• २९ असोज २०८१, मङ्गलबार

परेवा सञ्चारको युग

blog

मानव सञ्चारशील प्राणी हो । मानव जीवनको अधिकांश समय सञ्चार गरेरै बित्छ । यस्तो नहोस् पनि किन ?, आखिर सञ्चारकर्म मानव जीवनको आधार हो । मानिस आफ्नो प्रियपात्रको कानमा फुस्फुसाएर अन्तरङ्ग संवाद गर्छ । उसले आपत्विपत् पर्दा चिच्याउँदै सार्वजनिक रूपमा सञ्चार गर्छ । यी दुवै विधि मानवजातिले युगौँदेखि व्यवहारमा ल्याएका आधारभूत सञ्चारकर्म हुन् ।

मानवजातिले प्राचीनकालदेखि अनेकन् विधि र प्रक्रिया अपनाउँदै सञ्चारकर्म गर्दै आएका छन् । जस्तो ः धुवाँ निकालेर कुनै ठाउँको भौगोलिक अवस्थितिबारे जानकारी गराउनु, शङ्ख फुकेर कुनै नयाँ घटनाक्रमको शङ्खघोष गर्नु वा दमाहा बजाएर स्थानीय बासिन्दालाई कुनै महìवपूर्ण विषयमा जानकारी गराउनु । 

यस्ता परम्परागत सञ्चार प्रणालीको सूचीमा ‘परेवा सञ्चार’ पनि पर्छ । परेवालाई प्रयोग गरी सूचना आदानप्रदान गरिने प्रणाली नै ‘परेवा सञ्चार’ हो । आजको प्रविधिसम्पन्न युगमा ‘परेवा सञ्चार’ कुनै अविश्वसनीय मिथक जस्तो लागे पनि हिजोका दिनमा यो एउटा अकाट्य वास्तविकता थियो । समयको कालखण्डमा परेवाले सूचना प्रवाहमा बेजोड भूमिका निर्वाह गरेको अनेकन् दृष्टान्त भेटिछन् ।

इतिहास

प्राचीनकालदेखि नै ‘परेवा सञ्चार’ अस्तित्वमा रहेको पाइन्छ । ‘हिस्ट्री अफ इन्फर्मेसन’ वेबसाइटमा प्रकाशित लेखका अनुसार मिश्र (इजिप्ट), युनान, रोम, मेसोपोटामिया (हालको इरान र इराकको केही भाग), सुमर (हालको दक्षिण इराक), फोनेसिया (हालको लेबनान, इजरायल तथा सिरियाको केही हिस्सा) आदि स्थानमा परेवामार्पmत सूचना प्रवाह हुने गर्थे ।

प्राचीन मिश्रमा नाइल नदीमा बाढी आउँदा परेवामार्पmत सूचना सम्प्रेषण गरी आम मानिसलाई सचेत तुल्याएको इतिहास भेटिन्छ । एरिक्सन डट कममा प्रकाशित एक लेख (नोभेम्बर १०, सन् २०१४) मा उल्लेख भएअनुसार प्राचीन मिश्रवासीले समुद्री यात्राका क्रममा परेवामार्पmत घरपरिवारलाई सन्देश पठाउने गर्थे । त्यहाँ नयाँ फारोह (राजा) गद्दीसीन हुँदा पनि परेवा उडाइन्थे भन्ने भनाइ छ ।

युनानीहरूले पनि ‘परेवा सञ्चार’ लाई उपयोगमा ल्याएको पाइन्छ । उनीहरूले मूलतः ओलम्पिक प्रतियोगितामा कसले विजयपताका फहरायो भन्ने सूचना प्रवाह गर्न तथा लडाइँबारे जानकारी दिन परेवा प्रयोग गरेको इतिहास छ । फोनेसियालीहरू आफू व्यापारिक भ्रमणको सिलसिलामा भूमध्य सागरमा यात्रारत रहँदा परेवामार्पmत परिवारजन तथा सरोकारवालालाई सूचना प्रवाह गर्ने गरेको इतिहास भेटिन्छ ।

अर्कोतिर जुलियस सिजर, चङ्गेज खानजस्ता विश्वविख्यात योद्धाहरूले परेवामार्पmत आफ्ना ठेगानामा सूचना प्रवाह गरेको पाइन्छ । फ्रन्टिनसका लेखनमा रोमन सम्राट जुलियस सिजरले परेवामार्पmत सूचना सम्प्रेषण गर्ने गरेको लोभलाग्दो वर्णन भेटिन्छ । चङ्गेज खानले आफ्नो भूगोल विस्तारको अनन्त तिर्सना साकार पार्ने अभियानमा सङ्घर्षरत रहँदा एसिया तथा युरोपका विभिन्न भागमा परेवामार्पmत रणनीतिक महìवका सूचना प्रवाह गरेको इतिहास छ ।

