमा सहभागी ३२ टिमले प्राप्त गर्ने स्थानका आधारमा ४४ करोड डलर वितरण गरिने छ भने बाँकी रहेको ६६ करोड डलर फुटबल कम विकसित भएका राष्ट्रिय सङ्घहरू, क्लबहरूको हित तथा क्लबको बीमा र खेलाडी सुरक्षा योजनामा फिफाले खर्च गर्ने छ । यस हिसाबले वास्तविक पुरस्कार रकम ४४ करोड डलर मात्र हो, जुन सन् २०१८ को दाँजोमा चार करोड डलर बढी छ।
विश्वकप २०२२ समूह विश्लेषण
कतारमा आयोजक र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु हुनुपहिले नै यसपालिको विजेताको अड्कल गर्न सुरु भइसकेको छ। टिमहरूको समूह विभाजन, विगतका विजेता, हालैका प्रदर्शन तथा समर्थनका दृष्टिबाट सम्भावित विजेताको सूचीमा पुरानै अनुहारको बाहुल्यता देखिन्छ। कतारमा नितान्त नौलो परिस्थिति, फरक मौसम र स्थानले टिमहरूको प्रदर्शनमा कत्तिको फरक पार्ने हो त्यो हेर्न बाँकी छ तर समूह विभाजन र हालसालैका प्रदर्शनका आधारमा केही टिमलाई सम्भावित विजेताका रूपमा विश्लेषण गर्न सकिन्छ। टिमहरूको समूह विभाजन भइसकेको छ र खेल तालिका समेत सार्वजनिक भएको छ। गत अप्रिलमा प्रतियोगिताको ‘ड्र’ निकालिएपछि ब्राजिललाई मुख्य दाबेदार मानेर हेरियो। अर्जेन्टिना लगातार ३५ खेलमा अपराजित रहेपछि उसलाई पनि कमजोर मानिएको छैन। फ्रान्स, इङ्ग्ल्यान्डमाथि दाउ लगाउनेको पनि कमी छैन।
पाँच बुँदामा कतार विश्वकप
कतारमा हुने यो विश्वकप धेरै मानेमा विशेष छ। हिउँदयाममा आयोजना हुने यो पहिलो विश्वकप हुने छ। इस्वी संवत् वर्षको मध्य समयमा हुने गरेको विश्वकप कतारको प्रचण्ड गर्मीका कारणले त्यस अवधिमा हुन नसक्ने भएका कारण फिफाले हिउँदमा विश्वकप सञ्चालन गर्ने निर्णय लिनु परेको थियो। मध्यपूर्व क्षेत्रमा अवस्थित कतारमा धेरै गर्मी हुने गर्छ। गर्मीयाममा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नुलाई अचम्म मानिँदैन। यस्तो विषम परिस्थितिबीच विश्वकप परम्परागत समयमा आयोजना सम्पन्न गर्ने सम्भव नदेखिँदा कतारले आफूले पाएको आयोजना अधिकारसमेत गुमाउने अवस्था सिर्जना भएको थियो। तर कतारले हिउँदमा आयोजना गर्ने प्रस्ताव राख्यो र सबै रङ्गशालालाई वातानुकूलित बनाउने प्रतिबद्धता जाहेर गरेपछि फिफा आयोजक परिवर्तन गर्ने विचारबाट पछाडि हट्यो।
महिला फुटबलकी अग्रज रमा
नेपाली महिला फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन। पाँच पटकसम्म फाइनलमा पुगे पनि नेपालले चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग पराजय बेहोरेको छ। एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। यसपालि घरेलु मैदानमा भएको छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। किन कि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा पराजित गरेर कीर्तिमान रच्यो। त्योसँगै उपाधि जित्ने सम्भावना बढेको थियो तर फाइनलमा नेपाल बङ्गलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
भाग्यले जुरेको सात दशकको गद्दी
