• ७ वैशाख २०८१, शुक्रबार

अन्तरिक्ष छिचोल्दै स्पेस एक्स

blog

स्पेस एक्स (स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन) अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष वाहन कम्पनी हो । सन् २००२ मा एलन मस्कले अन्तरिक्ष परिवहन लागत कम गर्ने तथा मङ्गल ग्रहको अनुसन्धान र त्यहाँ बसोबासको उद्देश्यले यसको स्थापना गरेका थिए । हाल मस्कले स्पेस एक्स, टेस्ला, सोलार सिटी, हाइपर लुप, बोरिङ कम्पनी, न्युरालिङ्क, स्टार लिङ्कजस्ता महìवाकाङ्क्षी योजना एकसाथ अगाडि बढाइरहेका छन् । 

स्पेस एक्सले हालसम्म कैयौँ गाडी, स्टार लिङ्क उपग्रहमण्डल, ड्रागन कार्गो स्पेसक्राफ्टको विकास गरेको छ । स्पेस एक्सको मुख्यालय क्यालिफोर्नियामा छ । यसले कैयौँ मानिसलाई इन्टरनेसनल स्पेस स्टेसनमा पु-याएको छ । तीन असफल प्रक्षेपणपछि स्पेस एक्सले सन् २००८ मा चौथो प्रयासमा पहिलो निजी अन्तरिक्षयान फाल्कन–१ को सफल प्रक्षेपण गरेको थियो ।

यसबाट के बुझ्न सकिन्छ भने मस्क असफलताबाट पछि हट्ने व्यक्ति होइनन् । उनलाई जोखिमसँग खेल्न खुबै मन पर्छ । सन् २००८ मा संसारमा आर्थिक मन्दी हुँदा उनको अवस्था पनि निकै खराब भयो । उनले आफ्ना नयाँ कम्पनीमा ठूलो असफलता बेहोरिरहेका थिए । यतिसम्म कि उनले आफ्नो दैनिक खर्च जुटाउन पनि साथीभाइसँग सापटी लिनुपर्ने अवस्था आयो । यस्तो अवस्था आउँदा पनि उनी आत्तिएनन् । उनी भन्छन्, “बढीभन्दा बढी के हुन्थ्यो ।  मेरा सन्तानले सरकारी विद्यालयमा पढ्न जानुपथ्र्यो । यो कुनै ठूलो कुरा हुने थिएन । म पनि त सरकारी स्कुलमै पढेको हुँ ।” 

स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी (सीईओ) मस्क सन् २०२० मा संसारका सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । उनी भन्छन्, “आधारहीन आलोचनाले मलाई खुबै निराश बनाउँछ । मानिसहरू बिनाकारण मेरो अन्य कम्पनीका साथै टेस्ला पनि डुबोस् भन्ने कामना गरी बस्छन् तर म यस्ता आलोचनाले आफ्नो विचार कहिल्यै परिवर्तन गर्दिनँ । जब मैले स्पेस एक्स र टेस्लामा पाइला राखेँ तब यत्तिको पैसा कमाइएला भन्ने सोचेको थिइनँ ।”

अहिले विश्वले मस्क (एलन रिभ मस्क)लाई अमेरिकी उद्यमीका रूपमा चिन्छ । उनको जन्म सन् १९७१ मा दक्षिण अफ्रिकामा भएको थियो । उनका बाबु दक्षिण अफ्रिकीका हुन् भने आमा क्यानाडाकी । बाल्यकालमा मस्कले निकै पुस्तक पढ्थे । उनले पुस्तक मात्र अध्ययन गरेनन् त्यसबाट प्राप्त ज्ञानलाई व्यवहारमा समेत प्रयोग गरे । दस वर्षको उमेरमा उनले कम्प्युटर कोडिङका पुस्तक पढेर कोडिङ सिके । उनले १२ वर्षको उमेरमा ‘ब्लास्टर’ नामको गेम समेत बनाएका थिए । त्यही गेमबाट पाँच सय डलर पुरस्कार पाए, यसलाई उनको पहिलो व्यावसायिक उपलब्धि मान्न सकिन्छ ।

हाल उनी स्पेस एक्स र टेस्ला कम्पनीका मालिक हुन् । उनका  विभिन्न योजना छन् । जसमध्ये प्रमुख आयोजना मानिसलाई मङ्गल ग्रहमा बसोबास गराउने हो । 