आधुनिक इतिहासमा पनि ‘परेवा सञ्चार’ ले निरन्तरता पाएको देखिन्छ । खासगरी फ्रान्सेली क्रान्ति, ‘वाटर लू’ को युद्ध, पेरिस घेराबन्दी (सन् १८७०–१८७१) एवम् प्रथम तथा दोस्रो विश्वयुद्धमा परेवामार्पmत व्यापक रूपमा सूचना सम्प्रेषण भएको पाइन्छ, आजको दिनमा पनि अनुसन्धानको विषय 

बन्न गएको छ ।

अझ रोचक कुरा त विश्वविख्यात समाचार संस्था रोयटसर््का संस्थापक पाउल जुलियस रोयटरले सन् १८६० तिर परेवा प्रयोग गरी समाचार सम्प्रेषण गरेको पाइन्छ । उनले जर्मनीको सीमावर्ती सहरबाट बेल्जियमसम्म समाचार पठाउन ४५ वटा परेवा प्रयोग गरेको घतलाग्दो अभिलेख भेटिन्छ, जसलाई ‘परेवा सञ्चार’ को एउटा रोचक अध्याय मान्न सकिन्छ ।

युद्धमा परेवा

प्रथम तथा दोस्रो विश्वयुद्धमा सैनिक सञ्चारमा परेवाले अवर्णनीय भूमिका  खेलेको वर्णन यत्रतत्र भेटिन्छन् । त्यस समयमा पनि आधुनिक सञ्चार प्रणालीको उतिविधि विकास भइसकेको थिएन । युद्धमा पलपलको खबरको महìव नरहने कुरै भएन । यस्तो घडीमा परेवा एक मात्र भरपर्दो विकल्प थियो, जसले छिटो र छरितो किसिमले रणनीतिक महìवका सूचना सही ठेगानामा पु¥याउन सक्थ्यो ।

सूचना प्रवाहमा परेवाले दिएको योगदानको सैनिक इतिहासमा मुक्तकण्ठले प्रशंसा गरिएको पाइन्छ । यस दृष्टिले युद्धकालमा परेवाको स्थान सैनिकको भन्दा कम मानिँदैनथ्यो । यही आधारमा कतिपयले परेवालाई ‘युद्धको सैनिक’, ‘युद्धको नायक’ वा ‘उड्ने सैनिक’ जस्ता उपाधि दिने गरिएको पाइन्छ ।

प्रथम तथा दोस्रो विश्वयुद्धमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रुसजस्ता शक्तिशाली मुलुकका सैनिकले प्रयोग गर्ने पानी जहाज तथा छाउनीहरूमा योजनाबद्ध रूपमा परेवा पाल्ने तर तिनलाई तालिम दिने गरिएको पाइन्छ ।

प्रथम विश्वयुद्धमा अमेरिकाले फ्रान्समा परेवाको दस्ता पठाइएको थियो । त्यस दस्तामा सेर अमी ९ऋजभच ब्mष्० नामक परेवाको भूमिका उल्लेखनीय हुन आउँछ । फ्रान्सेली भाषामा ‘सेर अमी’ को अर्थ हुन्छ, प्रिय साथी । ‘सेर अमी’ ले कीर्तिमान नै कायम गरिदियो ।

उसले कुशलतापूर्वक सूचना प्रवाह गर्दा १९४ जना अमेरिकी सैनिक मृत्युको मुखबाट बाँचेका थिए । अरूलाई बचाउने ‘सेर अमी’ स्वयम् भने बाँच्न सकेनन् । ‘नेसनल म्युजियम अफ द युनाइटेड स्टेस् आर्मी’ को वेबसाइटमा प्रकाशित सेर अमीको जीवनीमा केन्द्रित लेखका अनुसार युद्धका बेला लागेको चोटबाट सन् १९१९ जुन १३ मा त्यस परेवाको मृत्यु भएको थियो ।

यसैगरी अमेरिकी सैनिकले सूचना प्रवाह गर्न पालेको स्पाइक नामक परेवाको पनि गौरवमय कथा छ । प्रथम विश्वयुद्धमा अमेरिकी सैनिकका तर्पmबाट महìवपूर्ण भूमिका निर्वाह गर्ने ‘स्पाइक’ का सम्बन्धमा रमाइलो संस्मरण छ, जसबारे ‘पिजन अफ वार’ वेबसाइटमा प्रकाशित सामग्री सारसङ्क्षेप यस्तो छ ः

