महिनावारी सुकिसकेकी महिलामा एस्ट्रोजेनको प्रयोगले पाठेघरको क्यान्सर गराउँछ भने प्रोजेस्टेरोनले बचावट गर्दछ ।
अमेरिका तथा पश्चिमा मुलुकमा बढीजसो देखिने पाठेघरको क्यान्सर एस्ट्रोजेनको प्रयोग, महिलाको बढ्दो औसत आयु, मधुमेह एवं उच्च रक्तचाप अनि मोटोपनाका मामिलासँगै नेपाललगायतका विकासोन्मुख देशमा पनि देखिन थालेको छ ।
पाठेघरको भित्री तहमा एस्ट्रोजेनको निरन्तर असर, बढ्दो आयु (करिब ७५ प्रतिशत क्यान्सरका बिरामी ६० वर्षमाथिका), अविवाहित तथा निःसन्तान एवं कम बच्चा पाएकी (करिब ३० प्रतिशत रोगी बच्चा नपाएकी), ढिलो गरी महिनावारी सुकेकी (५२ वर्षपछि), मोटोपना, उच्च रक्तचाप, मधुमेह भएकी महिलामा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मोटोपना भएकी महिलाको शरीरमा एस्ट्रोजेनको मात्रा बढी देखिएको छ । महिनावारी सुकिसकेकी महिलामा एस्ट्रोजेनको प्रयोगले पाठेघरको क्यान्सर गराउँछ भने प्रोजेस्टेरोनले बचावट गर्दछ ।
स्तन क्यान्सर भएको अवस्थामा उपचारका लागि प्रयोग गरिने ट्यामोक्सिफेन लामो समय खाँदा तथा परिवारमा कसैलाई आन्द्रा, डिम्बाशय एवं स्तनको क्यान्सर भइसकेको छ भने पनि पाठेघरको क्यान्सर हुने खतरा रहन्छ ।
पाठेघरमा मासु पलाउने समस्या भएकी ढल्कँदो उमेरकी महिलामा (३० प्रतिशतमा) पाठेघरको क्यान्सर हुन सक्छ । यसैगरी पाठेघरको क्यान्सर भएकामध्ये २५ प्रतिशतमा पाठेघरको भित्री तह बाक्लिने समस्या पाइएको छ ।
पाठेघरको क्यान्सरको समयमै उपचार गरिएन भने पाठेघरको भित्री तहबाट बीचको मांसपेशी तह, पाठेघर ढाक्ने झिल्ली, पाठेघरलाई स्थायित्व दिने बाक्लो तन्तु, पाठेघरको मुखतिर तथा लिम्फ्याटिकबाट स्त्री जननेन्द्रीय वरिपरिका ग्रन्थीमा रोग पैmलिन सक्छ । निकै ढिलो भयो भने रगतका माध्यमबाट फोक्सो, कलेजो, हड्डी र मस्तिष्कमा पैmलिन्छ । स्त्री जननेन्द्रीयको आन्तरिक जाँच एवं पाठेघरको भित्री तहको मासु जाँच (बायोप्सी) बाट पाठेघरको क्यान्सरको तह निक्र्योल गर्न सकिन्छ ।
लक्षण
यस क्यान्सरबाट प्रताडित करिब ७५ प्रतिशत बिरामीले महिनावारी सुकिसकेको लामो समयपछि पुनः रगत देखा परेको गुनासो गर्छन् । यस्तो असामान्य रक्तस्राव हल्का, अनियमित वा निरन्तर प्रकारको हुन सक्छ । महिनावारी सुक्न लागेकीमा अनियमित वा अत्यधिक रक्तस्राव हुन सक्छ । पाठेघरमा पिप बन्यो भने पानीजस्तो गन्हाउने योनिस्राव हुन सक्छ । यस्तो अवस्थामा पटकपटकको पाठेघर खुम्च्याइले तल्लो पेट दुख्न सक्छ ।
रक्तअल्पता हुन सक्छ
स्त्री जननेन्द्रीयको आन्तरिक जाँचको क्रममा पाठेघरको मुख सामान्य वा स्वस्थ देखिए पनि रगत मिसिएको वा पिपजस्तो गन्हाउने योनिस्राव बगिरहेको हुन सक्छ । पाठेघर सुकेको, ट्युमर पैmलिएर मासु पलाएको भए, पिप छ भने सामान्य वा हल्का बढेको हुन्छ । पाठेघर प्रायः चलायमान हुन्छ । क्यान्सरको फैलावट थाहा पाउन सम्बन्धित वा क्षेत्रगत ग्रन्थी एवं स्तन पनि ध्यानपूर्वक जाँच्नुपर्दछ ।
