काठमाडौँ, पुुस १ गते । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जित्नुभएको छ । रोयल कलकत्ता गल्फ क्लबमा म्याच प्ले फरम्याटमा खेलिएको ३६ होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गर्नुभयो ।
पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै सुवासले सात होल बाँकी रहँदै उपाधि जित्नुभएको हो । सुवासको यो ऐतिहासिक सफलता हो । सन् १८९२ मा सुरु भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप नेपाली गल्फरले भारतमा जितेको यो पहिलो पटक हो ।