राज्यको स्वामित्व नभएको मुद्रा क्रिप्टोकरेन्सी
क्रिप्टोकरेन्सीलाई भर्चुअल करेन्सी तथा डिजिटल करेन्सी पनि भनिन्छ । नेपालीमा यसलाई विद्युतीय मुद्रा भनेर चिनिन्छ । यसका केही विशेषता रहन्छन् । जस्तै निजी क्षेत्रबाट जारी गरिएको, विद्युतीय माध्यमबाट खरिदबिक्री हुने, कानुनी ग्राह्यता नभएको अर्थात् राज्यको ग्यारेन्टी र नियमन नभएको मुद्रा आदि ।
पत्रयुगको खबर
कुनै समयमा टाढा–टाढा रहेका प्रियजनबीच खबर आदानप्रदान गर्ने एक मात्र माध्यम थियो चिठीपत्र । यसले प्रियजनहरूबीच सन्चो–बिसन्चोको खबर मात्र आदानप्रदान गर्दैनथ्यो, मन–मुटुहरू साटासाट गर्ने काम पनि गथ्र्याे । मोर्स कोड, टेलिग्राफ, टेलिफोन, फ्याक्सजस्ता विद्युतीय सञ्चार प्रणालीको जादुमय उपस्थिति हुनुभन्दा अघिसम्म चिठीपत्रले लामो दूरीको सञ्चारमा एकछत्र आधिपत्य जमाएको थियो ।
सम्झनामा पेले (सम्पादकीय)
जीवनको प्रारम्भका दिनलाई नियाल्दा पेलेले विश्वमा यस्तो तहल्का मच्चाउलान् भन्ने कसैले सोचेकासम्म थिएनन् । नाङ्गो खुट्टाले झुम्राको बल खेलेर फुटबल सिकेका पेले फुटबलका
जर्सीको कथा
विश्वकप फुटबल विजेता अर्जेन्टिनाले सधैँ फिक्का नीलो र सेतो पट्टी भएको जर्सी किन लगाउँछ ? यसको गाथा बैजेन्टाइन साम्राज्य, पुनर्जागरण कालका पेन्टर, नेपोलियन, युद्ध र क्रान्तिसँग जोडिएको छ ।
‘जताजता कनकाई उतैउतै गनगाईं ’
नेपालका विभिन्न जनजातिमध्ये एक हो गनगाईं । गनगाईं बस्तीमा एउटा उखान प्रचलित छ, जताजता कनकाई उतैउतै गनगाईं । यो उखान सामाजिक अन्वेष
समुद्रमा १३३ दिन हराउँदा
सन् १९४२, द्वितीय विश्वयुद्ध चर्केको समय । विश्वका कैयौँ देश विनाश र अस्तित्वको सङ्घर्षमा दिनरात लागिपरेका थिए । विभिन्न देश युद्धको मोर्चामा डटेका बेला आन्ध्र महासागरको मध्यमा एउटा सानो काठेडुङ्गा समुद्रको छालमा कहिले यता त कहिले उता पछारिँदै थियो । त्यसमा एक मात्र यात्रु थिए पुन लिम । चिनियाँ नागरिक लिमले एक बेलायती जलसेनाको व्यापारिक पानीजहाजमा आफ्नो यात्रा सुरु गरेका थिए ।
ज्यान लिने हर्ट अट्याक गन
अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो ।
रिसाउने मान्छेलाई बुद्धको उपदेश
गौतम बुद्धसम्बन्धी कतिपय पाठमा कोही एक मान्छे आएर बुद्धलाई गाली गर्नुसम्म गरेको, बुद्धका शिष्यलाई ननिको लागेको तर बुद्धबाट कुनै प्रतिक्रिया नदिएको कुरा उल्लेख हुने गरेको छ । त्यही पाठमा शिष्यहरूले बुद्धसँग यस बारेमा सोधनी गरेको तथा गाली गर्ने व्यक्ति पछि पछुताएर माफी माग्न आएको प्रसङ्ग उल्लेख गरिएको हुन्छ ।
सिमले खाता स्वाहा
इन्टरनेटको दुनियाँमा रमेको समाजमा बेलामौकामा विभिन्न खालका ठगीका समाचार हामीले सुन्दै र भोग्दै आएका छौँ । पछिल्लो समय विभिन्न सामाजिक सन्जाल
ब्वाँसो बनेका मानिस
दीना शनिचरलाई सन् १८०० को मध्यमा भारतको एउटा वनमा जङ्गली अवस्थामा फेला पारिएको थियो । सिकारीहरू उनलाई घनघोर जङ्गलमा जीवित देखेर मात्र होइन ब्वाँसाको हुलको सदस्य भएको देखेर तीन छक्क परे । विश्वास गर्न नै गाह्रो ब्वाँसाको हुलमा एक मानिस, त्यो पनि जङ्गली । यसै कारण दीनालाई ‘वुल्फ
फुटबलका पहिचान पेले
पहिले रोए, अनि रुवाएर गए– पेले । उनले भनेका थिए, “पेले मर्दैन, पेले मर्ने छैन । पेले सदासर्वदा रहने छ ।” पेलेलाई आत्मानुभूति भएको हुनुपर्छ, फुटबलले युगौँसम्म आफ्नो नाम सम्मानपूर्वक लिने छ ।
वैकल्पिक ऊर्जा लेजर न्युक्लियर युजन
इन्धन ऊर्जाको स्रोत हो, जसले हाम्रो दैनिक जीवनमा प्रयोगमा आउने धेरै वस्तु सञ्चालनमा सहयोग गर्दछ । यातायात सञ्चालन गर्ने, हाम्रा घर र भवन तातो÷चिसो पार्ने, बिजुली उत्पादन गर्ने, विभिन्न कलकारखाना सञ्चालन गर्न ऊर्जाको आवश्यकता पर्दछ ।
छैन उखु छ चाकु