यस्तै उनी चालकबिनाको कार बनाउने, भ्याक्युम टनेलमा सुपरफास्ट रेल चलाउने, मानव दिमागमा आर्टिफिसियल इन्टेलिजेन्स जोड्ने र संसारमा सौर्य ऊर्जा आपूर्ति गर्ने रहेको छ ।

महìवाकाङ्क्षी योजनाअन्तर्गत उनको अर्को कम्पनी टेस्लाले चालकबिनाको कार बनाइरहेको छ । यसका साथै मस्कका द बोरिङ कम्पनी, न्युरालिङ्क र सोलार सिटीलगायतका सहायक कम्पनी पनि छन्। यस्तै मस्कको अर्को रोचक काम पनि जारी छ, उनी न्युरालिङ्क कम्पनीमार्फत मानिसको मस्तिष्कमा कम्प्युटर चिप लगाउने तयारीमा लागेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तर यस काममा उनी धेरै अघि बढिसकेका छन् । मस्कले केही समयभित्र मानिसको दिमागमा कम्प्युटर चिप लगाउने घोषणा समेत गरेका छन् । उनको यो योजना पूर्ण रूपमा सफल भयो भने मानिसको दिमागलाई कम्प्युटरसँग जोड्न सकिनेछ । 

स्पेस एक्स र मस्क

स्पेस एक्स कम्पनीबाट हाल मस्कले फाल्कन–९, फाल्कन हेभी, ड्रागन, स्टारसिप, ह्युमन स्पेसफ्लाइट, राइडसेयर, स्टारसिल्ड र स्टारलिङ्क गरी कुल आठवटा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्पेस एक्सले १२औँ पटक फाल्कन–९ रकेट सफलतापूर्वक प्रक्षेपण गर्न सफल भएको थियो । त्यसपछि फाल्कन–९ पृथ्वीमा फर्कियो, जुन आफैँमा कीर्तिमान हो । 

फाल्कन–९ लाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस स्टेसनबाट सन् २०२२ मार्च १९ मा पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरियो । यो रकेटले स्पेस एक्सको स्टारलिङ्क इन्टरनेटको ५३ थान स्याटेलाइट बोकेको थियो । हालसम्मको शक्तिशाली रकेट मानिएको फल्कन हेभी पहिलो पटक सन् २०१८ फेब्रुअरी ७ मा प्रक्षेपण गरियो । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको थियो । 

मान्छेलाई मङ्गल ग्रहमा लैजाने महìवाकाङ्क्षी योजना बोकेका अमेरिकी रकेट निर्माता कम्पनी स्पेस एक्सका मालिक मस्कले अन्तरिक्ष यात्रीलाई चाहिने आवश्यक सामग्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आफ्ना रकेटद्वारा आपूर्ति गर्दै आएका छन् । सो कम्पनीले फाल्कन–९ र ड्रागन कार्गो क्याप्सुलबाट सामग्री इन्टरनेसनल स्पेस स्टेसनमा लैजाने गरेको छ । मानिसलाई अन्तरिक्षमा भ्रमण गराउने योजनाअन्तर्गत रकेटको परिकल्पना गरी स्टार सिपको निर्माणमा समेत उनी लागेका छन् । 

मङ्गल ग्रहमा पठाउनका लागि स्पेस एक्स कम्पनीले बनाएको स्टारसिप रकेटको पहिलो परीक्षण असफल भएको छ । अमेरिकी राज्य टेक्सासको दक्षिणी क्षेत्रबाट स्थानीय समयअनुसार सन् २०२३ अप्रिल २० (वैशाख ७ गते) बिहान ८ः३३ बजे स्टारसिपको उडान परीक्षण गरिएको थियो । यस रकेटको लम्बाइ हालसम्म सबैभन्दा धेरै एक सय २० फिट थियो । 

स्पेस एक्सका अनुसार मानवरहित रकेट ३९ किलोमिटर माथि पुगेर विस्फोट भयो । यो रकेट परीक्षणका क्रममा करिब ९० मिनेटसम्म टिक्ने अनुमान थियो तर रकेट चार मिनेटमा विस्फोट भएको थियो ।