तीन आमाबाबुका सन्तान
सन्तान उत्पादन गर्नु सबै जीवको प्रमुख प्राकृतिक कार्य हो, जसलाई प्रजनन क्रिया भनिन्छ । जीवहरूमा दुई प्रकारका प्रजनन क्रिया पाइन्छ, भालेको शुक्राणु र पोथीको डिम्ब निषेचनपश्चात् बन्ने जाइगोटको वृद्धिबाट हुने मैथुनिक प्रजनन क्रिया र दुई प्रकारको कोषहरूको संयोजनबिना नै हुने अमैथुनिक प्रजनन क्रिया । मैथुनिक प्रजनन क्रियाका लागि दुई विपरीत लिङ्गको आवश्यक पर्छ भने अमैथुनिक प्रजनन क्रिया एक प्रकारको लिङ्गबाट नै सम्भव हुन्छ । साधारण निम्न जातिका जीव अमैथुनिक प्रजनन
जङ्गली च्याउबाट हुने मानवीय क्षति रोक्ने सूत्र
सबै च्याउ खानयोग्य हुँदैनन् । सञ्चार माध्यममा विषालु च्याउबाट मानिस बिरामी परेका र मृत्यु नै भएका समाचारले प्राथमिकताका साथ स्थान पाइरहेका छन् । पछिल्लो समयमा पाल्पा, मकवानपुर, रुकुम, दाङलगायत पहाडी जिल्लामा जङ्गली च्याउ सेवनबाट मानिस बिरामी मात्र होइन कि मृत्युसमेत भएका समाचार आइरहेका छन् । यसर्थ च्याउसम्बन्धी सचेतना फैलाउनु अपरिहार्य देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा राणा शासनको योगदान
१९०३ को कोत पर्वपछि नेपालमा राणाहरूको औपचारिक रूपमा सुरु भएको राणा शासनका बारेमा केवल खराब, नकारात्मक र क्रूर तथा तानासाही शासक भनेर पढाइयो । राणा र शाहहरूको आपसी टकरावले पनि पाठ्यक्रममा राणा शासनका पालाका नकारात्मक कार्य र परिणामहरू मात्र उल्लेख गरेको हुन सक्छ । शाहवंशीय राजपरिवारसँग पा
स्वराज्य, द्वैतवाद र नयाँ दर्शन
के दर्शनको बहस र चिन्तन पुरानै परिवेशभित्र मात्रै गरिने विषय हुन् भनेर विचार गर्दा नयाँ परिवेश र विषय पनि बहस र चिन्तनका लागि अपरिहार्य बन्ने गर्छन् तर हामी नवीन परम्परा प्रारम्भ गर्ने मानसिकतामा नहुनु चिन्ताको विषय हो । शासकीय दर्शनका रूपमा स्वराज्य, तìव चिन्तनका रूपमा द्वैतवाद तथा नयाँ परिवेशका रूपमा शान्ति दर्शन आज बहस र चिन्तनको आधारभूमि बन्न सक्दछन् ।
जनभावनाको कदर
जनताको चाहनाविपरीत अगाडि बढेका राजनीतिक पार्टी जनताबाट पराजित हुनु पर्छ भन्ने कुरा सधैँ स्मरण गरेर देश र जनताको पक्षमा समर्पित भई काम गर्नु दल तथा नेतृत्वको प्रमुख दायित्व हो । सामान्यतया विकासोन्मुख मुलुकमा जनताले पार्टी तथा नेतृत्वलाई गरिब, श्रमिक तथा पछाडिएका वर्ग तथा क्षेत्रको पक्षमा स्पष्ट कार्यदिशासहित इमानदार भएर काम गरोस् भन्ने अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले जनतामा पार्टी तथा नेतृत्वले राम्रो छाप पारेर काम गर्न जनताको अपमान हुने कुनै पनि गतिविधि कहिल्यै हुन दिनु हुँदैन, जनताको भावना अनुकूल समाज परिवर्तनका लागि ऐक्यबद्धता जनाएर जनतालाई साथमा लिई निरन्तर काम गर्नु पर्छ ।
कांग्रेसको आगामी यात्रा
