क्युबाली क्षेप्यास्त्र सङ्कट
सोभियत सङ्घले सन् १९६२ अक्टोबरमा क्युबाली धर्तीमा परमाणु क्षेप्यास्त्र तैनाथ गर्न लागेको विषयलाई लिएर विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र सोभियत सङ्घ आमुन्नेसामुन्ने भएका थिए ।
हितकारी क्वाँटी
गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास आदि बुझिन्छ । गेडागुडीमा धेरै मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यिनलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ ।
सजिलो छैन कुकुर पाल्न
मानव उद्विकासका क्रममा कुकुरको विकास मानिसको निकटको सहयोगीका रूपमा भएको छ । मर्यादापालक र आफ्नो मालिकप्रति वफादार हुने भएकाले कुकुरका बारेमा अनेकौँ किस्सा पनि सुनिने गरेका छन् ।
फ्री वाइफाईले चोर्ला डाटा
प्रविधिसँग रमाउनेहरूका लागि इन्टरनेट अहिले अत्यावश्यक कुरा जस्तै भइसकेको छ । इन्टरनेट र आधुनिक जीवनशैली एकअर्काका परिपूरक बनेका छन् । घर बाहिर कहीँकतै जाँदा होस् वा सार्वजनिक स्थानमा समय बिताउँदा होस् सबैलाई इन्टरनेट चाहिएको छ ।
बुद्धको त्रिपिटक ग्रन्थ
हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान प्रमुख ग्रन्थ भएझैँ बौद्धको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । भगवान् बुद्धको वचनलाई उनको परिनिर्वाणपछि तत्कालीन भिक्षुहरूद्वारा एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गरिएको थियो ।
क्रियाशील श्रम शक्तिको बाहुल्य
तुलनात्मक जनसङ्ख्या हेर्दा धेरै युवाशक्ति रहेका मुलुकमध्ये अग्रपङ्क्तिमा रहेकाले नेपालसमक्ष यसबाट हुन सक्ने आर्थिक लाभका अवसर प्रशस्त छन् । सन् २०२६ सम्म विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने र सन्
टाढैबाट जोडीलाई चुम्बन गर्ने उपकरण
एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्। यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ। यस उपकरणको सहयोगमा टाढा रहेका व्यक्तिले एकआपसमा चुम्बन गर्न सक्नेछन्। उपकरण निर्माताका अनुसार टाढा रहेका मानिसले यस ग्याजेटको मद्दतबाट वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।
विद्युतीय कारोबारको युग
विद्युतीय कारोबारलाई डिजिटल कारोबार, डिजिटल भुक्तानी, विद्युतीय भुक्तानीजस्ता शब्दले पनि पुकारिन्छ । यसको अर्थ कारोबारको भुक्तानी गर्दा भौतिक नोट वा पैसाको प्रयोग नगरी विद्युतीय माध्यमबाट भुक्तानी गर्नु भन्ने हो ।
विश्वका चर्चित नेताको हत्याकाण्ड
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सन् २०२२ जुलाई ८ मा एक जना बन्दुकधारीले गोली हानेर हत्या गरे । ६७ वर्षीय उनी लिवरल डेमोक्रेटिक पार्टीका नेता थिए । नारा सहरमा आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका बेला आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारी ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरी अदालती प्रक्रिया अगाडि बढाइएको छ ।
क्रिकेटमा फड्को
तेह्रौँ संस्करणको एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुँदै छ । यसअघि सन् १९८७, १९९६ र २०११ मा दक्षिण एसियाका देशहरूसँग मिलेर भारतले विश्वकपको आयोजना गरेको थियो ।
नि :सन्तान हुनु अभिशाप होइन
सामान्यतया खनजोत, सिँचाइ नगरी राखिएको उब्जनी नहुने जमिनलाई हामी बाँझो खेत वा बारी भन्ने गर्छाैं । त्यसैगरी प्रजनन स्वास्थ्यका दृष्टिकोणबाट सन्तान हुन नसकेका दम्पती वा जोडीको अवस्थालाई पनि बाँझोपना भन्ने गरिन्छ । यस अवस्थाका लागि प्रयोग गरिने अर्काे पर्यायवाची शब्द निःसन्तानपना हो ।
महिला जननेन्द्रियका क्यान्सर
अमेरिकामा महिलामा हुने क्यान्सरमध्ये ५१ प्रतिशत तथा क्यान्सरले हुने मृत्युमा २८ प्रतिशत स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सर कारक हुन्छ । विकसित देशको क्यान्सर सूचीमा स्तन क्यान्सर माथि भए पनि विकासोन्मुख देशमा स्त्री जननेन्द्रिय क्यान्सर त्यसमा पनि पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिएको छ ।
एटीएम लाइब्रेरी
लाइब्रेरी अर्थात् पुस्तकालय भन्नेबित्तिकै हामीले सोझो अर्थमा बुझ्ने गर्छौं पुस्तकहरूको घर । नेपाल शब्दकोषमा लेखिएको अर्थ पनि यही नै हो । जहाँ पुस्तकप्रेमीहरू विभिन्न खालका पुस्तक अध्ययन गर्नका लागि जान्छन् तर
दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन !
