आमाशयको क्यान्सर
बोलीचालीको भाषामा आमाशयलाई पेट भनिन्छ । अझ थप प्रस्टताका लागि आममानिसले पाठेघरलाई तल्लो पेट भनेर बुझ्ने हुनाले आमाशयलाई सायद माथिल्लो पेट भन्नु उपयुक्त होला ।
पाठेघर खस्ने समस्या
पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन् । कुनै पनि सङ्क्रमणले, बच्चाको
निजी जीवनमाथि प्राविधिक हस्तक्षेप
अचेल सहर–बजारतिर सीसीटीभी क्यामरा (निगरानी क्यामरा) जडान गर्ने चलन उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।
कामले बनाएको नाम
नेपालमा रहेका विभिन्न जातिमध्ये कुशवाडिया पनि एक हो, जसलाई आदिवासी जनजातिमा सूचीकृत गरिएको छ तर यो जातका बारेमा गहन आनुवंशिक अध्ययन भएको छैन । यिनका पुर्खा, प्राचीन बसोबास, सामाजिक तथा सांस्कृतिक मौलिकताबारे खास अध्ययन भएको देखिँदैन ।
डिकोलाई मन परेन पेले
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरले भनेका थिए, “ती मानिस जसले फुटबललाई माया गर्छन्, एडिसन अरान्तेस डो नासिमेन्टो, जसलाई पेलेका नामले बुझिन्छ, उनीहरूका आदर्श हुन् ।” ‘पेले’ शब्द सानो छ तर यो धेरै नै समृद्ध छ । एडिसन अरान्तेस डो नासिमेन्टोले यसलाई उत्कृष्टता जनाउने पर्यायवाची शब्द नै बनाइदिए । पेले शब्द कहाँबाट आयो भन्ने सन्दर्भमा अनेक कथा छन् तर कसैले पनि यसलाई सटिक वर्णन गर्न सकेका छैनन् ।
प्राचीन निर्वाचन प्रणाली
आधुनिक लोकतान्त्रिक नागरिकले निर्वाचनका दिन आफ्नो मताधिकार प्रयोग गर्न अनेक खालका विधि र प्रविधि प्रयोग गरेका छन् तर यसै सेरोफेरोमा प्रश्न उठ्छ, प्राचीनकालमा मानिसले निर्वाचनमा कसरी सहभागिता जनाउँदथे ? इतिहासवेत्ताहरूले श्रमिक वर्गको दाँजोमा धनाढ्य वर्गको बढी प्रभाव रहने विश्वको पहिलो लोकतान्त्रि
हिन्दु धर्मका सात आश्चर्य
हिन्दु वैदिक सनातन धर्म शास्त्रभित्र अनेकौँ आश्चर्यपूर्ण कथा छन् । जुन बुझ्न पनि कठिन छ र सत्य हुन् वा होइनन् भन्न पनि कठिन छ । ती आश्चर्य, अलौकिक, अनौठो र विश्वास नलाग्ने खालका पनि छन् । हुन त ईश्वरीय गुण, धर्म र व्यवस्था चामत्कारिक भएको पाइन्छ ।
दस हजार फिटबाट खस्दा पनि बाँचेकी जुलियान
पृथ्वीमा खसेपछिको बिहान जुलियान डिलरको आँखा खुल्यो पेरुको सघन वर्षा वनमा, उनीलाई त्यस अवस्थामा आफूमाथि नै विश्वास थिएन । अघिल्लो दिन अपराह्न अर्थात् सन् १९७१ मा क्रिसमसको पूर्वसन्ध्यामा १७ वर्षीया जुलियान र उनकी आमा युकाली नदीसँगै बसेको बन्दरगाह सहर पाकल्पा जान लिमाबाट उडान भर्ने विमानमा सवार भए । उनीहरूको गन्तव्य थियो अमेजनको मध्यमा रहेको जैविक अनुसन्धान केन्द्र प्याङ्गआना । जहाँ उनी कहिले आफ्नो आमा मारिया त कहिले बुवा हान्स विल्हम काओक्पीका साथमा तीन वर्ष बसेकी थिइन् । उनका बावुआमा दुवै प्राणीविज्ञान विज्ञ थिए ।
