राङखोला युवा क्लबलाई उपाधि
१२औँ शिरशुभा गम्भीर सिंह गुरुङ स्मृति भलिबल प्रतियोगिता उपाधि राङखोला युवा क्लबले जितेको छ । आँधीखोला गाउँपालिका १ कुर्लेमा युवाहरूमा खेलको माध्यमबाट शारीरिक मानसिक अनि नेतृत्व विकासका लागि हरेक वर्ष प्रतियोगिता गरिँदै आएको हो ।
सत्यवती एकेडेमी एलपीएल च्याम्पियन
आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो ।
पुलबजारका ४५ खेलाडी बेरेन्ज बेल्ट
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको पुलबजारमा रहेको नेपाल सितोरियो कराँते डोजोले जुनियर खेलाडीका लागि बेल्ट टेष्ट गराएको छ ।
व्यासमा राष्ट्रपति रनिङ शिल्ड सुरु
व्यास नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । निर्मल माध्यमिक विद्यालय परिसरमा भएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो।
फरक क्षमताका विवेकलाई बुद्धिचाल उपाधि
विवेक राम्रोसँग बोल्न सक्नुहुन्न, हात त चल्दै चल्दैन तर बुद्धिको प्रयोग गर्न भने उहाँ निक्कै माहिर हुनुहुन्छ । शारीरिक रूपले फरक क्षमताका विवेकले हालसम्म औपचारिक शिक्षा लिनु भएको छैन ।
पिबिए बास्केटबल च्याम्पियन
दोस्रो पिबिए महिला पुरुष बास्केटबल च्याम्पियनसिपको उपाधि पिबिएले चुमेको छ । धरान १३ नं वडा बाल सञ्जालको आयोजना तथा पोसिबल बास्केटबल एकेडेमी (पिबिए) को संयोजनमा आसञ्चालित दुई दिने प्रतियोगितामा पिबिएले महिला र पुरुष दुवै तर्फका उपाधि जितेका हो ।
विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि खेलाडी छनाैट
नेपालगन्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जिवन गिरीले बताउनुभयो ।
लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा
दाङकी सरस्वती घर्तीमगरको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा भएको छ ।
१२ औँ राष्ट्रपति रनिङ शिल्ड हुने
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही पुस ८ गतेबाट सुरु हुने भएको छ । पुतली बजार नगरपालिका १ माले बगर खेल मैदानमा तीन दिन सम्म चल्ने प्रतियोगिता जिल्ला खेलकुद विकास समिति स्याङ्जाले आयोजना गरेको हो ।
एनएसएल : पोखराले वीरगन्जलाई हरायो
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले वीरगन्जलाई २–१ गोलले हरायो ।
गोरखापत्रकर्मी शाक्य सम्मानित
व्यायामको लागि नेपालकै जेठो संस्था नेपाल व्यायाम मन्दिरले शनिबार गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलगायत विभिन्न व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
अरहान्त र बिपना स्क्वास च्याम्पियन
अरहान्तकेशर सिंह र बिपना ब्लोन शनिबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन हुनुभएको छ ।
प्रकाश माविलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ ।
तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।
प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि दाङलाई
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
भारतलाई महिला नेत्रहीन टी–२० सिरिज
घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी–२० क्रिकेट सिरिज जितेको छ । मुम्बईमा जारी सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा भारतले नेपाललाई सात विकेटले हरायो ।
मेयर कप राष्ट्रिय ब्याडमिन्टन अर्को साता
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अर्को साता हुने भएको छ ।
नेपालका पाँच खेलाडी प्रिक्वार्टरफाइनलमा
नेपालका पाँच खेलाडी थाइल्यान्डको बैंककमा जारी १४औँ एसिया प्यासिफिक भेट्रान टेबल टेनिस प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
एलपीएल : धनगढी स्पोर्ट्स क्लब सेमिफाइनलमा
बायाँ हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै आठ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल प्रवेश गरेको छ ।
अरहन्त र अमिरबिच उपाधि भिडन्त
अरहान्तकेशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुग्नुभएको छ ।
बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
एलपीएल : क्रिकेट एक्सिलेन्स र कैलाली मल्टिपल विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मा बुधबार क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्।
च्याम्पियन्स लिगमा रियल अपराजित
स्पेनिस पावर हाउस रियल म्याडिड्र युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणका अपराजि रहँदै पार गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार राति भएको खेलमा रियलले युनियन बर्लिनलाई ३–२ गोलले हरायो ।
लिभरपुल कलेज फुटबल च्याम्पियन
लिभरपुल मावि/कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौँ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।