• १७ वैशाख २०८२, बुधबार

सहिद हेमन्त प्रधान स्मृति भलिबल हुने

blog

काठमाडौँ, मङ्सिर २६ गते । सहिद  हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आगामी पुस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीले सहभागिता जनाउँदैछन् ।

सशस्त्र द्वन्द्वको समयमा २०५८ साल पुस २९ गते तत्कालीन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगरी दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश ‘क’ सभापति  शुक्रराज तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीलाई दुई लाख उपविजेतालाई एक लाख, तेस्रो हुनेलाई ५० हजार र सान्त्वना पुरस्कार ३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको दौरानमा राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने पनि बताइएको छ ।