काजु सबै उमेर समूहका मानिसलाई फाइदा पुर्याउने खाद्यवस्तु मानिन्छ । थोरै खाँदा पनि धेरै फाइदा दिने काजुमा म्याग्नेसियम, तामा, फलाम, पोटासियमलगायतका तत्व पर्याप्त मात्रामा पाइन्छ । यी तत्वबाट शरीरलाई स्वस्थ रहन मद्दत पुग्छ ।
हरेक दिन दुई तीन टक्रा काजु खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । काजु ऊर्जाको राम्रो स्रोत पनि हो । थकान महसुस हुन्छ वा काम गर्ने जाँगर चल्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फुर्ती आउँछ ।
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गरेमा अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा भिटामिन ‘बी’ पनि पाइन्छ ।
काजुले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड उत्पादन हुन पाउँदैन । युरिक एसिडको समस्या भएकालाई ‘ड्राइफुड’ उपयुक्त मानिँदैन तर त्यस्ता मानिसले काजु खान सक्छन् । काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गरेमा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।
हरेक बिहान काजु खाने गरेमा कोलेस्टेरोलको मात्रा समेत नियन्त्रण गर्नमा योगदान पुग्छ । काजुमा पाइने तत्वले हड्डी र दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।
काँचो काजु चाहिँ खानु हुँदैन । किनकि काँचो काजुमा उरुसिओल नामक विषालु रसायन हुन्छ ।
नियमित काजु खानुका फाइदा
- दाँतलाई बलियो पार्न ठुलो भूमिका खेल्छ ।
- कपाल चमकदार बनाउन मद्दत पु¥याउँछ ।
- आँखा तेजिलो बनाउन पनि काजुले ठुलो भूमिका खेल्छ ।
- गर्भवतीलाई काजु वरदान मानिन्छ । यसले आमा र बच्चा दुवैलाई फाइदा पु¥याउँछ ।
- कब्जियत कम गर्न पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
- सधैँं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु खानु उपयोगी मानिन्छ ।
- हड्डी बलियो बनाउँछ ।
- कमजोरी हटाउँछ ।
- अनुहार चम्किलो बनाउँछ ।
- शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
- मुटु बलियो बनाउँछ ।
- काजुले दिमाग तेजिलो बनाउँछ ।
–अच्युतमानसिंह प्रधान ‘उत्सुक’
–युवामञ्च