थारू जातिमा विवाह
नेपालमा विभिन्न जातजातिअनुसार आ–आफ्नै तरिकाले विवाह उत्सव मनाउने प्रचलन रहिआएको छ । त्यसमध्ये थारू समुदायमा हुने विवाह परम्पराको आफ्नै खालको विशेषता र महŒव रहिआएको छ ।
अयौनिक व्यक्तित्व
कुनै पनि लिङ्गको अर्काे व्यक्तिप्रति कुनै पनि उमेर वा अवस्थामा यौन आकर्षण महसुस नगर्ने व्यक्तिलाई अयौनिक भनिन्छ ।मानवीय यौनिकतालाई चार किसिममा बाँडेर अध्ययन गर्न सकिन्छ । १) विपरीत लिङ्गी– बहुसङ्ख्यक मानिस यस श्रेणीमा पर्दछन् । उनीहरू आफूभन्दा विपरीत लिङ्गीको स्वरूप वा हाउभाउबाट आकर्षित हुन्छन् र यौन सम्बन्ध राख्न रुचाउँछन् । जस्तै स्त्रीप्रति पुरुषको र पुरुषप्रति स्त्रीको यौन आकर्षण । २) समलिङ्गी– केही अल्पसङ्ख्यक मानि
प्रदर्शनीमा नेपोलियनको लिङ्ग
युरोपको सङ्गठित शक्तिका विरुद्ध शानदार सैन्य उपलब्धि प्राप्त गरेका कारण नेपोलियन बोनापार्ट इतिहासमा अमर छन् । उनले युरोपमा कानुन र प्रशासनिक व्यवस्था सुधारमा ठूलो योगदान गरेका थिए । नेपोलियनका अन्तिम वर्षहरू सम्झनलायक नै बने, उनले तिरस्कार र बन्धक जीवन व्यतित गर्नुप-यो तथा मृत्युमा समेत रहस्यको घेरा खिचियो । निर्वासनको अवस्थामै ५१ वर्षको उमेरमा नेपोलियनको निधन भएको थियो ।
सङ्गीत सञ्चारको दुनिया“
सङ्गीतलाई भाषाको पनि भाषा मान्ने गरिन्छ । सञ्चारकर्ममा भाषा असफल रहँदा पनि सङ्गीत सफल रहेको दृष्टान्त भेटिन्छ । कोरियाली गीत तथा नृत्य ‘ग्याम्नाम स्टाइल’ लाई दृष्टान्तको रूपमा लिन सकिन्छ । बहुसङ्ख्यक मानिस कोरियाली भाषासँग परिचित नभए पनि संसारभरका युवा यसमा झुमे । भाषिक पुल नहुँदा भावसञ्चार गर्ने अथाह तागत सङ्गीतमा रहन्छ भन्ने तथ्य ‘ग्याम्नाम स्टाइल’ ले स्थापित गरिदिएको छ ।
इरानमा महिला विद्रोह
इरानी महिलाले अनुदारवादी सरकारविरुद्ध विद्रोह गरेका छन् । लाखौँ महिला सडकमा ओर्लेर हिजाबविरुद्ध विद्रोह गरेका हुन् । हिजाब खारेजीको माग गर्दै महिला अधिकारका लागि भएको यस पटकको विद्रोह इरानको क्रान्तिपछिको ठूलो हो तर सरकार उदार देखिएन । महिलालाई अधिकार दिनुको सट्टा आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरी गोली र लाठी बर्साएको छ । इरान सरकारले गरेको दमनको सर्वत्र विरोध भएको छ ।
क्षुद्रग्रहमा ठोक्काइयो अन्तरिक्ष यान
अमेरिकी अन्तरिक्ष केन्द्रले प्रोब डाइमर्फस नामको विशेष खालको अन्तरिक्ष यानलाई क्षुद्रग्रहमा योजनाबद्ध किसिमले ठोक्काएर पृथ्वीमा हुन सक्ने सम्भावित दुर्घटना टार्ने परीक्षण सफल भएको बताएको छ । सो क्रममा उक्त अन्तरिक्ष यान नष्ट भयो भने क्षुद्रग्रहले मार्ग परिवर्तन ग-यो ।
अटोइम्युन इन्सेलाइटिस
