• २० वैशाख २०८१, बिहिबार

नेपालसँग भारत पराजित

blog

काठमाडौँ, मङ्सिर २७ गते । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय विनीता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाउनुभएको हो । दुवैले अविजित अर्धशतक बनाउनुभयो । 

यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । पहिलो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २-१ ले पछि छ ।

ओपनरद्वय विनीता र मनकेशीले अविजित एक सय ७४ रनको साझेदारीसँगै भारतले दिएको एक सय ७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा विना विकेटको क्षति पूरा गरेको हो । विनीताले ७८ र मनकेशीले ७५ रन बनाउनुभयो । 

यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो ।

भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ८४ रन बनाउनुभयो । सुनिता श्राथेले अविजित ३१ तथा सुस्मा पटेल र रभान्नीले समान १४ रन जोड्नुभयो । बलिङमा नेपालका विनीता पुनले दुई तथा सरिता घिमिरे र निशा गौराले एक एक विकेट लिनुभयो । चौथो खेल बिहीबार हुनेछ ।