• १० मंसिर २०८१, सोमबार

भारतलाई महिला नेत्रहीन टी–२० सिरिज

blog

सिरिज जितेपछि भारतका खेलाडी ।

काठमाडौँ, मङ्सिर २८ गते । घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी–२० क्रिकेट सिरिज जितेको छ । मुम्बईमा जारी सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा भारतले नेपाललाई सात विकेटले हरायो ।

पाँच खेलको सिरिज भारतले ३–१ ले आफ्नो पक्षमा पारेको छ । अन्तिम खेल शुक्रबार हुनेछ । यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो । तेस्रो खेलमा बुधबार नेपालले भारतलाई १० विकेटले हराएको थियो । सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो । नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाउनुभयो । शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन बनाउनुभयो । सिमु दासले अविजित ३० रन योगदान गरिन् । बलिङमा नेपालका लागि मुना अर्याल र प्रतिभा राईले एक एक विकेट लिनुभयो । 

यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । नेपालका लागि कप्तान विनीता पुनले ६९ रन बनाउनुभयो ।

मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोड्नुभयो । बलिङमा भारतका पुला सरेनले दुई तथा झिली बिरुअले एक विकेट लिनुभयो ।