नेपालको सबैभन्दा लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले चुनौतीको चाङमा उभिएको छ । गत सालको स्थानीय चुनावबाट नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्नुका साथै मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा चुनावबाट नेपाली जनताले प्रतिनिधि सभामा पनि सबैभन्दा ठुलो पार्टी बनाएर पठायो । प्रदेशमा कुनै ठाउँमा ठुलो पार्टी र कुनै प्रदेशमा दोस्रो स्थानका लागि निर्णायक मत पाएको छ । अहिले कांग्रेस सङ्घीय सरकारदेखि प्रदेश सरकारमा प्रमुख सत्ता
मातृभाषा संरक्षणमा पुस्तकालय
मानिस–मानिसबिच भावना र विचार आदानप्रदान गर्न भाषाको आवश्यकता पर्दछ । बच्चाको कलिलो मस्तिष्कमा परिवार र समाजको सङ्गतले भाषा भरिँदै जान्छ । मानिसले सिक्ने सबैभन्दा पहिलो भाषा नै मातृभाषा हो, यो आमाको काखबाट नै सिकिन्छ । यसले राष्ट्रिय संस्कृतिको संरक्षण गर्दै राष्ट्रप्रेमको भावनामार्फत मानिसलाई राष्ट्रियतासँग जोड्छ । नेपाल बहुभाषिक मुलुक हो, भाषिक विविधता नै यहाँको विशिष्ट पहिचान भएकाले राष्ट्रियताको संरक्षण, संवर्धन र विकासको पक्षमा वकालत गर्नु अपरिहार्य हुन्छ ।
भ्रष्टाचार नियन्त्रणमा अख्तियार
सामान्य रूपमा भ्रष्टाचार भनेको कुनै पनि कार्य सम्पन्नताका लागि गलत नियतका साथ अवैध तरिकाबाट सेवाग्राही र सेवाप्रदायकबिच हुने नगद लेनदेनको कारोबारलाई बुझिन्छ । भ्रष्टाचार ‘भ्रष्ट’ र ‘आचार’ शब्दको मिश्रण हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण हुन्छ । अर्थात् भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । भ्रष्टाचारलाई यस वाक्यले मात्रै पुष्टि गर्न सक्दैन ।
दिगो विकासमा तथ्याङ्क प्रणाली
यही वर्षको सेप्टेम्बर १८ देखि १९ सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । नेपालका तर्फबाट प्रधानमन्त्रीले सहभागिता जनाउँदै हुनुहुन्छ । सम्मेलनमा दिगो विकास लक्ष्यका कार्यान्वयनको वर्तमान अवस्था र भावी कार्य दिशाका बारेमा छलफल हुने कार्यसूची तय छ । नेपाल विकासको यात्रामा लम्किरहेको छ । समय क्रममा उत्पन्न हुने विभिन्न बाधा अड्चन र अवरोध पन्छ्याउँदै अगाडि बढिरहेको छ । सामाजिक तथा आर्थिक क्षेत्रमा अपेक्षित सुधार नभए पनि क्रमशः सुधार
सार्वजनिक सेवा आयोगको खाँचो
नेपालमा सार्वजनिक सेवा क्षेत्रको महत्व व्यापक छ । राज्यले सार्वजनिक सेवा क्षेत्रलाई २०४७ सालदेखि प्राथमिकतामा राखेर विभिन्न योजना तथा प्रतिष्ठान विस्तार गरे पनि वास्तविक महत्वले अझैसम्म पूर्णता पाएको अनुभूति हुन सकेको छैन । विभिन्न योजना तथा आयोजनालाई विशेष महìवले नहेर्दासम्म समस्याको समाधान हुने अवस्था रहँदैन । यसको पछाडि समग्रमा कार्यरत कर्मचारीको भूमिका, कार्यरत अवस्था, प्रतिष्ठानले प्रवाह गरेको सेवा र सुविधालगायत विषयबाट मापन ग
विद्यालय शिक्षा सुधारका चुनौती
