• १३ असोज २०८१, आइतबार

तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि

blog

१० टिमको सहभागिता रहेको थियो । विजयी भएपछि पुरस्कार ग्रहण गर्दै खेलाडीहरू । तस्बिर : गोरखापत्र

रेखीराम राना

तानसेन, मङ्सिर ३० गते । प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो । 

तानसेन नगरपालिकाको आयोजनामा भएको खेलमा तानसेन–९,ले पहिलो हाफमै एक गोल गरेको थियो । दोस्रो हाफमा दुवै समूहले गोल गर्न सकेनन् । विजेता तानसेन–९ ले नगद एक लाख, ट्रफी प्राप्तसहित सम्मान पत्र लुम्बिनी प्रदेशसभाका सदस्य वीरबहादुर रानाले हस्तान्तरण गर्नुभयो । यस्तै उविजेता तानसेन–१(क) ले नगद ५० हजार ट्रफी प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । 

खेल क्षेत्रको विकासका लागि नगरपालिकाले यो वर्षदेखि प्रतियोगिताको आयोजना गरेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । गत मङ्सिर २० गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा