मुखको क्यान्सर
मुखको क्यान्सर ओठ, मुख वा घाँटीको माथिल्लो भागमा लाग्ने क्यान्सर हो । पान, सुपारी, चुरोट, बिँडीको अत्यधिक प्रयोगका कारण भारतमा यो क्यान्सर तेस्रो स्थानमा पर्दछ । नेपाल विशेषतः
बक्सिङ खेलाडी टाइसनले गोरिल्लासँग भिड्ने सोचाइ
विश्वका प्रसिद्ध व्यावसायिक बक्सिङ खेलाडी माइक टाइसनले एक पटक गोरिल्लासँग भिड्ने सोचाइ बनाएका थिए। उनले चिडियाखानाका कर्मचारीलाई १० हजार डलर दिएर गोरिल्लाको खोरमा जान दिनसमेत भने तर उनको इच्छा पूरा भएन। गोरिल्लाले अन्य पशुलाई जिस्क्याइरहेको देखेर टाइसनलाई रिस उठेको थियो र उनी त्यस गोरिल्लालाई पाठ सिकाउन चाहन्थे।
तस्बिरमा ऊँट केटी
सन् १८८५–१८८६ तिर लिइएको यस तस्बिरमा इल्ला हार्परलाई देखाइएको छ। उनी जन्मदेखि असाध्यै दुर्लभ चिकित्सा अवस्था ‘कन्जेनेटल जेनु रिकर्वेटम’ ले पीडित थिइन्। यस विकारका कारण उनका घुँडा विपरीत दिशामा मोडिन सक्थे। जसको नतिजा उनी चारैतिर आफ्ना घुँडा मोड्न सक्थिन्। सन् १८८६ मा हार्पर एक कलाकारका रूपमा सर्कसमा भर्ना भइन्। उनी हरेक हप्ता दुई सय डलर कमाउँथिन्। घुँडा पछाडि फर्केका कारण उनलाई सर्कसमा ऊँट केटी भनिन्थ्यो।
यस कारण दुख्छ सुतेका बेला टाउको
मानिसको सुत्ने अवस्थाले बिहान उठ्ने बेला टाउको दुखाउन सक्छ। यसबाट बच्न सुत्ने बेला टाउकोलाई ओछ्यानभन्दा केही माथि राख्ने गर्नुपर्छ। यसको धेरै फाइदा छ : टाउकोमा चोट लाग्न पाउँदैन, ग्यास्ट्रिक कम हुन्छ र श्वासप्रश्वासको समस्या घट्छ। शरीरलाई स्वस्थ राख्न पृथ्वीको गुरुत्वाकर्षण शक्तिको पनि भूमिका हुने स्पष्ट छ। दिउँसो बढी उभिने भएकाले पैतला र गोलीगाँठो वरिपरि विस्तारै द्रव र अन्य अनुपयोगी पदार्थ जम्मा हुन्छन्। गुरुत्वाकर्षण शक्तिको प्रभावले हरेक वस्तु तल आउन खोज्छ र यसैले उभिएका बेला हाम्रो शरीरको तल्लो भागमा दबाब अधिक हुन्छ।
रोबोटद्वारा महिलाको गर्भाधान
विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु जन्माइएको छ। यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन ५ को गेमिङ कन्सोल प्रयोग गरिएको थियो। त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकीटबाटै ती महिलाले गर्भधारण गरिन्।
साहसी महिला लक्ष्मीबाई
झाँसीकी रानी लक्ष्मीबाईको नाम अदम्य साहसी प्रतिमूर्तिका रूपमा लिइन्छ । उनको जन्म सन् १८२८ नोभम्बर १९ मा भारतको बनारसमा एक मराठी कर्हाडे ब्राह्मण परिवारमा भएको थियो ।
हजामले गर्दथे दाँतको उपचार
जबदेखि मानव जातिमा दाँतको विकास भयो तबदेखि दाँतलाई ठिकठाक र सही आकारमा राख्नु एक चुनौती नै छ । इतिहासवेत्ताहरूको विश्वास के छ भने कम्तीमा पनि इसापूर्व ७००० देखि दन्तविद्या प्रचलनमा आएको हु
पहिचान खोज्दै ताङ्वे
मुस्ताङको छुक्साङतिर बाक्लो बस्ती रहेकाले यसलाई ताङ्वे गाउँ भन्ने गरिएको छ । मुस्ताङमा बाह्रगाउँले र आठगाउँले जस्ता बाक्ला बस्ती पनि छन् । ताङ्वेहरू बाह्रगाउँ क्षेत्रमा पाइने भएकाले कतिपयले यिनीहरूलाई बाह्रगाउँले पनि भन्ने गरेका थिए । कतिपयले ताङ्वेदानी पनि भन्छन् । बाह्रगाउँलेहरू थकाली हुन् तर ताङ्वे थकाली होइनन् ।
हिमयुगमा यसरी बाँचे मानव
पृथ्वीमा अहिले तापक्रम वृद्धिसँगै जलवायु परिवर्तन र प्राणी जगत्को अस्तित्व सङ्कटका विषयमा विभिन्न मञ्चमा व्यापक बहस भइरहेको छ, समाधानका उपायमा