विद्यालय तहको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने विषय लामो समयदेखि चर्चामा छ । देशको अस्थिर राजनीति, छिटोछिटो भइरहने सरकारको फेरबदल, विभिन्न स्वार्थ समूहबिचको टक्कर आदि कारणले कुनै पनि सरकारले दृढताका साथ प्रचलित शिक्षा प्रणालीमा ठोस परिवर्तन गर्न सकेको छैन । शिक्षा प्रणाली परिवर्तन गर्न प्रचलित नीति तथा कानुनमा संशोधन गर्नुपर्ने हुन्छ; जसका लागि राजनीतिक दलहरूबिच सहमति आवश्यक हुन्छ । अर्कोतर्फ शिक्षा प्रणाली सञ्चालन गर्न मुख्य भूमिका
जनैपूर्णिमा, क्वाँटी र रक्षाबन्धन
श्रावण शुक्लपक्ष पूर्णिमामा पर्ने यस वर्षको संस्कृत दिवस एवं जनैपूर्णिमा पर्व हाम्रो घर आँगनमा आइसकेको छ । तागाधारीले यस दिन विशेष मन्त्रण गरिएको जनै लगाउने गर्छन् । जनै धारण गर्ने मन्त्र – ‘यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः’ हो । चान्द्रमान अनुसार श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीका लागि यो वर्षभरिको महान् पर्व हो ।
लेखा परीक्षणको अन्तरसम्बन्ध
आर्थिक कारोबार (सार्वजनिक आय, सार्वजनिक खर्च, लगानी तथा ऋण, अन्य सरकारी कोष) र सोसँग सम्बन्धित अधिकार एवं स्रोतसाधनको प्रयोगमा विश्वसनीयता, जवाफदेहिता र अनुशासनको लेखाजोखा गर्न लेखा परीक्षणको विकास भएको हो । राज्य व्यवस्थाका सुरुदेखि नै आम्दानी खर्चको हरहिसाब राख्ने र त्यसको जाँच गर्ने काम हुन थाल्यो । मौर्य शासनकालमा आर्थिक कारोबारमा छलकपट नियन्त्रणका लागि आन्तरिक लेखा परीक्षणको विकास भएको कौटिल्यले उल्लेख गरेका छन् । कौटिल्यले लेखा राख्ने विधि र कारोबारका तथ्याङ्क विश्लेषण प्रक्रिया विकास गर्नुभएको थियो । उहाँका अनुसार शासकले पदाधिका
अपरिहार्य सङ्घीयता
राज्य सञ्चालनको शक्तिका स्रोत जनता हुन् । जनप्रतिनिधिमूलक संस्थाले जनताबाट प्राप्त यस्तो शक्तिको प्रयोग गरी शासन सञ्चालन गर्ने गर्दछन् । निर्वाचनको माध्यमबाट जनप्रतिनिधिको चयन भई जनप्रतिनिधिमूलक संस्थाको गठन हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा शासन नागरिकको सहभागितामा नागरिकको चाहना र मागबमोजिम जनमुखी तवरले सञ्चालन हुनु पर्दछ । यसका लागि केन्द्रमा रहेको राज्यशक्ति तथा अधिकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारबिच बाँडफाँट गरी शासनको अभ्यास गर्न आवश्यक हुन्छ ।
उच्चस्तरीय संयन्त्रको विश्वास
सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप अघि बढिरहेको देखिन्छ। यसले चौतर्फी सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। सरकारको राम्रो कामप्रति धेरैले प्रशंसा गरिरहेका छन्। उनीहरूमा विगतमा जस्तै फाइल खोलिने अनि त्यसै सेलाउने हो कि भन्ने आशङ्का भने टड्कारो रूपमा उब्जिरहेको छ। ठुला साना; जो कोही भए पनि समान रूपमा फाइल अघि बढाउनु पर्छ भन्ने आमधारणा छ। यही पृष्ठभूमिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको सुन राजस्व अनुसन्धान विभागले
प्रशासनिक सङ्घीयता कार्यान्वयन