युनाइटेड स्टेट्स आर्मी सिग्नल कर्पस्ले स्पाइक नामक परेवालाई हुर्काएको थियो । स्पाइक अमेरिकी सैनिकको बख्तरबन्द गाडीमा बस्थे र महìवपूर्ण सूचना सैनिक मुख्यालयमा लैजान्थे । त्यसले सैनिक मिसनमा ५२ वटा सूचना सम्प्रेषण ग¥यो । युद्धको गोलाबारुद र रक्तपातपूर्ण वातावरणमा जिम्मेवारी निर्वाह गर्दा पनि उसलाई कुनै घाउचोट लागेन । उसमाथि फ्रान्समा ग्यास आक्रमणसमेत भएको थियो । परेवा त्यसबाट पनि बाँच्यो । सन् १९१७ तिर जन्मिएको स्पाइक १९३५ मा बित्यो । स्पाइकको मृत शरीर अहिले पनि वासिङ्टन डीसीमा सुरक्षित छ ।

विश्वयुद्धमा असल खबर दूतको भूमिका निर्वाह गरेका परेवालाई पदक पनि दिइएको इतिहास छ । बेलायतले सन् १९४३ देखि १९४९ को अवधिमा ३२ वटा परेवालाई डिकिन मेडल प्रदान गरेको थियो । उक्त पदकलाई ‘भिक्टोरिया क्रस’सरह नै मान्ने चलन छ ।

आखिर किन यस्तो ?

सूचना सम्प्रेषणमा परेवाको किन यतिविधि महìव रहेको होला ? परेवालाई बुद्धिमान र विवेकशील पन्छी मान्ने गरिन्छ । उडेर जहाँ पुगे पनि परेवामा आफ्नो मौलिक थलो चिन्ने क्षमता हुन्छ भनिन्छ । यही क्षमता भएकाले उडेर जहाँ पुगे पनि परेवा आफ्नो थलोमा फर्किन सक्छ । आफ्नो थलो पहिचान गर्ने शक्ति, तीव्र गतिमा बढी उचाइमा उड्न सक्ने क्षमता आदिका कारण परेवालाई गुणसम्पन्न पन्छीका रूपमा लिने गरिन्छ ।

दोस्रो विश्वयुद्धकालमा अमेरिकी युद्ध विभागद्वारा सन् १९४२ मा प्रकाशित ‘बेसिक फिल्ड म्यानुअल ः सिग्नल कम्युनिकेसन’ नामक पुस्तकमा ‘परेवा सञ्चार’ बारे एउटा बेग्लै अध्यायमा चर्चा गरिएको छ । त्यस पुस्तकमा परेवा प्रतिघण्टा ३७ माइलका दरले उड्न सक्छ 

भनिएको छ ।

परेवाको अर्को गुण पनि हुन्छ । ‘क्युरियस डिजाइर’ वेबसाइट (अक्टोबर २८, सन् २०२१) मा प्रकाशित सारा जाबेदको लेखका अनुसार परेवाले पृथ्वीभित्रबाट प्रवाहित न्यून आवृत्तिका तरङ्ग पनि सजिलै सुन्न सक्ने भएकाले भूकम्प, ज्वालामुखी विस्फोटनजस्ता भौगर्भिक घटनाको जानकारी बेलैमा पाउँछन् । पृथ्वीको गर्भमा हुने यस्ता विनाशकारी घटना हुने बेलामा गुँड छाडेर एकाएक आकाशमा उड्न थाल्छन् परेवा । परेवाका यस्ता गतिविधिबाट विनाशकारी भौगर्भिकको पूर्वजानकारी बेलैमा पाउन सकिन्छ ।

‘परेवा सञ्चार’ बारे हामीकहाँ गलत बुझाइ छ । परेवाले हुलाकीले झैँ प्रापककहाँ पत्र पु-याएर आफ्नो ठेगानामा फर्कन्छ भन्ने मान्यता हामीकहाँ छ । ‘परेवा सञ्चार’ सम्बन्धी सन्दर्भ सामग्री अध्ययन गर्दा परेवाले चिठीपत्र चिन्छ, न त आफ्नो हुलाकीको जस्तो भूमिकाबारे ऊ सचेत रहन्छ । उसले केवल आफ्नो गन्तव्य मात्र चिन्छ । प्रापककहाँ पत्र पठाउन प्रेषकसँग प्रापककै परेवा हुन आवश्यक हुन्छ । परेवा आफ्नो मौलिक बासस्थान वा गन्तव्य जाने क्रममा उसको खुट्टामा चिठी बाँधेर पठाइन्छ ।