शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज ३० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (एनएएमएस) बिच खेलाडी, प्रशिक्षक र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बिहीबार राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा. भुपेन्द्रकुमार बस्नेतले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूलाई, स्वास्थ्य सेवा तथा उपचारको क्रममा गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने उल्लेख छ ।