काठमाडौँ, पुस ४ गते । नेपाली सेनाका प्रफुल महर्जन र एपिएफका प्रिन्स दाहाल दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
बुधबार भएको पुरुष एकल प्रतियोगितामा तेश्रो प्रधानमन्त्रीकपका विजेता सेनाका प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१–५, २१–१० ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाउनुभएको हो । प्रिन्सले कैलालीका शिषिर रानालाई २१–९, २१–६ को सोझो सेटमा पराजित गर्नुभयो ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा पुलिसका बिष्णु कटुवाल पनि एपिएफका क्षितिज खनालले देवीनगर क्लबका बबिश थापालाई २१–११, २१–६, सेनाका अभय महर्जनले एपिएफका प्रदीप सोतीलाई २१–१८, २१–१९, एपिएफका अमन महर्जनले चितवनका अलिष महर्जनलाई १९–२१, २१–६, २१–१२, एपिएफका देवराज रानाले सेनाका लक्ष्मण रानालाई २१–१७, २१–८, एपिएफकै अरुण अधिकारीले भक्तपुरका सुशन श्रेष्ठलाई २२–२०, २१–१८ ले पराजित गर्नुभयो । एपिएफका सुजन थापाले दार्चुलाका कवी कुमार धामीबाट वाकओभर पाउनुभयो ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सेनाका सुविन श्रेष्ठ (बी) ले पुलिसका हिरा राईलाई २१–१८, २१–२३, २१–१६, एपिएफका रोशन साउदले सेनाका सन्तोष पनेरुलाई २१–१९, २१–१७ ले, एपिएफका भोजबहादुर गुरुङ्गले सेनाका पविन लिनथेपलाई २१–१५, १३–२१ र २१–१४, एपिएफका अनिल मल्लले २–१८, २१–१८ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१–१४, १४–२१, २१–११ ले पराजित गर्दै प्रिक्वार्टरमा स्थान पक्का गर्नुभएको छ ।