• १८ असार २०८१, मङ्गलबार

लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा

blog

लुम्बिनी प्रदेशस्तरीय महिला टिमकी क्याप्टेन सरस्वती घर्तीमगर ।

लीलाधर वली

घोराही, पुस १ गते । दाङकी सरस्वती घर्तीमगरको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा भएको छ ।  

दाङको घोराहीमा मङ्सिर २५ देखि २९ गतेसम्म भएको लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीहरुले गरेको खेल प्रदर्शनका आधारमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि सरस्वती घर्तीमगरको कप्तानीमा १४ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय महिला टिम घोषणा गरिएको हो ।

टिमको उपकप्तानमा रुपन्देहीकी कृतिका मरासिनी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दाङ निवासी लक्ष्मी चौधरी, मधु डिसी, शर्मिला रोका, कमला जिएम, रुपन्देहीका सुस्मिता भुसाल, आश्मा पुलामी, कृति अधिकारी, बाँके निवासी रन्जु श्रेष्ठ, सुस्मिता बजगाइँ, चमेली चौधरी, मनीषा रानामगर र नवलपरासी जिल्ला निवासी सरस्वती पुन छनोट हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवम् खेलाडी छनोट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिनुभएको छ । 

संयोजक रोकामगरका अनुसार वैकल्पिक खेलाडीमा नवलपरासी जिल्ला निवासी साक्षी भण्डारी, बर्दिया जिल्ला निवासी दीपा कुँवर, बाँके जिल्ला निवासी जिज्ञासा थापा र स्वस्तिका बजगाइँ रहनुभएको छ । छनोट प्रतियोगितामा बर्दिया, बाँके, दाङ, पाल्पा, रुपन्देही र पश्चिम नवलपरासीका जिल्लाका महिला खेलाडीको सहभागिता थियो । 

छनोटमा परेका महिला खेलाडी यही पुस ५ गतेदेखि १८ गतेसम्म काठमाडाैंस्थित कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालामा हुने खेलमा सहभागी हुनेछन् ।