• १२ साउन २०८१, शनिबार

प्रकाश दाहाल स्मृति ब्याडमिन्टन पुसमा

blog

ब्याडमिन्टन प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, मङ्सिर २४ गते । प्रथम प्रकाश दाहाल स्मृति  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २५ गतेदेखि सुरू हुनेभएको छ ।

नेकपा माओवादीका नेता स्व. प्रकाश दाहालको स्मृतिमा बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा हुने प्रतियोगितामा शीर्ष वरीयताको पुरुष एकल, महिला एकल, पुरुष युगल (उच्च २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्षमाथि र ४५ वर्षमाथि गरी ६ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी दिनुभयो ।

२५ लाख रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः ४५ हजार, २५ हजार र १० हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चार सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन सङ्घले प्राविधिक सहयोग गर्नेछ ।