• १२ साउन २०८१, शनिबार

‘सार भ्यालु’ कसरी पत्ता लगाउने ?

blog

मोबाइल फोन निर्माताले आफ्नो आधिकारिक वेबसाइटमा कुन मोडेलको ‘सार भ्यालु’ कति हो सो उल्लेख गरेका हुन्छन्। त्यहाँ गएर आफ्नो मोबाइल फोनको ‘सार भ्यालु’ हेर्न सकिन्छ।   

मोबाइल फोनको प्रयोगकर्ता गाइड (युजर्स म्यानुअल)मा सो फोनको ‘सार भ्यालु’ लेखिएको हुन्छ। त्यहीँबाट पनि ‘सार भ्यालु’ जान्न सकिन्छ। 

मोबाइल फोनको सेटिङबाट पनि ‘सार भ्यालु’ पत्ता लगाउन  सकिन्छ। त्यसका लागि तपाईं मोबाइलको सेटिङमा जानुपर्छ। त्यसपछि जर्नल, लिगल र आरएफ एक्सपोजरमा जानुहोस्। यो सेटिङमा जाने विधि मोबाइल सेटअनुसार फरक–फरक हुने गर्छ। 

आफ्नो फोनमा FCC ID नम्बर पत्ता लगाउनुहोस्। मोबाइल फोन सेटको पछाडि वा ब्याट्रीपछाडि हेर्नुहोस्, यो नम्बर पाउनुहुन्छ। त्यसपछि https://www.fcc.gov/oet/ea/fccid  मा जानुहोस्। त्यहाँ FCC ID नम्बर राखेर क्लिक गर्नुहोस् र आफ्नो मोबाइलको ‘सार भ्यालु’ पाउनुहुनेछ।  

मोबाइल फोनमा यूएसडी (USD) कोड डायल गरेर पनि ‘सार भ्यालु’ हेर्न सकिन्छ। त्यसका लागि मोबाइल फोनमा नम्बर डायल गरे जसरी *#07#  कोड डायल गर्नुहोस्। 

इन्टरनेटमा विभिन्न मोबाइल फोनको ‘सार भ्यालु’ सङ्कलन गरेर राख्ने वेबसाइट हुन्छन्। त्यहाँ गएर आफ्नो मोबाइल फोनको ब्रान्ड र मोडेलको सिरियल नम्बर हेरेर ‘सार भ्यालु’ पत्ता लगाउन सकिन्छ। 

अर्को उपाय भनेको आफ्नो मोबाइल फोन ब्रान्ड र मोबाइल फोनको मोडेल राखेर ‘सार भ्यालु’ के हो भनेर गुगललाई सोध्नुहोस्। ९९ प्रतिशत मोबाइल फोन र मोडेलको ‘सार भ्यालु’ गुगलले बताइदिन्छ।