• २ असार २०८१, आइतबार

विद्युतीय कारोबारको युग

blog

विद्युतीय कारोबारलाई डिजिटल कारोबार, डिजिटल भुक्तानी, विद्युतीय भुक्तानीजस्ता शब्दले पनि पुकारिन्छ । यसको अर्थ कारोबारको भुक्तानी गर्दा भौतिक नोट वा पैसाको प्रयोग नगरी विद्युतीय माध्यमबाट भुक्तानी गर्नु भन्ने हो । 

अहिले विश्व डिजिटल बन्दै गएको छ । यसै क्रममा भौतिक मुद्रा पनि क्रमशः लोप हुँदै कारोबारको भुक्तानीमा विद्युतीय माध्यम प्रयोग हुन थालेका छन् । विकसित देशमा त कागजी वा अन्य भौतिक मुद्राको कारोबार अति न्यून भइसकेको छ । हामी विदेश घुम्न जाने भयौँ भने सबैभन्दा पहिले सो देशमा भुक्तानीका लागि कार्ड बनाउने वा विद्युतीय माध्यमको प्रयोग गर्न तयारी गर्नुपर्ने हुन्छ । कतिपय युरोपीय देशमा विद्युतीय भुक्तानी गर्न नसक्दा पानीसमेत किनेर खान नपाएका अनुभव सुन्न पाइन्छ । यसको अर्थ सो देशमा कागजी मुद्राको कारोबार लगभग बन्द भएको भन्ने हो । 

यस प्रकार कारोबारका लागि वस्तु विनिमय प्रणालीदेखि सुरु भएको प्रचलन ढुङ्गा, पात, छाला, धातु मुद्रा, कागजी मुद्रा, कार्ड हुँदै डिजिटल माध्यमसम्म आइपुगेको छ ।

नेपालमा पनि विद्युतीय भुक्तानीका लागि बलियो पूर्वाधार बन्दै तथा प्रयोगसमेत बढ्दै गएको छ । डिजिटल कारोबारका लागि भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरूले नोटको कारोबार घटाएर डिजिटल कारोबार प्रवद्र्धनका लागि पूर्वाधार तयार गरिरहेका छन् । डिजिटल कारोबार समय, स्रोत–साधनको मितव्ययिता एवं पारदर्शिताका लागि अति आवश्यक पूर्वाधार हो भने राष्ट्रको नोट व्यवस्थापनमा हुने खर्च न्यूनीकरणको महìवपूर्ण अस्त्र पनि । 

बैङ्किङ क्षेत्रमा सूचना प्रविधिको विकाससँगै भुक्तानीका नयाँ नयाँ विधि आइरहेका छन् । 

डिजिटल वित्तीय कारोबारका फाइदा

नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको चालु आर्थिक वर्ष २०७९/८० मौद्रिक नीतिमा विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७९÷८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षका रूपमा मनाउने उल्लेख भएको छ ।

विद्युतीय भुक्तानीले राष्ट्रका धेरै तहमा फाइदा हुने भएकाले यसको प्रवद्र्धन गरिएको हो । व्यक्तिको तहमा समयको बचत हुने, शीघ्र भुक्तानी हुने, घरमा नगद राख्न नपर्ने, लुटपाटको सम्भावना नहुने, स्वतः अभिलेख हुने भएकाले पारदर्शिता बढ्ने, बैङ्क मौज्दातमा ब्याज आइरहने, भौतिक पैसाको कारोबार कम हुने, पैसाबाट सर्ने रोग नसर्ने, पैसा हराउने र चोरिने सम्भावना नहुने भएकाले सुरक्षित हुने, कारोबारको सूचना तत्काल मिल्ने जस्ता फाइदा हुन्छ । 

यसैगरी व्यवसायीको तहमा रकम जम्मा गर्न बैङ्क जानु नपर्ने, खुद्रा र सिक्का खोज्ने समय बचत हुने, व्यापार वृद्धि हुने, बैङ्क कारोबारमा वृद्धि हुँदा कर्जा लिन सहज हुने, घरभाडा, बिजुली, पानीको बिलको भुक्तानी सिधै आफ्नै खाताबाट गर्न सकिने, राजस्व भुक्तानी घरबाटै गर्न सकिने, कर्मचारीको पारिश्रमिक सिधै खातामा पठाउन सकिने, कारोबारको सूचना तत्काल आउने, खर्चमा न्यूनीकरण हुनेलगायतका फाइदा हुन्छ । 

राज्यको तहमा विद्युतीय कारोबारबाट कारोबार भुक्तानीमा पारदर्शिता हुने, यसमार्फत आर्थिक तथा वित्तीय अनुशासन तथा सदाचार बढ्ने, नोट छपाइ खर्चका लागि विदेशिने अर्बौं रुपियाँ बचत हुने, नोट ओसारपसार तथा मुद्रा व्यवस्थापनमा हुने खर्च उल्लेखनीय रूपमा घट्न जाने, नगद सम्पत्तिको चोरी डकैतीमा कमी आई राज्यको सुरक्षा खर्चमा बचत हुने, सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधि नियन्त्रण सहज हुने, अर्थतन्त्रको औपचारिकीकरण हुने लगायतका लाभसमेत मिल्छ । 

बैङ्क तथा वित्तीय संस्थालाई सञ्चालन तथा कर्मचारी खर्चमा बचत हुने, नोट व्यवस्थापनमा हुने खर्च बचत हुने, बिमासम्बन्धी खर्चमा न्यूनीकरण हुने सुरक्षा व्यवस्थापनमा हुने खर्च बचत हुनेलगायतका फाइदा हुन्छ । 

डिजिटल कारोबारमा सावधानी

व्यक्ति वा संस्थाले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा जान्नुपर्ने, ध्यान दिनुपर्ने  आधारभूत ज्ञान, सीप, व्यवहार तथा सोबाट उत्पन्न हुन सक्ने जोखिमप्रतिको सजगता, सुरक्षालगायतका केही विषयमा ज्ञान हुनु आवश्यक छ । 

विद्युतीय कारोबार गर्दा सूचना प्रविधिको प्रयोग हुने भएकाले यसको प्रयोग गर्दा सुरक्षा जोखिमलाई विशेष ध्यान दिनु आवश्यक छ । जसमा मुख्य कुरा विद्युतीय कारोबार गर्दा प्रयोग हुने एभचकयलब िक्ष्म्, एबककधयचम, एष्लअयमभ कसैलाई पनि दिनु हुँदैन । आफ्नो खाता रहेको बैङ्क वा वित्तीय संस्थाबाट विद्युतीय कारोबारसम्बन्धी जानकारी लिने र डिजिटल कारोबारमा विद्युतीय माध्यमबाट हुन सक्ने ठगीबारे सजग बनेमा डिजिटल कारोबार सुरक्षित हुन्छ ।  

नेपालमा उपलब्ध विद्युतीय भुक्तानी सेवा

नेपाल राष्ट्र बैङ्कमा यस प्रकारको भुक्तानी कारोबारलाई व्यवस्थित गर्न छुट्टै भुक्तानी प्रणाली विभाग गठन गरिएको छ । यस विभागले डिजिटल भुक्तानीका लागि नियम, निर्देशन बनाई जारी गर्ने तथा कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी वहन गर्दछ । उक्त विभागबाट प्रकाशित विवरणअनुसार अन्तरबैङ्क कारोबार (बैङ्क बैङ्कबीच हुने कारोबार), अन्तर्राष्ट्रिय कारोबारका लागि स्विफ्ट, आईपीएस, कनेक्ट आईपीएस, मोबाइल बैङ्किङ, वालेट भुक्तानी, इन्टरनेट बैङ्किङ, शाखारहित बैङ्किङ, पीओएस ट्रान्जेक्सन, क्यूआर भुक्तानीलगायतका १५ प्रकारका विद्युतीय भुक्तानी प्रणाली सञ्चालनमा रहेका छन् । 

निष्कर्ष

अहिले डिजिटल कारोबार नभए विश्व नै ठप्प हुने अवस्था आएको छ । विश्वको भुक्तानी एक ठाउँबाट गर्न सकिन्छ । यसैले यसको प्रयोगबाट भाग्न पनि सकिन्न र प्रयोगको क्रममा सुरक्षित पनि हुनुपर्ने हुन्छ । यस्तो कारोबारका लागि तुलनात्मक रूपमा महँगो फोनसेट वा ल्यापटप आवश्यक पर्दछ । यसैगरी नेपालभर इन्टरनेट सुविधा पनि पुगिनसकेको, फोनसेट खरिदको क्षमता नभएको, प्र्रयोगको ज्ञान तथा सीपको अभावका कारण नेपालमा कागजी मुद्रा र डिजिटल दुवै किसिमको प्रयोग केही दसकसम्म समानान्तर रूपमा चल्ने देखिन्छ ।