बजारसम्म सखर लैजान भने निक्कै अप्ठ्यारो थियो । घण्टौँ लगाएर पाँचखालसम्म सखर लैजाने र त्यसबाट आएको पैसाले नुन, चिनी, तमाखु, बिँडी किनेर लगिन्थ्यो ।
बुट पोलिसदेखि राष्ट्रपतिसम्म
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा वामपन्थी मजदुर नेता लुइज इनासियो लुला दा सिल्भा तेस्रो पटक सत्ताको नेतृत्वमा पुगेका छन् ।
च्याम्पियन अर्जेन्टिना
विश्वकप फुटबलमा अर्जेन्टिनालाई सधैँ उपाधि जितको दाबेदारका रूपमा लिइन्छ । अर्जेन्टिना अहिलेसम्म विश्वकपका २२ संस्करण भइसक्दा तीन पटक मात्र च्याम्पियन भएको छ । अर्जेन्टिना तेस्रो पटक च्याम्पियन भएको एक महिना भएको छ । अर्जेन्टिनाले विश्वकप फाइनल खेल भने छ पटक खेलेको छ ।
आमाशयको क्यान्सर
बोलीचालीको भाषामा आमाशयलाई पेट भनिन्छ । अझ थप प्रस्टताका लागि आममानिसले पाठेघरलाई तल्लो पेट भनेर बुझ्ने हुनाले आमाशयलाई सायद माथिल्लो पेट भन्नु उपयुक्त होला ।
पाठेघर खस्ने समस्या
पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन् । कुनै पनि सङ्क्रमणले, बच्चाको
निजी जीवनमाथि प्राविधिक हस्तक्षेप
अचेल सहर–बजारतिर सीसीटीभी क्यामरा (निगरानी क्यामरा) जडान गर्ने चलन उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।
कामले बनाएको नाम
नेपालमा रहेका विभिन्न जातिमध्ये कुशवाडिया पनि एक हो, जसलाई आदिवासी जनजातिमा सूचीकृत गरिएको छ तर यो जातका बारेमा गहन आनुवंशिक अध्ययन भएको छैन । यिनका पुर्खा, प्राचीन बसोबास, सामाजिक तथा सांस्कृतिक मौलिकताबारे खास अध्ययन भएको देखिँदैन ।
डिकोलाई मन परेन पेले
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरले भनेका थिए, “ती मानिस जसले फुटबललाई माया गर्छन्, एडिसन अरान्तेस डो नासिमेन्टो, जसलाई पेलेका नामले बुझिन्छ, उनीहरूका आदर्श हुन् ।” ‘पेले’ शब्द सानो छ तर यो धेरै नै समृद्ध छ । एडिसन अरान्तेस डो नासिमेन्टोले यसलाई उत्कृष्टता जनाउने पर्यायवाची शब्द नै बनाइदिए । पेले शब्द कहाँबाट आयो भन्ने सन्दर्भमा अनेक कथा छन् तर कसैले पनि यसलाई सटिक वर्णन गर्न सकेका छैनन् ।
प्राचीन निर्वाचन प्रणाली
आधुनिक लोकतान्त्रिक नागरिकले निर्वाचनका दिन आफ्नो मताधिकार प्रयोग गर्न अनेक खालका विधि र प्रविधि प्रयोग गरेका छन् तर यसै सेरोफेरोमा प्रश्न उठ्छ, प्राचीनकालमा मानिसले निर्वाचनमा कसरी सहभागिता जनाउँदथे ? इतिहासवेत्ताहरूले श्रमिक वर्गको दाँजोमा धनाढ्य वर्गको बढी प्रभाव रहने विश्वको पहिलो लोकतान्त्रि
हिन्दु धर्मका सात आश्चर्य
हिन्दु वैदिक सनातन धर्म शास्त्रभित्र अनेकौँ आश्चर्यपूर्ण कथा छन् । जुन बुझ्न पनि कठिन छ र सत्य हुन् वा होइनन् भन्न पनि कठिन छ । ती आश्चर्य, अलौकिक, अनौठो र विश्वास नलाग्ने खालका पनि छन् । हुन त ईश्वरीय गुण, धर्म र व्यवस्था चामत्कारिक भएको पाइन्छ ।
दस हजार फिटबाट खस्दा पनि बाँचेकी जुलियान
पृथ्वीमा खसेपछिको बिहान जुलियान डिलरको आँखा खुल्यो पेरुको सघन वर्षा वनमा, उनीलाई त्यस अवस्थामा आफूमाथि नै विश्वास थिएन । अघिल्लो दिन अपराह्न अर्थात् सन् १९७१ मा क्रिसमसको पूर्वसन्ध्यामा १७ वर्षीया जुलियान र उनकी आमा युकाली नदीसँगै बसेको बन्दरगाह सहर पाकल्पा जान लिमाबाट उडान भर्ने विमानमा सवार भए । उनीहरूको गन्तव्य थियो अमेजनको मध्यमा रहेको जैविक अनुसन्धान केन्द्र प्याङ्गआना । जहाँ उनी कहिले आफ्नो आमा मारिया त कहिले बुवा हान्स विल्हम काओक्पीका साथमा तीन वर्ष बसेकी थिइन् । उनका बावुआमा दुवै प्राणीविज्ञान विज्ञ थिए ।
थारू जातिमा विवाह
नेपालमा विभिन्न जातजातिअनुसार आ–आफ्नै तरिकाले विवाह उत्सव मनाउने प्रचलन रहिआएको छ । त्यसमध्ये थारू समुदायमा हुने विवाह परम्पराको आफ्नै खालको विशेषता र महŒव रहिआएको छ ।