• ३० असोज २०८१, बुधबार

जासुसी गुब्बारा विगतदेखि वर्तमानसम्म

blog

गृहयुद्धकालका लडाइँको मैदानमा प्रयोग गरिएका गुब्बारा (बेलुन)देखि मानवरहित जेट इन्जिनयुक्त ड्रोनसम्म, शत्रुको सर्वोत्तम गतिविधि सधैँ आकाशबाटै देखिने गरेको छ । दुई सय वर्षयता मानिसले शत्रुमाथि निगरानी राख्न आकाशबाट अनेक किसिमका उपाय अपनाएको छ ।

गृहयुद्धको रणभूमिका गुब्बारा

सन् १७९० को दशकको सुरुका वर्षमा फ्रान्सेलीले सर्वप्रथम रण मैदानको निगरानीका लागि परीक्षणका रूपमा हाइइ«ोजन भरिएका गुब्बाराको प्रयोग गरेका थिए । ती गुब्बारा वास्तवमा शत्रुको क्षेत्रमा उड्दैनथे, तिनलाई डोरीले जमिनमा बाँधिएको हुन्थ्यो । गुब्बारामा जोडिएको डालोमा दुई सैनिक बस्दथे । तीमध्ये एकले टेलिस्कोपद्वारा हेर्दथे र अर्कोले झन्डा फराएर जमिनमा रहेको टोलीलाई सङ्केत गर्दथे । गुब्बारा बनाउने फ्रान्सेलीहरूले विश्वको पहिलो वायुसेना सन् १७९४ मा गठन गरेका थिए, जसको नाम थियो, कम्पानिड एयरोनोटिएस ।

वासिङ्टन डिसीमा रहेको इन्टरनेसनल स्पाई म्युजियममा कार्यरत इतिहासवेत्ता एन्ड्रु हमोन्ड भन्छन्, “त्यसअघि शत्रुको वस्तुस्थिति पत्ता लगाउने एक मात्र उपाय भनेको घोडसवारलाई पठाउनु थियो । गुब्बाराबाट सफा दिनमा लगभग ८० किलोमिटरसम्म देख्न सकिन्थ्यो । यसले उचाइबाट शत्रुमाथि निगरानी गर्न धेरै नै सहयोग पुग्यो ।”

गृहयुद्ध विस्तार भएपछि अमेरिकी आविष्कारक थेडियस लोवेले ‘नेसनल मल’मा एउटा गुब्बारा प्रदर्शन गरे, जसले राष्ट्रपति अब्राहम लिङ्कनलाई ‘युनियन आर्मी’का लागि जमिनमा बाँधिएका गुब्बारा प्रयोगमा ल्याउन उत्प्रेरित ग-यो । ‘युनियन आर्मी’को सबैभन्दा ठूलो गुब्बारा ‘इन्ट्रेपिड’मा पाँच जना बस्न सक्थे ।

चङ्गाद्वारा हवाई निगरानी तस्बिर

सन् १८८० को दशकमा बेलायती मौसम वैज्ञानिक डग्लस आर्चीबाल्ड पालले बनाइएको ठूलो चङ्गाद्वारा वायुको गति मापन परीक्षण गरे । उनले चङ्गामा एउटा क्यामेरासमेत जडान गरेका थिए । जसलाई उनले चङ्गाका डोरीमा बाँधिएको एउटा लामो तारद्वारा चलाउन सक्थे । आर्चीबाल्डले खिचेका हवाई तस्बिर प्रकाशित भएका केही आरम्भिक तस्बिर थिए तथा ती तस्बिरले अमेरिकी सेनाका ‘कार्पोरल’ विलियम एडीको ध्यान आकर्षित ग-यो ।

सन् १८८९ मा स्पेनी गृहयुद्धको रण मैदानमा हुँदा आर्चीबाल्डको जस्तै एडीले आफैँ एउटा क्यामेरायुक्त चङ्गा बनाएर तथा शत्रुको गतिविधि निगरानी गर्न त्यस चङ्गाको प्रयोग गरे । गृहयुद्धका बेला फोटोग्राफी प्रचलनमा आइसकेको भए पनि इतिहासमा सर्वप्रथम एडीले सैन्य निगरानीका लागि हवाई तस्बिर खिचेका हुन् ।

