• १८ कात्तिक २०८२, मङ्गलबार

इडब्लुभिएलका खेल अब काठमाडौँमा

blog

काठमाडौँ, कात्तिक १८ गते । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुन: सुचारु हुने भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही कात्तिक २६ देखि २९ सम्म चल्ने जानकारी दिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुनेछ ।

इडब्लुभिएलको दोस्रो संस्करण गत भदौ २० देखि २८ गतेसम्म पोखरा रङगशालास्थित कभर्डहलमा भईरहेको थियो । तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रतियोगिता  स्थगित गरिएको थियो ।

आयोजकले डेढ महिनापछि आयोजकले नयाँ मिति घोषणा गरेको हो । लिगका कुल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् ।