सीआईएका “माइन्ड रिडर्स”
शीत युद्ध आफ्नो उत्कर्षमा पुगेको अवधि सन् १९७० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईएले सोभियत सङ्घको जासुसी गर्न ‘माइन्ड रिडर्स’ अर्थात् मनका कुरा जान्ने मानिसहरू परिचालन गर्न सुरु गरेको थियो ।
पहिलो महिला मन्त्री द्वारिकादेवी
नागरिक अधिकारका दृष्टिले राणाकालीन समय इतिहासकै कालो युग थियो । त्यतिबेला जनताका छोराछोरी पढ्न लेख्नबाट वञ्चित थिए । जनताका छोराछोरी शिक्षित भएमा आफ्नो निरङ्कुश पारिवारिक शासन ढल्ने भय राणाहरूमा थियो । त्यसैले मुलुकभर सबैतिर स्कुल थिएनन् । कतिपय स्थानमा गुरुकुलमा आधारित संस्कृत पाठशाला थिए तर ती पाठशालामा सबैको पहुँच थिएन । राजधानीवासीकै छोरा–छोरी सबैले पढ्न पाए
सुन्दर पुतली
पुतलीले वातावरणीय काम पनि गर्छ । धेरैलाई थाहा नभए पनि अप्रत्यक्ष रूपमा यसले उत्पादन बढाउन सहयोग गर्छ । अन्नबाली, तेलहन र फलफूलमा पराग सेचन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । फूलमा रस चुस्दाचुस्दै
अन्तरिक्ष छिचोल्दै स्पेस एक्स
स्पेस एक्स (स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन) अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष वाहन कम्पनी हो । सन् २००२ मा एलन मस्कले अन्तरिक्ष परिवहन लागत कम गर्ने तथा मङ्गल ग्रहको अनुसन्धान र त्यहाँ बसोबासको उद्देश्यले यसको स्थापना गरेका थिए । हाल मस्कले स्पेस एक्स, टेस्ला, सोलार सिटी, हाइपर लुप, बोरिङ कम्पनी, न्युरालिङ्क, स्टार लिङ्कजस्ता महìवाकाङ्क्षी योजना एकसाथ अगाडि बढाइरहेका छन् ।
हटेन बालविवाह
प्रकृतिले मानिसलगायत संसारका हरेक जीवजन्तु, वनस्पति सिर्जनालाई फुल्न–फल्न समय निर्धारण गरेको छ । जसरी कोमल पालुवा हुर्केर परिपक्व हुन र त्यसमा फल लाग्न समय लाग्छ त्यसैगरी शारीरिक र मानसि
जमाना “बबल टी”को
युवापुस्तामा ‘बबल टी’ को क्रेज दिनानुदिन बढ्दो छ । फेसनका रूपमा चलेको यो चिया छोटो समयमा लोकप्रिय हुँदै छ । ‘बबल टी’ अन्य चिया जस्तो तातो हुँदैन, यो चिसो पिउने हो । यो चिया ‘आइस टी’ जस्तै हुन्छ ।
सद्दामलाई सत्ताच्युत गर्ने द्वन्द्व
इराकमाथि सैन्य कारबाही गर्न हुँदैन भनी अरब क्षेत्र मात्र होइन सारा विश्व समुदायले आवाज उठाएको थियो । अमेरिका र बेलायतमासमेत सैन्य कारबाहीको विरोधमा ठूला प्रदर्शन भएका थिए । संयुक्त राष्ट्रसङ्घले समेत
महँगोमा बिक्दै जलगैँडाको दाँत
हात्तीको हाड तस्करीमा प्रतिबन्ध थपिएसँगै लोप हुने जोखिममा रहेको जलगैँडाको दाँतको तस्करी बढ्दो क्रममा रहेको छ। बेलायतले हात्तीको हाड कारोबारमा प्रतिबन्ध लगाएपछि जलगैँडाको दाँत र हाडको व्यापारमा वृद्धि भएको छ। जलगैँडाका दाँत अनि दाह्रा सजावटका सामग्रीमा प्रयोग गरिन्छ। कन्भेन्सन अफ इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज (सीआईटीईएस)अन्तर्गत जलगैँडाका अङ्ग किनबेच गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय कारोबारका लागि भने निर्यात गर्ने अनुमति आवश्यक पर्छ। सन् १९७५ देखि सीआईटीइएसले जलगैँडाको तथ्याङ्क राख्न थालेपछि सन् २०१७ सम्म जलगैँडाका सात लाख ७० हजार किलो दाँत कानुनी रूपमै कारोबार भएको छ।
