• १२ मंसिर २०८१, बुधबार

अरहान्त र राजेन्द्र स्क्वासको क्वार्टरफाइनलमा

blog

काठमाडौँ, मङ्सिर २५ गते । नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहल सोमबार ऋद्धि शाक्यलाई सोझो सेटमा ११–२, ११–५, ११–८ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाउनुभएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट सङ्घको भवनमा भएको प्रतियोगिताअन्तर्गत दोस्रो दिन भएको अन्य खेलमा अमिर ब्लोनले राजकुमार श्रेष्ठलाई ११–४, ११–७ र ११–६, उमित शाक्यले विनायक श्रेष्ठलाई ११–३, ११–१ र ११–६ तथा गोपाल थापाले विकास तुम्सिङ मगरलाई ११–७, १२–१० र ११–९ ले पराजित गरेर अन्तिम आठमा स्थान बनाउनुभयो ।

यसैगरी राजेन्द्र शाक्य पनि राकेश परियारलाई ११–७, ११–१ र ११–२ ले हराएर अर्को चरणमा पुग्नुभयो । रिषभ चुरीवाल र र दीपक थापाले पनि आआफ्नो पहिलो खेल जित्नुभयो । रिषभले पासाङ ब्लोनलाई ११–६, ११–२, ११–१ तथा दीपकले शिव कायस्थलाई ११–५, ११–५ र ११–७ ले निराश बनाउनुभयो ।

यसैगरी मास्टर्स ५० प्लसमा लालबहादुर गुरुङले किशोर महर्जनलाई १२–१०, ११–४, १२–१४ र ११–९ तथा प्रज्वल प्रकाश प्रधानले रत्न महर्जनलाई ११–५, ११–९ र ११–७ ले पराजित गर्नुभयो ।नेपाल स्क्वास र्‍याकेट सङ्घ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो ।

यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।