• ४ जेठ २०८१, शुक्रबार

नगरस्तरीय प्रथम मेयर कप क्रिक्रेट प्रतियोगिता हुने

blog

फाइल तस्विर

बिन्दु थापा 

पाल्पा, पुष ४ गते । तानसेनमा तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । तानसेन नगरपालिका र खेलकुद विकास समिति पाल्पाको आयोजना तथा क्रिक्रेट संघ पाल्पाको व्यवस्थापनमा प्रतियोगिता हुनेभएको हो । 

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पुस ७ गतेदेखि प्रतियोगिता सुरु हुने प्रेस नगर खेलकुद विकास समिति संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट पनि आर्थिक विकास गर्न सकिनेभएकाले खेलकूदका गतिविधि र खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको संयोजक शाक्यको भनाइ छ । खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले खेल प्रतियोगिता हुन लागेको आयोजकको भनाइ छ । 

क्रिक्रेट प्रतियोगिता सकिएलगत्तै पुस २७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । प्रथम नगर मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगितामा १४ टिमले भाग लिने बताइएको छ । प्रतियोगितामा  विजेता हुने टोलीले ६० हजार, पदक तथा प्रमाणपत्र पाउने आयोजक नगर खेलकुद विकास समिति संयोजक हेमन्तराज शाक्यले बताउनुभयो ।

त्यस्तै, उपविजेताले ३० हजार, म्यान अफ दि सिरिजले उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले नगदसहितका पुरस्कार पाउने भएका छन् ।