तेक्वान्दोमा रोकिएन हार
चीनमा जारी एसियाड अन्तर्गत तेक्वान्दोमा कमजोर प्रदर्शन गरिरहेको नेपालको हारको क्रम रोकिएको छैन ।
बक्सिङमा सुष्मा र भूपेन्द्र पराजित
पदकको आशा गरिएकी युवा मुक्केबाज सुष्मा तामाङ र अनुभवी खेलाडी भूपेन्द्र थापा बुधबार आआफ्नो खेलमा पराजित हुनुभयो ।
पौडीमा डुआना र नासिर हिटबाटै बाहिरिए
चीनमा जारी १९औँ एसियाड अन्तर्गत पौडीमा डुआना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिनुभएको छ । बुधबार महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा हिट ‘एक’बाट प्रतिस्पर्धा गर्नुभएकी डुआना आफ्नो हिटमा सातौँ हुनुभयो ।
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।
टी-२० मा नेपालको तीन विश्व कीर्तिमान : मङ्गोलियालाई दियो ३१५ रनको विश्व कीर्तिमानी लक्ष्य
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि चीनमा जारी नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियालाई जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।
१९औँ एसियाड : चौथो दिन नेपालको सबै खेलमा निराशा
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा मंगलबार नेपालले भाग लिएका अधिकांश खेलमा निराशाजनक प्रदर्शन गरेको छ ।
परम्परागत भोदी खेल संरक्षणमा जुट्दै थारू समुदाय
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।
१९औं एसियाड : जुडोमा नेपालको यात्रा समाप्त
१९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडो खेलमा नेपालको यात्रा सकिएको छ । जुडोमा नेपालबाट सहभागी आठ खेलाडीमा आठै जनाले हार खप्नुभयो ।
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् ।