क्यामेरावाहक परेवा

पत्रवाहक परेवाले प्रथम विश्वयुद्धमा सञ्चार प्रेषणमा महìवपूर्ण भूमिका निर्वाह गरेका थिए । ती परेवाले असहाय भएका नाबिकको सहयोग सन्देश सम्बन्धित ठाउँमा पु¥याउने, ट्याङ्कका अधिकारीहरूलाई आदेश पु-याउने तथा गुप्तचरहरूलाई ‘कोड’ सन्देश लिएर जानेसम्मका काम गरेका थिए । परेवाका माध्यमबाट हवाई तस्बिरसमेत खिचिए ।


सन् १९०७ मा जर्मनीका ‘फर्मासिस्ट’ जुलियस न्युब्रोनरले परेवामा जडान गर्न मिल्ने क्यामेरा बनाएर त्यसको ‘पेटेन्ट’ लिए । उनले परेवाको पखेटामा जडान गरिने त्यस क्यामेराको प्रयोग अदभुत पोस्टकार्ड बनाउनमा गरेका थिए । प्रथम विश्वयुद्धमा जर्मनीको सेनाले हवाई फोटोग्राफरहरूसँग मिलेर अनेक प्रयोग गरे, जो जासुसी विमानभन्दा बढी होसियार मानिए ।

हमोन्ड भन्छन्, “वस्तुतः उनीहरूले परेवामा क्यामेरा जडान गर्दथे र फ्रान्सका भीरपाखामा तिनलाई पठाउँथे तर ती तस्बिर स्पष्ट हुँदैनथे ।”

अमेरिकाको गुप्तचर निकाय ‘सीआईए’ले समेत परेवामा जडान गर्न मिल्ने हल्का क्यामेराको परीक्षण गरेको थियो तर नजिकबाट लक्ष्यको तस्बिर लिनका लागि गरिएको ती प्रयास सफल भएनन् किनभने परेवाले क्यामेरा लिएर राम्रोसँग उडान गर्न सकेनन् ।

पहिलो निगरानी भूउपग्रह

अमेरिका र सोभियत सङ्घबीच अन्तरिक्षमा जुन खालको प्रतिस्पर्धा चल्यो त्यो पहिले चन्द्रमामा पुग्नुभन्दा पनि फरक उद्देश्यले प्रेरित थियो । दुवै देशका गुप्तचर संस्थाहरू अन्तरिक्षमा पहिलो जासुसी भूउपग्रह स्थापनाको प्रतिस्पर्धा पनि थिए ।

हमोन्डको भनाइअनुसार अचेल भूउपग्रहहरू व्यावसायिक छन् तर त्यतिबेला तिनको मुख्य उद्देश्य रक्षा र सैन्य मात्र थियो ।


सन् १९५० को दशकको अन्त्यतिर अमेरिकी वायु सेनाले भूउपग्रहका माध्यमबाट वैज्ञानिक जानकारी हासिल गर्नका लागि ‘डिस्कभर’ नामको कार्यक्रम थालनी ग¥यो । यथार्थमा यो जासुसी अभियान थियो, ‘प्रोजेक्ट कोरोना’ नामको । अनि अमेरिकी जासुसी भूउपग्रहले सोभियत सङ्घको पहिलो हवाई तस्बिर सन् १९६० मा पठायो ।

शीत युद्धकालको अन्त्यतिर सबैभन्दा खतरनाक बन्यो ‘हेक्सागन केएच–९’ । यो एक यस्तो अमेरिकी जासुसी भूउपग्रह थियो जसले एक सय ६० किलोमिटर माथिबाट समेत जमिनमा रहेको दुई फिटभन्दा पनि कम आकारको वस्तुको स्पष्ट तस्बिर खिच्न सक्थ्यो । अन्तरिक्षबाट डिजिटल तस्बिर पृथ्वीमा सम्प्रेषण गर्ने प्रविधि आउनु पहिले ‘केएच–९ ले’ हवाई प्रान्तको आकाशमा प्यारासुटका माध्यमबाट तस्बिरका ‘नेगेटिभ रिल’ खसाल्ने र आकाशमै अमेरिकी वायुसेनाका विमानले ती रिल सङ्कलन गर्दथे ।