गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास आदि बुझिन्छ । गेडागुडीमा धेरै मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यिनलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । जो व्यक्ति माछामासु खाँदैन, शाहाकारी जीवनशैली अपनाउँछ उनका लागि गेडागुडीको सम्मिश्रण क्वाँटी अति उपयोगी हुन्छ । प्रत्येक साता दुई–तीन पटक क्वाँटी खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ । क्वाटी जीवन्त खाना हो, जुन पचाउन पनि सजिलो हुन्छ । दाल, गेडागुडी खाएमा पेटमा वायु उत्पन्न हुन सक्ने सम्भावना हुन्छ तर क्वाँटी बनाएर खाएपछि पेटमा वायु बन्ने सम्भावना ज्यादै न्यून हुन्छ ।
क्वाँटीलाई पकाएर पनि खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसलाई उपभोग गर्न मिल्छ । क्वाँटीलाई पिसेर पिठोमा मिलाई बालबालिकाका लागि खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त पूर्ति हुन्छ ।
टुसा उमारेका गेडागुडी स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । टुसा उमारेका गेडागुडीमा प्रशस्त मात्रामा प्रोटिन, सूक्ष्म पोषक तìव, क्याल्सियम, भिटामिन २० गुणा बढ्ने अनुसन्धानबाट खुलेको छ । गेडागुडी टुसाउँदा त्यसमा प्रोटिन र फाइबरको मात्रा बढेर जान्छ ।
गेडागुडीमा मासुमा भन्दा बढी प्रोटिन हुन्छ तर गेडागुडीमा हुने सबै प्रोटिन शरीरले सोस्न सक्दैन । टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले धेरै मात्रामा प्रोटिन अवशोषित गर्दछ । नभिजाएको गेडागुडी उपभोग गर्दा फलाम तìव, जिङ्क, म्याग्नेसियम, क्याल्सियमलगायतका तìव शरीरले सोस्न सक्दैन ।
टुसा उमारेका गेडागुडी खानुका फाइदा :
क्वाँटी शक्तिवर्धक एवं पौष्टिक आहार हो । यसबाट शरीरलाई आवश्यक ऊर्जा प्राप्त हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ र कब्जियतको
समस्या हट्छ । टुसा उम्रिएका गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ किनकि पाचन प्रक्रिया बलियो बनाउने फाइबर गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छ ।
टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिनुपर्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।
सुत्केरी अवस्थामा क्वाँटी खानाले आमा र बच्चा दुवैलाई फाइदा पुग्छ । यसको रस खाँदा पर्याप्त मात्रामा क्याल्सियम, प्रोटिनप्राप्त हुन्छ । टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।
शरीरको तैल कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नूस् । किनकि यस्तो खानामा क्यालोरीको मात्रा कम हुन्छ ।
कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तङ्ग्रिन लागेका बेला पनि क्वाँटीको रसले धेरै फाइदा पु-याउँछ ।
टुसा उम्रिएको गेडागुडीमा एन्टिअक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छ ।