• १२ मंसिर २०८१, बुधबार

श्रवण माबि पहिलो

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस ४ गते । आँधीखोला गाउँपालिकाले गरेको चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा श्रवण माबि पहिलो बनेको छ । १० स्वर्ण, १० रजक र १० कांस्य पदकमा भएको प्रतिस्पर्धामा श्रवण माबि बाङ्सिङ्गले तीन स्वर्ण र दुई कांस्य प्राप्त गर्दै रनिङ शिल्ड जितेको हो ।

पहिलो भएको श्रवणले लगातार तीन पटक रनिङ शिल्ड जितेको त्रि शहिदलाई पछाडी पादै उपाधिसहित ४० हजाररुपियाँ  जितेको हो । यस्तै उपविजेतमा चित्त बुझाएको त्रि शहिल नमुना माबि पञ्चमुलले दुई स्वर्ण, चार रजत र एक कांस्य पदक जितेको हो । तेस्रो जनप्रदिप माबि चिलाउनेबासले दुई स्वर्ण, तीन रजत र एक कास्य जितेको हो । 

१२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स खेल गरिएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । खेलकुदमा एकल प्रतिस्पर्धामा प्रथम र द्वितिय तथा समुहगतमा एक टिमले यहि पुस ८ गतेबाट शुरु हुने जिल्ला स्तरिय १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छ ।