• १६ चैत २०८०, शुक्रबार

एक्काइसौ“ विश्वकप–२०१८

पेनाल्टीमा धेरै गोल

blog

सोचीमा विवादास्पद हिउँदे ओलम्पिक सम्पन्न गरेको चार वर्षपछि रुसले विश्वकप आयोजना ग-यो। सन् २००९ मै यस विश्वकपका लागि आयोजकको चयन प्रक्रिया अगाडि बढाइएको थियो। सुरुमा नौ राष्ट्रले यसमा चाहना राखे तर मेक्सिकोले पछि आफ्नो प्रस्ताव फिर्ता लियो। सन् २०१० मा इन्डोनेसियाको प्रस्ताव फिफाले खारेज गरिदियो। यसपछि अस्ट्रेलिया, जापान र अमेरिकाले क्रमगत आ–आफ्नो प्रस्ताव फिर्ता लिए। अन्त्यमा रुस, इङ्ग्ल्यान्ड, हल्यान्ड–बेल्जियम र पोर्चुगल–स्पेनको प्रस्ताव मात्र प्रतिस्पर्धामा रह्यो। त्यसपछि सन् २०१० मा मतदानबाट रुसले आयोजना अधिकार प्राप्त गरेको थियो। 

यस विश्वकपमा फिफाले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि प्रयोगमा ल्यायो। पहिलो पटक विश्वकप रेफ्रीको निर्णय भीएआरका आधारमा उल्ट्याउन सकिने भयो। फ्रान्स र अस्ट्रेलियाबीचको खेलमा पहिलो पटक भीएआर प्रयोग गरियो र यसका आधारमा फ्रान्सले पेनाल्टी प्रहारको अवसर पाएको थियो। 

विश्वकप पहिलो पटक रुसमा हुँदै थियो। विश्वकपमा रुसको उत्कृष्ट प्रदर्शन भनेको सन् १९६६ मा चौथो स्थान हासिल गर्नु थियो तर उसले यस विश्वकपमा सुरुवात शानदार ग¥यो। साउदी अरबमाथि ५–० ले जित हासिल गरेको रुसले इजिप्टलाई पनि हरायो। 

लुइस सुवारेज र एडिसन काभेनीको उरुग्वेद्वारा पराजित भएपनि रुस नकआउट चरणमा पुग्न सफल भएको थियो। यस चरणमा उसले डेनमार्कलाई पेनाल्टी गोलबाट हराएर क्वाटरफाइनलमा प्रवेश ग-यो। जहाँ उसले टाइब्रेकरमा स्पेनद्वारा पराजित हुनुप-यो। 

यो विश्वकप सुरु हुनु पहिलेसम्म आठ देशले मात्र विश्वकप ट्रफी उचालेका थिए र जब सेमिफाइनल समीकरण बन्यो बेल्जियम र क्रोसिया तीमध्येका थिएनन्। अर्थात् विश्वकपको नयाँ विजेता आउने सम्भावना देखियो। तर फाइनल खेलमा फ्रान्सले क्रोसियालाई ४–२ ले हराउनाले विश्वकपको विजेता क्लबमा नयाँ टिम थपिएन।