• २० वैशाख २०८१, बिहिबार

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

blog

काठमाडौं, मङ्सिर २६ गते। एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले भारतसामु जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको थियो ।

भारतले विना विकेट ७.१ ओभरमा भारतले लक्ष्य पुरा गरेको हो।  भारतका लागि अरसिन कुलकर्नी ४३ र आदर्श सिंहले १३ रन बनाउनुभयो। 

युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो। खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो। नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्। नेपालले २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाएको थियो। नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन बनाउनुभएको थियो ।

नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिनुभयो। उहाँले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए सात विकेट लिनुभएको हो। यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिनुभयो। भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। रासस