• ४ जेठ २०८१, शुक्रबार

मेयर कप राष्ट्रिय ब्याडमिन्टन अर्को साता

blog

काठमाडौँ, मङ्सिर २८ गते । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अर्को साता हुने भएको छ ।

पुस ३ गते बाटसुरु हुने र्‍याङ्किग प्रतियोगितासमेत रहेको प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष २० वरीयता बाहेकको पुरुष युगल र ४५ वर्ष माथिको भेट्रान्स युगल (खुला) गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फका विधामा खेलाडीहरू उपाधिसहित ४० हजार रुपियाँ पुरस्कार पाउनेछन् । उपविजेताले २० हजार र तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडी १०/१० हजार रुपियाँ हात पार्नेछ ।

अन्य विधाका विजेतालाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने बताइएको छ । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा चार सय खेलाडीको सहभागिता रहनेछ ।