पत्थरको सुनले बनायो करोडपति
२.६ किलो काँचो सुन भएको पत्थर अस्ट्रेलियाको भिक्टोरियामा पुरानो सुनखानी भएको क्षेत्रमा फेला परेको छ। सस्तो खालको ‘मेटल डिटेक्टर’ प्रयोग गरेर एक व्यक्तिले झन्डै दुई करोड १० लाख नेपाली रुपियाँ मूल्य पर्ने काँचो सुन भएको एउटा पत्थर फेला पारेका हुन्। इस्वी संवत्को १८औँ शताब्दीमा त्यहाँका खानीमा सुन खोज्ने मानिसको घुइँचो लाग्ने गथ्र्याे। उनले फेला पारेको सुनको मूल्याङ्कन गर्ने र किन्ने व्यापारी ड्यारेन क्याम्पले आफूले ४३ वर्षको व्यावसायिक जीवनमा पहिलो पटक ठूलो पत्थरमा त्यति धेरै सुन देखेको बताए। जिलङस्थित आफ्नो पसलमा एउटा ठूलो झोला भिरेर एक व्यक्ति आउँदा आफूले ठूलो अपेक्षा नराखेको क्याम्पले बताए।
सङ्ग्रहालयकै कर्मचारीले चोरेका थिए मोनालिसाको चित्र
सन् १९११ अगस्त २१ मा लुभ सङ्ग्रहालयबाट मोनालिसाको चित्र हराएको थियो। लियोनार्दो डा भिन्चीले बनाएको सो विश्व प्रसिद्ध चित्र एकाएक सङ्ग्रहालयबाट हराएपछि हल्लीखल्ली मच्चियो। फ्रान्सका जासुसले मोनालिसाको चित्र खोज्न हरसम्भव प्रयास गर्न थाले। दुई वर्षभन्दा बढी समय मोनालिसाको चित्र खोजियो। जासुसहरूले यस कुख्यात चोरीको हल खोज्न शङ्काको घेरामा प्रख्यात कवि गियमो अपोलोनार र कलाकार पाब्लो पिकासोलाई समेत राखे। उनीहरूले यी दुवै महान् हस्तीसँग केरकारसमेत
भ्रूणको लिङ्ग निर्धारण
सृष्टिको क्रम र लय सनातन हो अनि यसका नियम शाश्वत र अजेय हुन्छन् भन्ने अध्यात्मवादको मान्यता छ । अर्काेतिर सृष्टिका पनि नियम हुन्छन् र तिनको अध्ययन सम्भव छ भन्ने विज्ञानको दाबी छ । जे भए पनि मानिसको जन्म तथा मृत्यु अध्यात्म र विज्ञान दुवैको चासो तथा अध्ययनको विषय रहिआएको छ ।
रगतको क्यान्सर ल्युकेमिया
चिकित्सा क्षेत्रमा ल्युकेमिया भनिने रक्त क्यान्सर प्रायः हड्डीको मासीबाट सुरु हुन्छ । त्यसो त मानव अङ्गमा हुने १६ प्रमुख क्यान्सरमध्ये ल्युकेमिया १२औँ स्थानमा र क्यान्सरबाट हुने मृत्युमा ११औँ स्थानमा पर्दछ ।
साम्राज्यवादको होड थियो प्रथम विश्वयुद्ध
प्रथम विश्वयुद्ध देशहरूबीचको लडाइँ मात्र थिएन, यो साम्राज्यवादीबीच वर्चस्वको सङ्घर्ष पनि थियो। बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपका साम्राज्यवादीको विश्वमा अन्यत्र कैयौँ उपनिवेश थिए भने अस्ट्रिया–हङ्गेरी र रुसजस्ता पूर्वी युरोपका साम्राज्यवादीले जमिन जोडिएका युरोपेली तथा उत्तर एसियाली क्षेत्रहरूमा आफ्नो शासन सञ्चालन गरिरहेका थिए।
पेनकिलर बनाउँदा कोकाकोला !
विश्वको एक सर्वाधिक लोकप्रिय पेय पदार्थ कोकाकोलासँग असामान्य इतिहासको गाथा पनि छ। सन् १८६६ मा अमेरिकी औषधिविज्ञ जोन पेम्बर्टन दुखाई कम गर्ने औषधि ‘पेनकिलर’ बनाउने प्रयासमा लागेका थिए। गृहयुद्धमा पेम्बर्टनलाई नराम्रोसँग चोट लागेको थियो। जस कारण उनले पीडाबाट मुक्ति पाउन अफिममा आधारित मर्फिनको सहारा लिनु पर्ने भयो तर पेम्बर्टन अफिम नभएको वैकल्पिक पीडाहरक औषधि बनाउन चाहन्थे।
कथाबाट प्रेरित बैङ्क चोरी
बैङ्कमा लुटपाट वा चोरी किन हुन्छ ? किनभने पैसा त्यहीँ हुन्छ । बैङ्क लुटपाटका कैयौँ घटना इतिहासका पानामा कोरिएका छन् । सबैतिरको पैसा बैङ्कमै जम्मा हुन आउने भएकाले होला लुटेराले पैसा हासिल