बेलायतले ७० वर्षपछि नयाँ राजा पाएको छ। रानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि ७३ वर्षीय युवराज चाल्र्स बेलायतको नयाँ राजा बनेका छन्। बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा हुन्। उनलाई राजा चाल्र्स तृतीय भनिएको छ। एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा भदौ २३ गते निधन भएको थियो। भदौ २५ गते युवराज चाल्र्सलाई औपचारिक रूपमा राजा घोषणा गरियो। असोज ३ गते राजकीय सम्मानका साथ एलिजाबेथको अन्तिम संस्कार सम्पन्न भयो।
विवाह राजनीति
कतिपय व्यक्तिलाई राजनीतिसँग ‘एलर्जी’ नै हुन्छ । राजनीतिमा चासो नहुँदा नहुँदै पनि कोही पनि राजनीतिको बाघपञ्जाबाट उम्कन सक्दैन। कसैलाई पत्यार नलाग्न सक्छ, मानव जीवन राजनीतिकै एक हिस्सा हो। यस सम्बन्धमा एउटा सर्वप्रचलित भनाइ उद्धरणीय छ, ‘राजनीति जताततै छ।’ हुन पनि राजनीतिले नछोएको कुनै क्षेत्र नै छैन।
चरा मार्ने चिडीमार
नेपालका विविध जातजातिमध्ये पर्दछ चिडीमार। वि.सं २०५८ को राष्ट्रिय जनगणनाअनुसार मुलुकमा रहेका एक सय एक जातिमध्ये चिडीमार ७०औँ बढी जनसङ्ख्या भएको जाति हो, त्यतिबेला यसको सङ्ख्या १२ हजार २९६ थियो। तर २०६८ सालको जनगणनामा यस जातिको कुल सङ्ख्या एक हजार २५४ मात्र देखाइएकाले एक दशकमा चिडीमारको सङ्ख्या कुन गतिले घटेको होला र भन्ने प्रश्न उठ्छ।
‘निर्वाचनमा जान्नुपर्ने २२ म’
मतदानको माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने प्रक्रियालाई निर्वाचन भनिन्छ। निर्वाचन लोकतन्त्रको प्राण र शासन व्यवस्थाले वैधता प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो। निर्वाचनबाट चुनिएका प्रतिनिधिहरू मतदाताप्रति उत्तरदायी भई वास्तविक शक्तिको प्रयोग गर्छन् भने मान्यता रहिआएको छ। एक प्रकारले लोकतन्त्रको आधारशिला निहित हुन्छ आवधिक निर्वाचनमा।
दोहनले सुकेको अराल
सन् २००९ सेप्टेम्बरमा वाटर फाउन्डेसनले अराल सागरका बारेमा एक डकुमेन्ट्री बनाएको थियो, जुन इसाबेलले बनाएकी थिइन्। सन् १९५० को दशकसम्ममा आरल पृथ्वीको चौथो ठूलो सागर थियो। पहिलो थियो क्यास्पियन समुद्र तथा त्यसपछि लेक सुपेरियर र लेक भिक्टोरिया थिए, ६७ हजार तीन सय वर्ग किलोमिटर क्षेत्रफल भएको अराल चौथो स्थानमा पर्दथ्यो। अराल सागरमा धेरै माछा पाइन्थे र सोभियत सङ्घमा त्यति बेला उपभोग गरिने कुल माछाको छ भागको एक भाग अरालबाटै आपूर्ति हुने गथ्र्यो। अरालका माछाको स्वाद राम्रो हुने भएकाले विश्वभरि त्यहाँको माछाको माग हुने गर्दथ्यो।
हराएका परमाणु बम
बी–५२ बम्बर विमान स्पेनको भूमध्य सागर तटीय क्षेत्रमा इन्धनवाहक केसी–१३५ विमानसँग आकाशमै ठोक्किएको थियो। सम्भावित भयङ्कर घटनाबाट जोगिन विमानमा रहेका ७० किलो टनका हाइड्रोजन बममध्ये तीनवटा पालोमेस नगर नजिकै र एउटा समुद्रमा खसालियो। यसरी अमेरिकाले परमाणु दुर्घटना बेहोरेको यो पहिलो र अन्तिम घटना थिएन।
ई–सिमको दुनियाँ
केही समयअघि अमेरिकी कम्पनी एप्पलले आइफोन–१४ सार्वजनिक ग-यो। एप्पलले आइफोन–१४ का विभिन्न चार मोडल ल्याएको छ, जसमा सिमकार्ड चल्दैन र हाल्ने ठाउँ पनि छैन । अमेरिकाका लागि ल्याइएका यी सेटमा ई–सिम मात्रै लाग्ने गरी बनाइएको छ तर अमेरिकाबाहेक अन्य देशका लागि दुवै प्रकारको सिम हाल्न मिल्ने संस्करण कम्पनीले उत्पादन गरेको छ।
क्वान्टमले भन्छ मृत्यु हुँदैन
