• ११ पुस २०८१, बिहिबार

वीरङ्गना निरजा

blog

यो कथा हो एउटी वीरङ्गनाको। उनी फ्लाइट अटेन्डेन्ट थिइन्। उनीसँग यस पेसामा लामो अनुभव थिएन तर उनले लामो होइन ठूलो जीवन जिइन्। एउटा घटनाबाट उनी इतिहासमा अमर भइन्। एभियसन संसारमा उनको योगदान अविस्मरणीय छ।  

दिन थियो सन् १९८६ सेप्टेम्बर ५। पान अमेरिकन वल्र्ड एयरवेजको पान एम फ्लाइट–७३ अपहरणमा प-यो। अपहरण गर्ने सङ्गठन थियो प्यालेस्टाइन अतिवादी समूह अबु निडाल अर्गनाइजेसन। भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडान भरेको पान एम फ्लाइट–७३ ले पाकिस्तानको कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवतरण गरेको थियो। त्यहाँबाट जर्मनीको फ्राङ्फर्ट हुँदै न्युयोर्क जाने तयारीमा रहेको विमानले स्थानीय समय अनुसार बिहानको ६ बजे पुनः उडान भर्ने तयारी गरिरहँदा विमानस्थल सुरक्षाकर्मीको पोसाक लगाएका चार आतङ्कवादीले एउटा भ्यानमा सवार भएर अचानक विमानमा प्रवेश गरे। उनीहरू गोली पड्काउँदै भित्र छिरेका थिए।

विमानको चालक दलका १४ सदस्यमध्ये  १२ जना उडानको तयारीमा जुटेका थिए। फ्लाइट अटेन्डेन्ट नुपुर एबरोलले गोली पड्काउँदै गरेका आतङ्कवादीलाई देखेर तुरुन्त ढोका बन्द गर्न सहकर्मीलाई भनिन् तर उनीहरूलाई रोक्न सकिएन। आतङ्कवादीको नजरमा नपरेकी र पर रहेकी अर्की फ्लाइट अटेन्डेन्ट सेरिन पवनले होहल्ला सुनेर इन्टरकमबाट ककपिटलाई सङ्केत दिने आपत्कालीन बटन दबाइन्। उनको दोस्रो प्रयासमा पाइलटले फोन उठाए र उनले अपहरणको कोड बोलिन्। त्यसैबेला आतङ्कवादीले अर्की फ्लाइट अटेन्डेन्ट निरजा भनोटको टाउकोमा बन्दुक ताके। एके–४७ बन्दुक र ग्रेनेड समातेका आतङ्कवादीले फ्लाइट अटेन्डेन्ट सन्साइन वेसुवालालाई पाइलट कहाँ लैजान धम्की दिए। 

तर जब आतङ्कवादी ककपिटमा पुगे, पाइलटहरू भागिसकेका थिए, ककपिट खाली थियो। अब विमान उडाउने केही पनि त्यहाँ थिएन। १६ घण्टासम्म विमानस्थलमा तनाव बनिरह्यो। सुरक्षाकर्मीले विमानलाई अपहरणकारीबाट मुक्त गराउन विशेष अपरेसन चलाउने अवसर पनि पाएनन्। अचानक यस्तो घटना भयो २२ बन्धकले ज्यान गुमाए र एक सय ५० जना घाइते भए।  

विमानमा यात्रु र चालक दलका सदस्य गरी तीन सय ७० जना थिए। पाइलटहरू भागेपछि आतङ्कवादीले विमानलाई साइप्रस लैजान पाइलटको माग गरे। उनीहरू साइप्रस गएर जेलमा रहेका आफ्ना साथीलाई छुटाउन चाहन्थे। उनीहरूले आफ्नो माग मान्न बाध्य पार्नका लागि धम्क्याउन अमेरिकी नागरिक राजेश कुमारको हत्यासमेत गरे तर अन्य अमेरिकी नागरिकको पहिचान गर्ने आतङ्कवादीको प्रयास फ्लाइट अटेन्डेन्टहरूले विफल बनाइदिए। उनीहरूले बाँकी अमेरिकीको पासपोर्ट लुकाइदिएका थिए। आतङ्कवादीले ग्रेनेड पड्काएर विमान ध्वस्त पारिदिने धम्कीसमेत दिए। 

