• १५ असोज २०८१, मङ्गलबार

पिबिए बास्केटबल च्याम्पियन

blog

बास्केटबल उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

धरान, पुस १ गते  । दोस्रो पिबिए महिला पुरुष बास्केटबल च्याम्पियनसिपको उपाधि पिबिएले चुमेको छ । धरान १३ नं वडा बाल सञ्जालको आयोजना तथा पोसिबल बास्केटबल एकेडेमी (पिबिए) को संयोजनमा आसञ्चालित दुई दिने प्रतियोगितामा पिबिएले महिला र पुरुष दुवै तर्फका उपाधि जितेका हो ।

पिबिएले महिलातर्फ धरान ५ नं वडा टिमलाई ७–२ तथा पुरुषतर्फ धरान १७ लाई १६–९ अङ्कले हरायो । महिला र पुरुषतर्फका विजेताले उपाधिसँगै पाँच हजार र उपविजेताले दुई हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । 

मोस्ट भ्यालुएबल प्लेयरको उपाधि महिला र पुरुषतर्फ नै पिबिएका अबि लिम्बु र निर्जला राई घोषित हुनुभयो । प्रतियोगितामा महिलातर्फ सात र पुरुषमा पाँच टोलीको सहभागिता रहेको थियो ।