मानव मस्तिष्कसम्बन्धी एक रोग हो अटोइम्युन इन्सेफ्लाइटिस (Autoimmune Encephalitis) । यो रोगको नाम दुई शब्दबाट बनेको छ, अटोइम्युन (Autoimmune) र इन्सेफ्लाइटिस -(Encephalitis)। अटोइम्युन एक मेडि
छालाको क्यान्सर
मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो छाला । छालाले शरीरको तापक्रम सन्तुलनमा राख्न, पानी, भिटामिन डी एवं चिल्लो पदार्थको भण्डारण गर्न सघाउँछ । यसका साथै छालाले ताप, सूर्यको प्रकाश, चोट एवं सङ्क्रमणबाट समेत बचाउँछ । छालाको क्यान्सर खासमा छालाको तन्तु अर्थात् कोषहरूको समूहमा सुरु हुन्छ । मानव शरीरको सबै अङ्गमा छालाको क्यान्सर हुनसक्ने भए पनि सूर्यको प्रकाशबाट सजिलै असर गर्न सक्ने भागहरू अनुहार, घाँटी, हात, पाखुरा र खुट्टामा छालाको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
चम्कियो एसिया
पहिलो पटक खाडी क्षेत्रमा आयोजना भएको २२औँ विश्वकप फुटबल अविस्मरणीय बन्न पुगेको छ । प्रायः विश्वकप फुटबल जुन जुलाई (असार–साउन)मा आयोजना हुने गरेकामा यसपालि नोभेम्बर–डिसेम्बरमा आयोजना गरेर निकै गर्मी हुने क्षेत्रमा पनि विश्वकप आयोजना गर्न सकिने उदाहरण कतारले प्रस्तुत गरेको छ ।
२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक
लियोनेल मेसी चम्किएपछि अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। मेसी र अर्जेन्टिनाको प्रभावका कारण लुसैले रङ्गशालामा सो खेल हेर्न ८८ हजार ९६६ दर्शकको उपस्थिति रहेको थियो। सन् १९९४ मा अमेरिकामा ब्राजिल र इटालबीचको विश्वकपको फाइनल हेर्न क्यालिफोर्नियाका रोज बल रङ्गशालामा ९१ हजार १९४ दर्शकको उपस्थिति रहेको थियो। सो खेलपछि अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न रङ्गशालामा सर्वाधिक दर्शक उपस्थित थिए। यद्यपि यो दर्शक सङ्ख्या विश्वकपको सर्वाधिक धेरै दर्शकको शीर्ष ३० मा पनि छैन। सन् १९५० मा उरुग्वेले ब्राजिललाई हराएर पहिलो विश्वकप जित्दा ब्राजिलको रियो दी जेनेरियोमा अवस्थित माराकाना रङ्गशालामा एक लाख ७३ हजार ८५० दर्शकको उपस्थिति थियो। यो नै अहिलेसम्मको सबभन्दा धेरै दर्शकको कीर्तिमान हो।
पेनाल्टीमा धेरै गोल
सोचीमा विवादास्पद हिउँदे ओलम्पिक सम्पन्न गरेको चार वर्षपछि रुसले विश्वकप आयोजना ग-यो। सन् २००९ मै यस विश्वकपका लागि आयोजकको चयन प्रक्रिया अगाडि बढाइएको थियो। सुरुमा नौ राष्ट्रले यसमा चाहना राखे तर मेक्सिकोले पछि आफ्नो प्रस्ताव फिर्ता लियो। सन् २०१० मा इन्डोनेसियाको प्रस्ताव फिफाले खारेज गरिदियो। यसपछि अस्ट्रेलिया, जापान र अमेरिकाले क्रमगत आ–आफ्नो प्रस्ताव फिर्ता लिए। अन्त्यमा रुस, इङ्ग्ल्यान्ड, हल्यान्ड–बेल्जियम र पोर्चुगल–स्पेनको प्रस्ताव मात्र प्रतिस्पर्धामा रह्यो। त्यसपछि सन् २०१० मा मतदानबाट रुसले आयोजना अधिकार प्राप्त गरेको थियो।