राज्यशक्तिको प्रयोग बहु तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राजनीतिक सङ्घीय प्रणाली हो। विविधतालाई सम्बोधन गर्न, सेवा प्रवाहलाई पूर्ण रूपमा विकेन्द्रित गरी नागरिकको घरदैलोमा पु-याउनतिर राज्य सञ्चालन प्रक्रियामा आधिकाधिक नागरिक सहभागिता प्रवर्धन गरी अपनत्व कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्न सङ्घीय प्रणाली अवलम्बन गर्ने गरिन्छ। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार हुने र नेपालको राज्यशक्तिको प्रयोग
सङ्गठित अपराधमा नयाँ नजिर
तीस वर्षदेखि इटालीको सर्वाधिक खोजीको सूचीमा रहेको कसुरदार माटिओ मेसिना देनारोलाई सिसलीको पलेर्मो सहरको एउटा निजी क्लिनिकको बाहिरबाट पक्राउ गर्न प्रहरीले गत वर्ष सफलता पाएको थियो। देनारो माफियाको सबैभन्दा निर्दयी पुस्ताको अन्तिम ‘गडफादर’ थियो। प्रहरी कौशलको उच्च मूल्याङ्कन गर्न इटालीका प्रधानमन्त्री सिधै पलेर्मो गएर फरारी पक्राउ गर्ने राष्ट्रसेवक प्रहरीहरूका सामु शिर झुकाएर हात मिलाउनुभएको थियो। देनारोको गिरफ्तारीले इटालीवासीलाई स्तम्भित पा-यो। गिरफ्तार गरेको देख्नेहरूले हावामा हात उठाएर ताली बजाए र प्रहरीलाई अङ्कमाल गरे, चुमे। राजनीतिका सबै तह र तप्काबाट प्रशंसा ओइरियो।
प्रस्तावित शिक्षा विधेयक समस्या कि समाधान
सङ्घीयता अभ्यासमा आएको छ वर्ष ढिलो गरी शिक्षा विधेयक संसद्मा टेबुल हुँदै छ। उक्त शिक्षा विधेयकको मस्यौदा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। विधेयकको मस्यौदाले गरेका विभिन्न व्यवस्थामा विभिन्न प्रकारका टिप्पणी प्रस्तुत भइरहेका छन्। मस्यौदाले शिक्षक व्यवस्थापन सम्बन्धमा गरेको व्यवस्थाका बारेमा सामाजिक सञ्जालमा अलि बढी नै चर्चा भइरहेको छ। खास गरी प्रधानाध्यापकको सम्बन्धमा कस्तो व्यवस्था हुँदै छ ? राहत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षकका बारेमा के गर्न खोजिँदै छ ? न्यूनतम वेतनमा काम गर्ने वालविकासका शिक्षक र विद्यालय कर्मचारीको वृत्ति वि
गौरवका आयोजनाको भविष्य
राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत बढेर झन्डै तेब्बर हुन लागेको छ । राष्ट्रिय योजना आयोगको अघिल्लो वर्षको तथ्याङ्क अनुसार, राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत १० खर्ब ४६ अर्ब रुपियाँ थियो । यी आयोजनाको हरेक पटक म्याद सकिएपछि थप्दै जाने होडबाजीमा हरेक सरकार रहे । ठेकेदारका लागि कोभिड महामारी सुनौलो अवसर बन्यो । सरकारले म्याद थप्दै गर्दा कारण कोभिड मात्र हो वा अरू नै थियो भनेर पुष्ट्याइँ खोजेन । फलस्वरूप आयोजनाको लागत निरन्तर बढ्दै गयो । आर्थिक वर्ष २०७८/७९ सम्म यी आयोजनाको कुल लागत २५ खर्ब ९७ अर्ब ५६ करोड रुपियाँ पुगेको छ ।
संसदीय सर्वोच्चताको सम्मान