शरीरको स्नायु प्रणालीबाट क्वान्टम चेतना जब आफ्नो स्थान छोड्न थाल्छ अनि मृत्यु जस्तो अनुभव हुन्छ। यस सिद्धान्त वा निष्कर्षको आधार के हो भने मस्तिष्कको क्वान्टम कम्प्युटरमा चेतनाले एक प्रोग्रामसरह काम गर्दछ। ‘बायोसेन्ट्रिज्म ः हाउ लाइफ एन्ड कन्सियोसनेस आर द किज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स’ नामको पुस्तकमा क्वान्टम सिद्धान्त र मृत्युका बारेमा उल्लेख गरेर सनसनी मच्याएको छ। मृत्युपछि पनि जीवनी समाप्त नहुने र त्यसको एक रूप कहीँ कतै सदाका लागि जीवित नै रहने कुरा यस पुस्तकमा उल्लेख छ । यो पुस्तक क्वान्टम सिद्धान्तको जानकार वैज्ञानिक डा. रोबर्ट लेन्जद्वारा लेखिएको हो।
सन्तान बेच्न बाध्य केन्याली आमाहरू
अदामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन जिउन निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए । उनी विद्यालय गइन् । उनका बुवा उनी १२ वर्ष हुँदा बिते र केही वर्षमा आमाले पनि बिदा लिइन् । त्यसपछि जीवन झनै कठिन भयो । पश्चिम केन्याको ग्रामीण भेगमा रहेको गाउँमा उनी बस्छिन् ।
अनुपम दूधकुण्ड
दूधकुण्ड साँच्चै सुन्दर, अनुपम र धर्तीको स्वर्गझैँ छ। मुलुकमा अनेक दूधकुण्ड छन् ः लमजुङको दूधकुण्ड, दोलखाको दूधकुण्ड, खोटाङको दूधकुण्ड आदि। तिनमा सोलुखुम्बुको दूधकुण्ड विभिन्न दृष्टिकोणले उल्लेखनीय छ । नुम्बुर हिमालको काखमा अवस्थित दूधकुण्डको सिरानका खटाङ र करयलुङ हिमालले पनि उत्तिकै सौन्दर्य बढाएका छन्। नामैले दूधकुण्डको विशेषता प्रकट गरेको छ, दूधिलो पानी भएकाले कुण्डको पहिचान दूधकुण्ड बनेको हो ।
मृत्यु सञ्चार
सबैलाई थाहा छ नै छ, ‘मृत्यु’ सर्वाधिक अप्रिय र भयकारी शब्द हो। तैपनि यस अप्रिय शब्दसँग सम्पूर्ण चराचर जगत्को अप्रिय साइनो गाँसिएको छ। एक दिन सबैले मृत्युको सामना गर्नैपर्छ। कोही पनि मृत्युबाट पर भाग्न सक्दैन। बरु नचाहँदा नचाहँदै पनि हरेक व्यक्ति प्रतिपल मृत्युको नजिक पुगिरहेकै हुन्छ। मृत्युलाई छल्न सक्ने कुनै उपाय छैन। मृत्यु तमाम प्राणीका लागि शाश्वत र अपरिहार्य पक्ष हो। भौतिक तथा आध्यात्मिक जगत् दुवैले यसलाई जीवनको अन्तिम सत्य मानेका छन्।
सन्तान बेच्न बाध्य केन्याली आमाहरू
दामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन बाँच्न निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए ।
आकाशयोगिनी विजयश्वरी
धर्म-संस्कृतिमा विभिन्न शक्तिको स्रोतमा स्त्री शक्तिलाई विशेष महìव दिएकोे छ । विभिन्न स्त्री देवीमा विजयश्वरीको आकाशयोगिनी पनि एक हो । आकाशमार्गबाट आएको हुँदा यस देवीलाई आकाशयोगिनी भनिन्छ
अनुपम दूधकुण्ड
दूधकुण्ड साँच्चै सुन्दर, अनुपम र धर्तीको स्वर्गझैँ छ । मुलुकमा अनेक दूधकुण्ड छन् : लमजुङको दूधकुण्ड, दोलखाको दूधकुण्ड, खोटाङको दूधकुण्ड आदि । तिनमा सोलुखुम्बुको दूधकुण्ड विभिन्न दृष्टिकोणले उल्लेखनीय छ ।
अमेरिकी योजनामा फेरिएका सत्ता र नक्सा
इतिहास पल्टाएर हेर्दा दस पटक अमेरिकाले विदेशमा सरकार ढाल्नमा सहयोग गरेको बुझ्न सकिन्छ । अमेरिकाले लामो समयदेखि आफ्नो स्वयंको रणनीति तथा व्यापारिक हित भरणपोषण हुने गरी विदेशी सत्ता परिवर्तनमा साथ दिएको छ । आफ्नो इतिहासमा यी कार्यका लागि अमेरिकाले पटक पटक आफ्नो सेनाको प्रयोग तथा गोप्य अभियान सञ्चालन गरेको थियो।
