• २० वैशाख २०८१, बिहिबार

एलपीएल : शुक्लाफाँटा र धनगढी एकेडेमी विजयी

blog

काठमाडौँ, मङ्सिर २६ गते । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मङ्गलबार भएको खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई हरायो । पहिलो खेलमा शुक्लाफाँटाले  कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले हराएको हो । अर्को खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले हरायो । 

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टोलीको सहभागिता रहेको छ ।