तपाईं दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन बन्नुहुन्छ । किनभने जुनबेला तपाईंले आँखा घुमाउनु हुन्छ तपाईंको दिमागले जानाजान दृष्टि बन्द गरिदिन्छ । यसै कारण तपाईंले ऐना हेर्दा आफ्नो आँखाको गति देख्न सक्नुहुन्न । यसलाई चिकित्सा विज्ञानले ‘स्याकाडिच मास्किङ’ भन्ने गरेको छ । यदि यसो नहुँदो हो त तपाईंको जीवन हातले क्यामेरा समातेर खिचिएको निरन्तर चलिरहने एक चलचित्र जस्तो हुने थियो, जसमा हल्लिरहेका दृश्य मात्र हुने थिए ।
मेमथको अवशेष फेला
हात्तीसँग मिल्दोजुल्दो जीव मेमथ लोप भइसक्यो। वैज्ञानिकले बेला बेलामा मेमथका अवशेष फेला पारेका छन्। सन् १९७७ मा सोभियत सङ्घको साइबेरिया क्षेत्रको एउटा खानीमा बुल्डोजरले खन्ने क्रममा अचानक मेमथको छावाको अवशेष फेला परेको थियो। मेमथ चिसो क्षेत्रमा बसोबास गर्दथे अर्थात् चिसो भेगमा बस्ने हात्ती हुन्। १७औँ शताब्दीसम्म युरोपेली र एसियालीहरू मेमथसँग परिचित थिए। सन् १७९६ मा जर्जस् क्युभरले मेमथलाई लोप भएको जीव घोषणा गरेका थिए।
हरेक वर्ष चन्द्रमा पृथ्वीबाट टाढिँदै
हरेक वर्ष करिब ३.७८ सेन्टिमिटर दरले चन्द्रमा पृथ्वीबाट टाढिँदै छ । यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।
पृथ्वीलाई चिस्याउने प्रयास
विश्वको तापक्रम वृद्धि कम गर्न वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका छन् । सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ। यसबाट पृथ्वीमा घाम कम आउनेछ। यस प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ। कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन्। यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ।
‘सार भ्यालु’ कसरी पत्ता लगाउने ?
मोबाइल फोन निर्माताले आफ्नो आधिकारिक वेबसाइटमा कुन मोडेलको ‘सार भ्यालु’ कति हो सो उल्लेख गरेका हुन्छन्। त्यहाँ गएर आफ्नो मोबाइल फोनको ‘सार भ्यालु’ हेर्न सकिन्छ। मोबाइल फोनको प्रयोगकर्ता गाइड (युजर्स म्यानुअल)मा सो फोनको ‘सार भ्यालु’ लेखिएको हुन्छ। त्यहीँबाट पनि ‘सार भ्यालु’ जान्न सकिन्छ। मोबाइल फोनको सेटिङबाट पनि ‘सार भ्यालु’ पत्ता लगाउन सकिन्छ। त्यसका लागि तपाईं मोबाइलको सेटिङमा जानुपर्छ। त्यसपछि जर्नल, लिगल र आरएफ एक्सपोजरमा जानुहोस्। यो सेटिङमा जाने विधि मोबाइल सेटअनुसार फरक–फरक हुने गर्छ।
गर्मी हुँदा सर्पले आफैँलाई खान्छ
सर्पले धेरै गर्मी महसुस गर्यो भने उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ । त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ । पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ । सर्पले आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः स्वज्यान लिन्छ ।
औँठाछाप मेटाइदिने रोग
एड्रमेटोग्लिफिया रोगले मानिसको औँठाछाप मेटाइदिन्छ। यो एक वंशाणुगत रोग हो। सन् २००७ मा पहिलो पटक यो रोगको बिरामी पत्ता लागेको थियो। चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औँठाछाप अर्थात् फिङ्गरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो। तपाईं चाहे नागरिकता वा बैङ्कमा खाता खोल्न जानुहोस् आफ्नो औँठाछाप लगाउनैपर्छ तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरू सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औँलाका औँठाछा
अगाट मामिट माबेलको शव
इन्डोनेसियाको पपुआमा रहेको एक दुर्गम गाउँमा बसोबास गर्ने जनजाति समुदायका प्रमुख इलाई मेबल आफ्नो पुर्खा अगाट मामिट माबेलको शव देखाउँदै । लगभग दुई सय ५० वर्ष पहिले अगाटले त्यस समुदायको नेतृत्व गरेका थिए । डानी कबिलाका अगाटको शरीरलाई सो समुदायले धुवाँ र जनावरको तेलका मद्दतले सुरक्षित राखेका छन् ।
ज्यान लिने हर्ट अट्याक गन तपाईं कति जोखिममा
अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो। कुरा कस्तो चलेको थियो भने सीआईएले यस्तो हतियार बनाएको छ जसले टाढैबाट लक्षित व्यक्तिमा हृदयाघात गराउन सक्छ। के उनीहरूले त्यस्तो गरे ? वा यो एक अर्को षडयन्त्रकारी सिद्धान्त मात्र हो ?
२०८० सालको वार्षिक राशिफल
यो वर्षको प्रारम्भमा राशिमा प्रवेश गरेको बृहस्पतिका कारण यात्रा एवं स्थान परिवर्तन गराउनेछ। अध्ययन अध्यापनमा आइपरेका बाधाअड्चन क्रमशः हटेर जानेछन्। घरायसी व्यावहारिक झमेलाहरू पनि क्रमशः सहज बन्दैजानेछन्। आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्नेछ। नयाँ काम मिल्ने या नोकरीमा पदोन्नति भएर जाने सम्भावना रहेको छ । घरपरिवार तथा
ह्रासोन्मुख अध्ययन संस्कृति
कुनै पनि मुलुकमा अध्ययन संस्कृतिले जाग्रत चेत भएको जनशक्ति निर्माणका निम्ति उल्लेख्य योगदान दिन्छ । निरन्तरको अध्ययन र पठन प्रवृत्ति प्रत्येक मानिसका निम्ति आफैँमा बौद्धिक खुराक हो । दुर्भाग्य नै भन्नुपर्छ यता आएर भने खासगरी नेपाली युवामा अध्ययन संस्कृतिमा निरन्तर ह्रास आएको स्पष्ट महसुुस गर्न सकिन्छ ।