संसदीय लोकतान्त्रिक व्यवस्थालाई विश्वकै सफलतम शासन प्रणाली मानिन्छ । अहिलेसम्म प्रयोगमा आएका शासन प्रणालीमध्ये यसभन्दा राम्रो व्यवस्था अर्को कुनै साबित भएको छैन । नेपालमा विगत केही वर्षदेखि यही व्यवस्था रहेको छ । नेपाली जनताको प्रत्यक्ष मत प्राप्त गरेर आएका जनप्रतिनिधिमार्फत नै देशको शासन व्यवस्था सञ्चालन हुँदै आएको छ । नेपाली जनताले देशमा राजनीतिक स्थायित्वका लागि देशका राजनीतिक दलहरूलाई सजिलो तरिकाले सरकारको सञ्चालन गर्न आवश्यक बहुमत पनि दिएका छन् । राजनीतिक दलहरू भित्रैको अन्तरकलह, व्यक्तिगत स्वार्थको लडाइँ, अहङ्कार तथा पद लोलुपता
हरित अर्थतन्त्रको आधार
जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनलाई निरन्तर चुनौती दिइरहेको छ । विगत दुई सय वर्षमा मानिसले प्राकृतिक स्रोतको अति दोहन गरी धनी बन्ने होडले पर्यासन्तुलन बिग्रँदै जानु जलवायु परिवर्तनको मूल कारण भएको वैज्ञानिक मत रहँदै आएको छ । हिमाल पग्लन थालेका छन् भने बाढी, पहिरो, डुबानका समस्या निरन्तर बढ्दै छन् । पृथ्वीको तापमान बढ्दै गएर वन आगोबाट सखाप हुँदै छ । समुन्द्र सतह बढ्दै तटीय मुलुक र बसोबासको भविष्य अन्योलमा परेको छ । प्राकृतिक प्रकोप बढ्दो छ । नेपाल पनि अनेक प्रकोपबाट अछुतो छैन । हिमाल पग्लने, बाढी, पहिरो र डुबानका घटनाले जोखिम निरन्तर बढ्दो छ । पानीका मुहान सुकेका छन् । धनजनको क्षति बढ्दै छ । मनसुनमा आधारित कृषि चक्रमा अवरोध आइरहेको छ । यी सबै कारणले पर्यामैत्री दिगो
त्रिविको प्राज्ञिक स्वास्थ्य उपचार
त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र बुढोपाको विश्वविद्यालय हो । बुढेसकालमा यो विश्वविद्यालयले के अपेक्षा गरिरहेको होला भन्ने चौतर्फी चाँसो हुनु स्वाभाविक हो । वर्तमान अवस्थमा यो विश्वविद्यालयका विगतका निराशाका चाउरीहरू केही हटेका छन् । असमयमै र केहीका अकर्मण्य गतिविधिका कारण उठेका चाउरी पूरै हटून् भन्ने नै त्रिविको चाहना छ ।
सुशासनको कसीमा वर्तमान सरकार
पछिल्ला दिनमा देशमा आर्थिक सूचक सकारात्मक हुँदै गइरहेका छन् । तथापि सङ्कट पूर्ण रूपमा निरूपण भइसकेको छैन । यही अवस्थामा अहिले देशमा सुशासन कायम गर्ने सन्दर्भमा नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्ड हुँदै भ्रष्टाचारविरोधी गतिविधिमा सरकारले हात हालिरहेको छ ।
वादहरूमा रुमलिएको महिला आन्दोलन
मानव समाजले यो अवस्थामा आइपुग्न विभिन्न चरण पार गरेको छ । फिरन्ते हुँदै सामूहिक रूपको जङ्गली जीवनलाई मान्छेको पहिलो चरण मानिन्छ, जहाँ मान्छेहरू समूहमा विभक्त रहेर ढुङ्गे हतियारमार्फत सिकार गरिएको पशुपन्छीको मासु र कन्दमूल खाएर जीवन निर्वाह गर्दथे । जङ्गली जनावरबाट सुरक्षित रहन सामूहिक रूपमा बस्नुपर्ने अवस्था थियो । एक ठाउँको सिकार र कन्दमूल सकिएपछि अर्कोतिर जानुपर्दा पनि समूहमै जान्थे मान्छेहरू । स्थायी परिवार नभएको र सामूहिक बसोबासमा रहने हुना