बेइजिङ, कात्तिक ११ गते । बेइजिङका उच्च कूटनीतिज्ञले टोकियोको नयाँ नेतृत्वबाट आफूले ‘सकारात्मक सङ्केत’ पाएकोे बताउनुभएको छ । सअघि टोकियोले बेइजिङले उत्पन्न गरेको सुरक्षा खतरालाई सम्बोधन गर्नुपर्ने बताएकी कन्जरभेटिभ पार्टी साने ताकाइचीलाई जापानले गत साता पहिलो महिला प्रधानमन्त्री बनाएको थियो ।
उहाँले आफ्नो भनाइलाई नरम बनाउनुभएको छ । उहाँले गत हप्ता चीनलाई एक महत्त्वपूर्ण छिमेकीको रूपमा सम्बोधन गर्नु भएको थियो । चीनका वाङ यीले जापानका तोशिमित्सु मोटेगीसँगको टेलिफोन कुराकानीमा भन्नुभयो, “जापानको नयाँ मन्त्रिपरिषद्ले जारी गरेका केही सकारात्मक सङ्केतहरूलाई चीनले गम्भीररूपमा मनन गरेको छ ।
“चीन-जापान सम्बन्ध विकासका लागि उच्चस्तरीय भेटवार्ताले ठूलो महत्व राख्दछ,” वाङले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान भ्रमणमा रहेका बेला दुई देशका विदेशमन्त्रीबिच टेलिफोन वार्ता भएको हो । ताकाइचीले मङ्गलबार अमेरिकी राष्ट्रपतिको प्रशंसा गर्नु भएको थियो र जापानले दुई मित्रराष्ट्रबिचको सम्बन्धको ‘स्वर्ण युग’ को प्रतिज्ञा गरेको बताउनुभएको थियो ।
मङ्गलबार नै महत्वपूर्ण खनिज सुरक्षित गर्ने उद्देश्यका साथ दुई देशका अधिकारीबिच एक सम्झौतामा पनि हस्ताक्षर भएको छ । वासिङ्टनको निकट सहयोगी राष्ट्र जापानमा करिब ६० हजार अमेरिकी सैनिक रहेका छन् । अस्ट्रेलिया र भारतसँगै यो क्वाड समूहको हिस्सा हो, जसलाई बेइजिङको काउन्टरका रूपमा हेरिन्छ ।
वाङले आज नै भएको फोनवार्तामा ‘इतिहास र ताइवान मुद्दा’ चीन-जापान सम्बन्धको आधार रहेको दोहोर्याउनु भएको थियो । जापानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “टोकियोको ट्वीन रिङ मोटेगीले दुर्लभ खनिजमा चीनको निर्यात नियन्त्रण उपायको बारेमा कडा चिन्ता व्यक्त गरेको छ ।”
बेइजिङले यस महिना उद्योगमा व्यापक प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र जापानले महत्वपूर्ण धातु र दुर्लभ खनिजको आपूर्तिलाई ‘सुरक्षित’ गर्न मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको थिए । मोटेगीले पूर्वी चीन सागरमा टापुको विवादित समूहको वरिपरि बेइजिङको कदमको पनि मुद्दा उठाउँदै बाँकी कृषि व्यापार प्रतिबन्ध हटाउन आह्वान गरेको छ ।
चीन र जापान प्रमुख व्यापारिक साझेदार हुन्, तर ऐतिहासिक अविश्वास र क्षेत्रीय प्रतिद्वन्द्विता र सैन्य खर्चको विवादले प्रायः ती सम्बन्धको परीक्षण गर्दछ । जापानको नयाँ मन्त्रिपरिषदले चीनसँगको सहकार्यका लागि राम्रो ‘पहिलो कदम’ को आशा गरिएको छ,” चिनियाँ वक्तव्यमा भनिएको छ । रासस/एएफपी