पानीजहाजमै अभ्यास
सन् १९०४ मा स्थापना हुँदा नै फिफाले विश्वकप आयोजना गर्ने अधिकार ग्रहण गरिसकेको थियो तर उसलाई पहिलो विश्वकप आयोजना गर्न २६ वर्ष लाग्यो। आर्थिक मन्दी, विश्वस्तरको व्यावसायिक फुटबलमा चासोको कमी तथा दक्षिण अमेरिका पुग्न लामो समुद्री यात्राको झन्झटका कारण युरोपका धेरै राष्ट्रले पहिलो विश्वकपमा सहभागिता जनाएनन्। फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई छनोट प्रतियोगिताबिना नै विश्वकप सहभागी हुन निम्ता ग¥यो तर १३ राष्ट्रले मात्र आफ्नो टिम उरुग्वे पठाउने भए, जसमा सात टिम त अमेरिकी क्षेत्रकै थिए।
जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो
विश्वका बहुसङ्ख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्ष खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास दुई हजार वर्षभन्दा लामो देखिन्छ। ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका ९ःभकयबmभचष्अब०मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एज्टेक (ब्शतभअक)ले त्यस प्रकारको खेललाई चिटाली (त्अजबतबष्)ि भन्ने गरेका थिए। ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवान्को प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवान्को नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त शत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि यस प्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।
फिफा ट्रफीका डिजाइनर
विश्वकपको इतिहासमा इटालीको मिलानका प्रसिद्व मूर्तिकार सिल्भियो ग्याजानिगालाई ‘म्यास्ट्रो’ अर्थात् ‘महान् गुरु’ भनेर सम्झिने गरिन्छ। उनी सन् १९२१ जनवरी २३ मा इटालीको मिलान सहरमा जन्मिएका थिए। ‘मोनालिजा’ बनाउने महान् कलाकार लिओनार्दो दा भिन्सी पनि मिलानमै जन्मिएका हुन्। मूर्तिकार ग्याजानिगाले स्टाविलिमेन्टो आर्टिसटिको वर्तोनी कम्पनीमा काम गर्दा ‘फिफा कप ट्रफी’ डिजाइन गर्ने अर्डर पाएका थिए। ब्राजिलले सन् १९५८, १९६२ र १९७० तीन पटक जुलेस रिमेट विश्वकप जितेपछि कहिले पनि नफर्काउने गरी ट्रफी लग्यो र फिफाले नवट्रफी निर्माण गर्नु आवश्यक भयो।
दर्शक बनेको इटाली
यस पटक पनि केही यस्ता टिम छन् जसमा क्षमता, समर्थक, विश्वस्तरीय खेलाडी सबैथोक हुँदाहुँदै पनि मन कुँड्याउन बाध्य छन्। विश्वकप खेल्ने अपेक्षा गरिएका तर छनोट हुन नसकेका टिम यस प्रकार छन् :
कतार विश्वकपका रङ्गशाला
कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ हेरेको कतारले रङ्गशाला निर्माणमा कुनै कमी बाँकी राखेको छैन। सबै रङ्गशाला वातानुकूलित छन्।