दिनभरि आतङ्कवादी, पान एमका स्थानीय प्रतिनिधि र पाकिस्तानी प्रहरीबीच वार्ता चलिरह्यो। राति ९ बजे विमानको आन्तरिक विद्युतीय ऊर्जा सकिन थाल्यो र बत्ती मधुरो भयो। अनि आतङ्कवादीले सबै यात्रुलाई विमानको बीच भागमा जम्मा गरे। त्यसको लगत्तै विमानभित्र पूर्णतया अँध्यारो भयो। यस अवस्थामा आतङ्कवादीले सुरक्षाकर्मीद्वारा हमला हुने आशङ्का गरी यात्रुमाथि मेसिन गन र ग्रेनेडले अन्धाधुन्ध आव्रmमण सुरु गरे। २२  जना बन्धकले ज्यान गुमाए र केही चाहिँ आपत्कालीन ढोका खोलेर भाग्न सफल भए। आतङ्कवादीको गोलाबारुद सकिएपछि मात्र नरसंहार रोकिएको थियो। 

भागदौड मच्चिएको मौका छोपेर चारमध्ये तीन आतङ्कवादी त्यहँबाट भाग्न सफल भएका थिए तर पछि चारैजना पाकिस्तानी प्रहरीको फन्दामा परे।  

यस दुर्भाग्यपूर्ण घटनामा एक जना फ्लाइट अटेन्डेन्टको शहादतलाई विश्वले अहिलेसम्म बिर्सेको छैन। भारत सरकारले उनीलाई उच्च सम्मान दियो। ती हुन् फ्लाइट अटेन्डेन्ट निरजा भनोट। विमानका यात्रुको ज्यान जोगाउन उनले आफ्नो प्राणको वास्ता गरिनन्। आतङ्कवादीले अन्धाधुन्ध गोली चलाउँदा उनले आपत्कालीन ढोका खोलेर यात्रुाई विमानबाट बाहिर निकालेकी थिइन्। गोली प्रहारबाट तीन बालबालिकालाई जोगाउन आफू ढाल बन्दा उनको ज्यान गएको थियो।  

२२ वर्षको कलिलो उमेरमा ज्यान गुमाएकी निरजालाई साहस र दृढ निश्चयी महिलाका रूपमा चिनिन्छ। आफ्नो संस्कार र परिवारको प्रतिरोध हुँदा पनि उनले दुव्र्यवहार सहन गर्न नसकी आफ्ना पतिलाई छाडिदिइन्। त्यसपछि उनले आफ्नो खुट्टामा आफैँ उभिने प्रयासमा मोडलिङ गरिन् र पान एममा फ्लाइट अटेन्डेन्टको जागिर खाइन् तर आकाशमा सुरु गरेको उनको नयाँ जीवन एउटा दुर्घटनाले समाप्त पारिदियो, उनी आतङ्कवादीको गोलीको सिकार भइन्। आफ्नो नयाँ नोकरी भए पनि उनले सारा संसारलाई साहस र सङ्घर्षको नयाँ सन्देश दिएर गइन्। 

आतङ्कवादीको फन्दामा रहँदा उनले यात्रुलाई सहयोग गरिन्, ढाडस दिइन्। महासङ्कटका बेला यात्रुलाई विमानबाट निस्कन सहयोग गरिन्। अन्त्यमा आफ्नो शरीरलाई ढाल बनाएर उनले तीन बालबालिकाको ज्यान बचाइन्। उनको अदम्य साहस र बलिदानको कदर गर्दै भारत, पाकिस्तान र अमेरिकाले उनलाई मरणोपरान्त सम्मान दिए। साथै उनले ज्यान जोगाएका तीन बालबालिकामध्ये एक जनापछि गएर पाइलट बने र उनले त्यसको श्रेय दिए निरजालाई। 


–युवामञ्च