दक्षिण एसियाली तेक्वान्दोमा नेपाललाई पाँच स्वर्ण
प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण, एक रजत र दुई कांस्य पदक जितेको छ ।
नेपालसँग भारत पराजित
भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।
स्क्वासको सेमिफाइनल समीकरण पूरा
उमित शाक्य बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ । यस नतिजासँगै पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
मेयर कपमा दमकडा फाइनलमा
तानसेनमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा तानसेन-९ दमकडा फाइनलमा प्रवेश गरेको छ । तानसेनस्थित टुँडिखेल मैदानमा तानसेन–९, र तानसेन-६, का बिचमा भएको प्रतिष्पर्धामा तानसेन ९ दमकडा ३-२ गोल अन्तरले विजयी बनेको हो ।
एनएसएलमा झापाको पहिलो जित
झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले हरायो ।
हक्कीलाई चलायमान बनाउन वार्षिक कार्यक्रम सार्वजनिक
मदन भण्डारी कप पहिलो पटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।
सहिद हेमन्त प्रधान स्मृति भलिबल हुने
सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एलपीएल : शुक्लाफाँटा र धनगढी एकेडेमी विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मङ्गलबार भएको खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।
यु–१९ विश्वकप क्रिकेटको खेल तालिका परिवर्तन
आगामी महिना हुने आइसिसी यु–१९ विश्वकपको मिति परिवर्तन भएको छ । श्रीलङ्का क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो ।
गल्कोटलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
गल्याङ नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्कोट माविले हात पारेको छ ।
अरहन्त, अमिर र दीपक सेमिफाइलनमा
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले मङ्गलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।
फोर्टिन स्टार कप पुसमा
गुल्मीको स्टार युवा क्लबको आयोजनामा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
पाल्पा स्कुल कपको उपाधि होराइजन माविलाई
क्रिकेट पाल्पा स्कुल कप-२०८० को उपाधि तानसेनको न्यू होराइजन माविले हात पारेको छ ।
एसिया कप क्रिकेट : नेपालद्वारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी
सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
युवालाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबिच मैत्रीपूर्ण फुटसल : सभामुख
संसद् सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मङ्गलबार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।
यू–१९ एसिया कप : झिनो सम्भावनाबिच भारतलाई हराउने चुनौती
एसिसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मङ्गलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।
महानगर कर्मचारी–११ विजयी
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी–११ सोमबार विजयी भएको छ । काठमाडौँ महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि–११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलले विजयी भएको हो ।
एलेक्स र अंकितालाई स्वर्ण
वडा ७ का एलेक्स महर्जन र वडा १६ की अंकिता बज्राचार्यले पाँचौँ ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ ।
एलपीएल : सत्यवती एकेडेमी सेमिफाइनलमा
सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।
अरहान्त र राजेन्द्र स्क्वासको क्वार्टरफाइनलमा
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहल सोमबार ऋद्धि शाक्यलाई सोझो सेटमा ११–२, ११–५, ११–८ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाउनुभएको छ ।
नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा
चितवन एफसीलाई ३-१ गोलले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो शीर्षस्थानमा उक्लिएको छ ।
प्रकाश दाहाल स्मृति ब्याडमिन्टन पुसमा
प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २५ गतेदेखि सुरू हुनेभएको छ ।