• ४ जेठ २०८१, शुक्रबार

लुम्बिनी र कोशीको सुखद सुरुवात

blog

काठमाडौँ, पुस ५ गते । लुम्बिनी र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ । 

त्रिवि मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई चार विकेटले हरायो । यस्तै मुलपानी मैदानमा भएको अर्को खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । 

जितको लागि एक सय तीन रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । लुम्बिनीको जितमा ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन बनाउनुभयो ।

सरस्वती जिएमले १२ रन जोड्नुभयो । बलिङमा गण्डकीका सृष्टि पौडेल दुई तथा सुमन खतिवडा र सुसुम गोदारले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको को गण्डकीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो । गण्डकीको लागि सुमन खतिवडाले अविजित ३३ रन बनाउनुभयो ।

अञ्जलि विश्वकर्माले ३० र सिर्जना पौडेलले १९ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका मधु डिसी, सरस्वती पुन र कमला जिएमले एक एक विकेट लिनुभयो । 

यस्तै मूलपानी मैदानमा जितको लागि ३४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले ३.१ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको थियो । कोशीको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २५ रन बनाउनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा ३३ रन बनाएको थियो ।

कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न कोशीकी अप्सरी बेगमले तीन विकेट लिनुभयो । एलिसा खडियाले दुई तथा सबनम राई निशा शाह र रुविना क्षेत्रीले गोल गर्नुभयो ।