पाठेघरको क्यान्सर पत्ता लगाउन पाठेघरको भित्री तहको बायोप्सी (९० प्रतिशत भरपर्दो), पाठेघरको मुखको पानी जाँच (५० प्रतिशतमा पोजिटिभ), अल्ट्रासाउन्ड गर्दा भित्री तह आठ मिमिभन्दा बढ्ता बाक्लो, भित्री तह अनियमित तवरको, रगत प्रवाह बढी भएको, पाठेघरभित्र पिप वा पानी जम्मा भएको आदि जाँच गरिनुपर्ने हुन्छ ।
यस्तै हिस्टेरोस्कोपीबाट प्रत्यक्ष अवलोकन गरेपछि पाठेघरको मुखसम्म फैलिएको छ छैन थाहा पाउन फ्रयाक्सनल क्युरेटाज गर्नुपर्ने हुन्छ ।
रोकथाम
यस क्यान्सरबाट बच्न शारीरिक तौल नियन्त्रण, एस्ट्रोजेनको प्रयोगमा नियन्त्रण, अनियमित अर्थात् असामान्य रक्तस्राव (योनिबाट)को संवेदनशीलता, उच्च जोखिममा रहेका महिलाको प्रक्रिया पु¥याएर पाठेघरको बायोप्सी गर्नुपर्दछ ।
पाठेघरको क्यान्सरको निश्चित उपचारको हकमा पाठेघरको क्यान्सरको फैलावटअनुसार दुवै डिम्बाशय, योनिमार्गको माथिल्लो भागसहित पाठेघर निकाल्नुका साथै कहिलेकाहीँ नजिकैको लिम्फनोड निकाल्ने शल्यक्रिया गरिन्छ । कसैकसैलाई रेडियोथेरापी तथा केमोथेरापी आवश्यक पर्दछ । यसका लागि सम्बन्धित विशेषज्ञको सल्लाहमा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ ।
शल्यक्रिया गर्न नमिल्ने तथा पैmलिसकेको पाठेघरको क्यान्सरमा रेडियोथेरापी दिइन्छ । ज्यादै पैmलिसकेको वा दोहो¥याएर आएको वा शरीरको अन्यत्रतिर पनि पैmलिसकेको पाठेघरको क्यान्सरको उपचारमा केमोथेरापी अपनाउनु पर्दछ ।
बाँच्ने सम्भावना
यस क्यान्सरबाट पीडित महिलाको आयु रोग पत्ता लाग्दाको उमेर (जति बढी उमेर उति नराम्रो), बायोप्सीबाट क्यान्सरको प्रकार, बायोप्सीमा प्रभावित कोष पहिचान गर्न सकिने वा नसकिने, पाठेघरको भित्री तहबाट बीचको मांसपेशी तहमा फैलिए वा नफैलिएको, नजिकैको लिम्फनोडसम्म फैलिए वा नफैलिएको, पाठेघरको मुखसम्म फैलिए वा नफैलिएको, ट्युमरको आकार दुई सेन्टिमिटरभन्दा घटी वा बढी तथा हर्मोन रिसेप्टरको अवस्थामा निर्भर हुन्छ ।
यी सबै विधि र अवस्थाबाट पाँच वर्षसम्म बाँच्ने सम्भावनाको अनुमान लगाइन्छ । जस्तै पहिलो तहका बिरामी उपचारपछि पाँच वर्षसम्म बाँच्ने सम्भावना ८२ प्रतिशत, दोस्रो तहका ६५ प्रतिशत, तेस्रो तहका ४४ प्रतिशत र चौथो तहका १५ प्रतिशत हुन्छ ।
पाठेघरको सार्कोमा
पाठेघरको सार्कोमा प्रायः पाठेघरको बीचको मांसपेशी तहबाट सुरु हुन्छ ।
पाठेघरमा हुने क्यान्सरमध्ये तीन प्रतिशतमा पाठेघरको सार्कोमा हुन्छ । यस प्रकारको क्यान्सर निकै कमलो र सजिलै टुक्रिने खालको हुने गर्छ । ४० देखि ६० उमेर समूहका महिलामा यो क्यान्सर हुन्छ । अनियमित रक्तस्राव (योनिबाट), महिनावारी सुक्न लागेकी वा सुकिसकेपछि महिलामा असामान्य गन्धयुक्त पानीजस्तो योनिस्राव बग्ने, तल्लो पेट दुख्ने, ज्वरो आउने, कमजोरी वा खान मन नलाग्ने समस्या यस क्यान्सरमा देखिन्छ । आन्तरिक जाँचको क्रममा पाठेघर ठूलो तथा अनियमित खालको हुन्छ । पाठेघरको बायोप्सीबाट रोग पत्ता लाग्छ ।
उपचार
यस खालको क्यान्सरको निश्चित उपचारका लागि पाठेघरसँगै दुवैतिरको डिम्बाशय निकाल्ने शल्यक्रिया गरिन्छ । त्यसपछि विकिरणले सेक्नुपर्ने हुन्छ । यस्तो क्यान्सर अन्यत्र फैलिसकेको खण्डमा केमोथेरापी औषधि पनि चलाउनुपर्ने हुन्छ ।