• ६ पुस २०८१, शनिबार

कृषकको साथी उल्लु

blog

लाटोकोसेरो कृषकको साथी हो भन्दा धेरै मानिसले विश्वास गर्दैनन् होला तर यसले कृषकलाई ठूलो लाभ दिन्छ । चरा प्रजातिमा पर्ने लाटोकोसेरोको भूमिका खेतबालीमा महìवपूर्ण छ । यो कृषकको साथीसँगै कल्याणकारी चरा हो । यसले कीराफट्याङ्ग्रा र मुसा खाएर कृषि उब्जनीको उत्पादन बढाउन सहयोग गर्छ । 

रातमा मात्रै सक्रिय हुने यी सिकारी पन्छी मुसा मात्रै खाने नभई साना स्तनधारी, सरिसृप, चरा, माछा, भ्यागुता, चिप्लेकीरा, माकुरा र विभिन्न प्रकारका कीराफट्याङ्ग्रा पनि खान्छन् । त्यसैले 

लाटोकोसेरोले पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सहयोग पु-याउँछ । सनातन खाद्यचक्रलाई गतिशील राख्न पनि यसको महìवपूर्ण भूमिका रहन्छ । 

दिउँसो लाटोकोसेरो निष्क्रिय हुन्छ । यसले राति आहारा खोजी गर्दछ । यसका रौँ नरम हुने भएकाले उड्दा आवाज निस्कँदैन । आँखा चलाउन नसक्ने भएकाले कहीँकतै नजर डुलाउनु पर्दा टाउको नै घुमाउँछ । त्यही भएर यसको टाउको दुई सय ७० डिग्रीसम्म घुम्छ । संसारमा पाइने दुई सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा २२ प्रजातिका लाटोकोसेरो पाइन्छन् । दुई वर्षअघि मात्र नेपालमा नयाँ प्रजातिको मोटेड उड औल नामक लाटोकोसेरो भेटिएको थियो । 

लाटोकोसेरोबारे विश्वमा अनेक अन्धविश्वास छन् । संसारका कतिपय संस्कृतिमा घरको छतमा लाटोकोसेरो बस्नुलाई सङ्कट आउने सङ्केतका रूपमा लिइन्छ । तर विज्ञहरूका अनुसार यसको फाइदै फाइदा छ । एउटा लाटोकोसेरोको परिवारले अण्डा पारेर चल्ला हुर्काउन्जेलसम्म चार महिनामा तीन हजार मुसा खान्छ । धान, गहुबाली खाएर किसानलाई हैरान पार्ने मुसा नियन्त्रणमा लाटोकोसेरोको भूमिका यसर्थ उपयोगी छ । 

सानो प्रजातिलाई लाटोकोसेरो र ठूलो प्रजातिलाई हुचिल भनिन्छ । आँखा ठूलो हुने भएकाले सामान्य प्रकाशमा पनि यसले हेर्न सक्छ । लाटोकोसेरो हिमाल, पहाड र तराईमा पाइन्छ । 

लाटोकोसेरो प्रकृतिको स्वस्थ सूचकको काम पनि गर्छ । ठूलो खाले लाटोकोसेरो सबैभन्दा बढी आयु भएका चरा प्रजातिमा पर्दछ । लाटोकोसेरो ७० वर्षसम्म बाँच्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई सांस्कृतिक हिसाबले पनि महìवपूर्ण मानिन्छ । यो लक्ष्मी देवीको वाहनका रूपमा चिनिन्छ । यसको उपस्थितिले घरमा भूतप्रेतको बास हुँदैन भन्ने मान्यता रहिआएको छ । जापानमा अनिकाल र महामारीजस्ता प्राकृतिक विपत्तिलाई टाढा राख्न घरमा लाटोकोसेरोको तस्बिर राख्ने चलन छ । 

यति महìव हुँदाहुँदै पनि लाटोकोसेरो मार्ने क्रम बढेकाले संरक्षणमा चुनौती देखिएको छ । यसै कारण लाटोकोसेरोसम्बन्धी समाजमा चेतना बढाउनुपर्ने देखिन्छ ।