• ११ मंसिर २०८१, मङ्गलबार

गल्कोटलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

उपाधिसहित गल्कोट माविका विद्यार्थीहरु । तस्बिर : गोरखापत्र

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर २६ गते । गल्याङ नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्कोट माविले हात पारेको छ । गल्कोटले १२ स्वर्ण, तीन रजत र तीन कांस्य पदकसहित १८  पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रतियोगितामा सार्वजनिक माविले पाँच स्वर्ण, ६ रजत र चार कांस्य १५ पदकसहित   पदकका साथ उपविजेता बनेको हो । यस्तै चिराग माविले पाँच स्वर्ण, चार रजत र ११ कांस्यसहित २० पदक प्राप्त गर्दै तेस्रो बनेको हो । 

मङ्सिर २२ गतेबाट सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, सटफुट, हाइजम्प,मार्सल आर्ट्स, लङजम्प, त्रिपलजम्प भलिबल छात्र–छात्राबिच प्रतिस्पर्धा भएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षा सम्मका २१ विद्यालयको सहभागिता रहेको थियो ।