संस्कृति समाजको प्राण
‘संस्कृति’ समाजको पहिचान हो । हामीसित छ हजार वर्ष पुरानो ‘सांस्कृतिक’ पहिचान छ । संस्कृतिका माध्यमबाट प्रेम, सद्भाव, एकता, सदाचार, सहकार्य, मेलमिलाप, सहिष्णुता, हार्दिकता, धार्मिकता, परोपकारिता, मानवता, सिर्जना, आविष्कार, उपलब्धि, समृद्धि र श्रेष्ठताजस्ता कुरा हासिल हुन्छन् । मनुष्य सभ्यता, यिनै सांस्कृतिक कर्मबाट विकसित भएको संस्कृति हो । संस्कृति मनुष्य जीवन र समाजको प्राण हो । राष्ट्रको आत्मा हो ।
परमाणु बम सहेको बिकिनी एटोल
सन् १९४६ र १९५८ बीचमा अमेरिकाले प्रशान्त महासागरमा अवस्थित बिकिनी एटोल द्वीप समूहमा परीक्षणार्थ २३ वटा परमाणु हतियार विस्फोट गरेको थियो। द्वितीय विश्वयुद्धमा पूर्णविराम लगाउने गरी जापानी सहरहरू हिरोसिमा र नागासाकीमा सन् १९४५ अगस्तमा परमाणु बमहरू विस्फोट गराएको मात्र केही महिनामै अमेरिकी सेनाका उच्च अधिकारीहरू थप परमाणु हतियार परीक्षण गर्ने योजना बनाउन थालेका थिए। उनीहरूले विस्फोटका लागि चयन गरेको पहिलो स्थान निकै दुर्गम थियो, सकभर थोरै अमेरिकीले त्यस स्थानको जानकारी राख्दथे ।
कर्मनिष्ठ कुमाल
नेपालका एक सय २५ जातिमध्ये कुमाल पनि एक हो, जसलाई आदिवासी/जनजातिमा सूचीकरण गरिएको छ। नेपालका अधिकांश जिल्लामा (केही हिमाली जिल्लाबाहेक) छरिएका कुमालको तनहुँ, लमजुङ, अर्घाखाँची, चितवन, धादिङ, पाल्पा, पर्वत, दोलखा, सङ्खुवासभा, नुवाकोट र गुल्मीमा बाक्लो बसोबास रहेको छ। नदी, घाटी र समथर मैदानमा यिनीहरूको बढी बसोबास छ। यसो हुनुमा माछा मार्ने कुमाल जातिको परम्परागत पेसाका कारण हुन सक्छ। वि.सं. २०६८ को जनगणनाअनुसार कुमालको जनसङ्ख्या एक लाख २१ हजार १९६ रहेको छ। जसमध्ये सहरी क्षेत्रमा १८ हजार ३५५ र ग्रामीण क्षेत्रमा एक लाख दुई हजार ८४१ जनाको बसोबास छ।
छोटो भिडियोको संसार
डिजिटल युगको तामझामपूर्ण वातावरणमा टिकटकको नाम नसुन्ने सायदै कोही होला । दुनियाँका सामु सर्वपरिचित टिकटकलाई ‘प्रतिभा–डबली’ भन्दा फरक नपर्ला । किनभने यसले कलापारखीका लागि प्रतिभा प्रदर्शन गर्ने गतिलो डबली दिएको छ । प्रतिभा प्रस्फुटनको अवसर नपाएका कलापारखीलाई रङ्गमञ्च दिएर प्रतिभा अङ्कुरणमा गुन लगाउने टिकटकको गुनिलो देन बिर्सिनसक्नुको छ । यसले आम नागरिकलाई सेलिब्रिटी बनाउने काम गर्दै आएको छ । यसबाट एउटा सामान्य व्यक्तिको परिचय रातारात बदलिन पुगेको छ, जसबाट समाजमा एक प्रकारको हलचल नै आएको छ ।
फुटबलका नवयुग
उनी सौम्य लाग्छन्, कम बोल्छन् र जो कसैलाई देख्दा मुसुक्क हाँस्छन्। यो उनको स्कुलिङ हो। उनी अर्थात् नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ। १४ वर्षदेखि नेपाली सेनामा रहेर उनले सिकेको सबैभन्दा ठूलो शिक्षा नै अनुशासन हो र त्यही अनुशासित खेलाडीको नाताले उनी कप्तान भएका हुन्। यो पद आफैँमा चुनौतीपूर्ण हो। आफू राम्रो खेल्नु त छँदैछ सिङ्गो टिम मिलाएर अगाडि बढ्नु कम चानचुने हैन। नवयुग भन्छन्, “सबै कुरा अपर्चुनिटी हो। अखिल नेपाल फुटबल सङ्घले बनायो खुसी लाग्छ।”