अर्जुन काफ्ले
स्याङ्जा, पुस १ गते । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही पुस ८ गतेबाट सुरु हुने भएको छ । पुतली बजार नगरपालिका १ माले बगर खेल मैदानमा तीन दिन सम्म चल्ने प्रतियोगिता जिल्ला खेलकुद विकास समिति स्याङ्जाले आयोजना गरेको हो ।
जिल्लाका रहेका ११ पालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद खेलाएर छनौट भएका ब्याक्ति तर्फ पहिलो र दोस्रो तथा समूहगत एक टिमले सहभागिता रहने छ ।
खेलकुद विकास समितिका कार्यालय प्रमुख वरुण गैरेले भलिबल, एथलेटिक्स(ट्र्याक र फिल्ड), कबड्डी, कराँते छात्र-छात्रा गरी ३८ स्वर्ण, ३८ रजत र ३८ कांस्य पदकमा प्रतिस्पर्धा हुने बताउनुभयो ।
अहिले सम्म १० पालिकाबाट सहभागिता जनाउने पक्का भएको बताउँदै गैरेले सबै पालिकाबाट हुनेमा आसावादी रहेको बताउनुभयो । यहाँ उसु र तेक्वान्दोको खेलाडी नभएकाले खेलकुदमा सहभागिता रहने छैन ।
प्रतियोगितामा ब्याक्तिगत तर्फ प्रथम र समूहगत एक टिम प्रदेश स्तरको खेलकुदमा सहभागिता जनाउने छन् ।