• ६ वैशाख २०८१, बिहिबार

दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन !

blog

तपाईं दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन बन्नुहुन्छ । किनभने जुनबेला तपाईंले आँखा घुमाउनु हुन्छ तपाईंको दिमागले जानाजान दृष्टि बन्द गरिदिन्छ । यसै कारण तपाईंले ऐना हेर्दा आफ्नो आँखाको गति देख्न सक्नुहुन्न । यसलाई चिकित्सा विज्ञानले ‘स्याकाडिच मास्किङ’ भन्ने गरेको छ । यदि यसो नहुँदो हो त तपाईंको जीवन हातले क्यामेरा समातेर खिचिएको निरन्तर चलिरहने एक चलचित्र जस्तो हुने थियो, जसमा हल्लिरहेका दृश्य मात्र हुने थिए ।